Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

हावाहुरी प्रभावितलाई एक करोड राहत दिइने

रुपन्देही । प्रदेश नं ५ सरकारले बारा र पर्सा क्षेत्रका हावाहुरी प्रभावितलाई रु एक करोड सहयोग गर्ने भएको छ । बुटवलमा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रभावितहरुको सहयोगका लागि रु एक करोड रकम राहत कोषमा जम्मा गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिए ।

गत आइतबार साँझको हावाहुरीले बारा र पर्सामा ठूलो जनधनको क्षति भएको थियो । यस्तै मन्त्रिपरिषद्को बैठकले अस्वस्थ रहेका काङ्ग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको उपचारका लागि रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको छ । क्यान्सर रोगले ग्रस्त रहे
का पोखरेल अहिले काठमाडौँको नर्भिक अस्पतालमा उपचाररत रहेकाले उनको उपचारमा सरकारले सहयोग गर्ने निर्णय भएको प्रवक्ता चौधरीले बताए।

यसैगरी प्रदेश सरकारले प्रदेश सभाका सदस्यको जीवन बीमा गर्ने निर्णय समेत गरेको छ । एकजना बराबर रु १० लाखको स्वास्थ्य बीमा गर्ने निर्णय गरिएको प्रवक्ता चौधरीले जानकारी दिए । बैठकले प्रदेश लोकसेवा आयोगको काम, कर्तव्य र अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभाबाट फिर्ता लिन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, गाउँसभा÷नगरसभाको कार्यसञ्चालन कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्ने बैठकले निर्णय गरेको छ ।

प्रदेशको आवधिक योजनाको आधारपत्र ०७६÷७७ —०८०÷८१ र प्रदेश अनुगमन तथा मूल्याङ्कन दिग्दर्शन स्वीकृत गर्ने, कानून मस्यौदा तथा सुझाव आयोगको कार्यविधि थप गर्ने र आयोगका अध्यक्ष तथा सदस्यको म्याद थप गर्ने तथा प्रदेशको घरेलु सौर्य ऊर्जा प्रणाली अनुदान कार्यविधि स्वीकृति गर्ने निर्णय गरेको प्रवक्ता चौधरीले जानकारी दिए ।

बैठकले बाँकेको खजुरा गाउँपालिकाको केन्द्र परिवर्तन गरी बागेश्वरीमा रहेको वडा नं– ३ स्थित बागमती नगरमा कायम गर्न गाउँपालिकाले गरेको प्रस्ताव सरकार समक्ष पठाउन स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies