Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

अब छिट्टै नेविसंघको तदर्थ समिति बन्ने छलफल

काठमाडाैं  । कांग्रेसले भ्रातृसंगठन नेविसंघका नेताहरूसँग तदर्थ समिति गठनका विषयमा छलफल गरेको छ । शुक्रबार सहमहामन्त्री डा. प्रकाशशरण महतले नेविसंघका पूर्वपदाधिकारीसँग छलफल गरेका हुन् । ‘नेविसंघका बारेमा सामान्य कुराकानी भयो,’ महतले भने, ‘अब केन्द्रीय समिति बैठक सकिएपछि नेविसंघ तदर्थ समिति बन्छ ।’

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - नेविसंघका पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहले विद्यार्थी नेताहरूले छिटो तदर्थ समिति गठन गर्न आग्रह गरेपछि नेतृत्व गम्भीर भएको आफूहरूले पाएको बताए ।

छलफलमा केन्द्रीय सदस्य एनपी साउद, पूर्वअध्यक्षहरू महेन्द्र शर्मा र केशव सिंह, नेविसंघका नेता कुन्दन काफ्लेसहितका नेताहरू सहभागी थिए । नेता काफ्लेले विधानअनुसार ३२ वर्षमुनिको तदर्थ समिति बनाउन माग गरे । जवाफमा नेता महतले यो विषय छलफलकै क्रममा रहेको भन्दै महाधिवेशन गराउने नेतृत्व ३२ वर्षमुनिकै आवश्यक नपर्ने बताएका थिए । छलफलमा बोलाइए पनि केन्द्रीय सदस्यहरू नवीन्द्रराज जोशी, प्रदीप पौडेल, बद्री पाण्डेसहितका नेता सहभागी भएनन् ।

केन्द्रीय समिति बैठक आज बस्दै
कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै छ । बैठकमा कार्यसम्पादन समिति गठनबारे छलफल हुने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । ‘सभापति छिट्टै केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने तयारीमा छन्भने, ‘शनिबार बैठकअघि नेताहरूबीच अनौपचारिक छलफल हुन्छ । त्यसपछि सभापतिले समिति गठनका लागि केन्द्रीय समितिमा छलफल गराउनेछन् ।’

कांग्रेसमा नियमित केन्द्रीय समितिको बैठक बस्न नसकेका वेला सिनियर नेताहरू सहभागी हुने कार्यसम्पादन समितिको छरितो बैठकले छलफल गरी महत्वपूर्ण निर्णय लिन सक्छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending