पुरुषले सेवन गर्ने गर्भनिरोधक चक्की मानवमा गरिने सुरक्षासम्बन्धी प्रारम्भिक परीक्षणमा सफल भएको दाबी एउटा प्रसिद्ध चिकित्सकीय सम्मेलनमा गरिएको छ।
दैनिक एक चोटि सेवन गर्नुपर्ने सो चक्कीमा शुक्रकीटको उत्पादन रोक्ने हर्मोन हुन्छ।
पुरुषहरूका लागि परिवार नियोजनका लागि कन्डम र भ्यासेक्टमी मात्रै रहेको अवस्थामा यो चक्की एउटा स्वागतयोग्य साधन हुनेछ।
तर एन्डोक्राइन सोसाइटीको वार्षिक सम्मेलनमा सो चक्की बजारमा उपलब्ध हुन अझै एक दशक लाग्न सक्ने बताइएको छ।
यौन इच्छा
यूकेमा ५० वर्षभन्दा अगाडि महिलाहरूले सेवन गर्ने गर्भनिरोधक चक्की उपलब्ध भएको थियो। तर किन पुरुषले सेवन गर्ने चक्की बन्न गाह्रो भएको होलारु
कसैले सामाजिक र व्यापारिक रुचि कम भएका कारण नबनाइएको दाबी गरे पनि सर्वेक्षणहरूमा धेरै पुरुषले उपलब्ध भए त्यस्तो चक्की प्रयोग गर्ने इच्छा व्यक्त गरेका छन्।
महिलाहरूले पुरुषले चक्की खाएको कुरा पत्याउँछन् कि पत्याउँदैन्न भन्ने अर्कै विषय हो।
सन् २०११ मा यूकेमा गरिएको एक अध्ययनमा झन्डै आधा महिलाले त्यस्तो चक्की उपलब्ध भएमा आफ्ना पुरुष साथीले त्यो खाए वा नखाएकोमा चिन्ता लाग्ने बताएका थिए।
पुरुषले सेवन गर्ने चक्की बनाउन सबैभन्दा ठूलो चुनौती भनेको त्यसले यौन इच्छा वा उत्तेजनामा असर नपार्ने बनाउनु हो।
शुक्रकीट उत्पादन
पुरुषको अण्डकोषमा नियमित शुक्रकीट उत्पादन हुन्छ। त्यसमा हर्मोनको विशेष भूमिका हुन्छ।
हर्मोनको मात्रा नघटाई अरू कुनै नकारात्मक प्रभावबिना नै शुक्रकीटको उत्पादन अस्थायी रूपमा रोक्नु प्रमुख चुनौती हो।
हाल एलए बायोमेड र वाशिङ्टन विश्वविद्यालयमा अनुसन्धान भइरहेको उक्त चक्कीले भने सोचिएको लक्ष्य प्राप्त गर्न सक्ने अनुसन्धाकर्ताहरूको भनाइ छ।
उनीहरूले चालीस पुरुषमा भएको प्रारम्भिक सुरक्षापरीक्षण उत्साहवर्धक रहेको एन्डोक्राइन सोसाइटीको सम्मेलनमा बताए।
एन्ड्रजन हर्मोनमा आधारित चक्की सेवन गरेकाहरूमा शुक्रकीट उत्पादनका लागि आवश्यक हर्मोनको स्तर नक्कली चक्की सेवन गरेकाको तुलनामा निकै कम रहेको थियो भने परीक्षण सम्पन्न भएपछि सामान्य अवस्थामा फर्केको थियो।
उत्तेजनामा कमी
उक्त चक्कीको दुष्प्रभाव निकै कम र मन्द देखियो।
पाँच पुरुषले चक्कीको प्रयोगपछि यौन इच्छामा कमी आएको बताएका थिए भने दुई जनाले लिङ्गमा हुने उत्तेजनामा कमी आए पनि यौन क्रियाकलापमा भने असर नपरेको जानकारी दिए।
अनुसन्धानमा संलग्न भएका सबै सुरक्षापरीक्षणमा उत्तीर्ण भए भने दुष्प्रभावका कारण कसैले पनि उक्त चक्की सेवन गर्न छोडेनन्।
अनुसन्धानमा संलग्न रहेकी प्राध्यापक क्रिस्टिना वाङ र उनका सहकर्मी उत्साहित रहे पनि निष्कर्षबारे भने सचेत रहेका छन्।
हर्मोनका दुईवटा गतिविधिको सम्मिश्रण रहेको चक्कीले शुक्रकीटको उत्पादन घटाउनेछ भने यौन इच्छामा भने कुनै किसिमको प्रभाव पार्नेछैन। उनले भनिन्।
तर यसले जन्म नियन्त्रण गर्न सक्छ वा सक्दैन भन्ने विषयमा थाहा पाउन लामो समयसम्म परीक्षण गर्नुपर्ने खाँचो रहन्छ।
लामो इतिहास
पुरुषले सेवन गर्ने गर्भनिरोधक चक्कीमा औषधि उद्योगहरूले लगानी नगरेका कारण विकासमा बाधा परेको मानिन्छ।
शेफिल्ड विश्वविद्यालयका प्राध्यापक एलान पेसी भन्छन्, पुरुषले सेवन गर्ने गर्भ निरोधक चक्कीको लामो असफल इतिहास छ र अहिले नयाँ उत्पादनहरूको परीक्षण हुनु सुखद कुरो हो।
तर मुख्य कुरा भनेको के औषधि उत्पादकहरू यसलाई बजारमा ल्याउन इच्छुक छन् कि छैनन् भन्ने हो।
दुर्भाग्यवश अहिले औषधि उत्पादकहरूमा यो इच्छा देखिएको छैन।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...


प्रतिकृया लेख्नुहोस्: