काठमाडौँ । आइतबार साँझ तराईका बारा र पर्सामा भएको विनाशकारी हावाहुरी प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या आउन नदिन स्वास्थ्य सेवा विभागले खानेपानी तथा सरसफाइ, पोषण, खोपलगायत सात क्षेत्रका विज्ञ स्वास्थ्यकर्मी थप पठाएको छ ।
विभागले घाइतेको प्राथमिक उपचार स्थानीयस्तरमा र थप उपचार नजिकको विशेषज्ञ अस्पतालमा हुने प्रबन्ध मिलाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल घाइतेको नारायणी उपक्षेत्रीय अस्पताल २६, नेशनल मेडिकल कलेज ९६, कलैया अस्पताल १५, तराई अस्पताल दुई, गण्डकी अस्पताल १८ र वीरगञ्ज हेल्थ केयर युनिट १८, भवानी अस्पताल, एलएस न्युरो अस्पताल, एड्भान्स अस्पताल र काठमाडौँस्थित शिक्षण अस्पतालमा गरी १९५ को उपचार भइरहेको छ । शिक्षण अस्पताल ल्याइएका घाइतेमध्ये तीनजना घर फर्किसकेका अस्पतालले जनाएको छ ।
घाइतेको उपचारका साथमा मनोसामाजिक परामर्श सेवा जारी रहेको मन्त्रालयका चिकित्सा महाशाखाका प्रमुख चिकित्सक दीपेन्द्ररमण सिंहले जानकारी दिए । हावाहुरी प्रभावित घाइतेको उपचार अनुगमन गरी बुधबार फर्किएकाे चिकित्सक सिंहले हावाहुरी प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या आउन नदिन स्थानीय तह र प्रदेशसित सहकार्य गरी काम गरिरहेको जानकारी दिए ।
प्रभावित क्षेत्रमा चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठान (न्याम्स)का प्राध्यापक चिकित्सक निलम खड्का, सुवास कर्ण र रविरामले घाइतेको उपचार भइराखेका अस्पतालको निरीक्षण गरी स्वास्थ्यकर्मीलाई आवश्यक सरसल्लाह प्रदान गरी चिकित्सकीय अडिट गरिरहेको उनले बताए ।
हावाहुरीले बढी क्षति पु¥याएका कलैया उपमहानगरपालिकासहित महागढीमाई र पचरौता नगरपालिका तथा प्रसौनी, फेटा, सुवर्ण र परवानीपुर गाउँपालिका स्थानीय स्वास्थ्य प्रदायक संस्थामा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । “स्थानीयस्तरमा सहज उपचारको व्यवस्था मिलाएको छौैै, महाशाखा प्रमुख सिंहले भने ।
हालसम्म हावाहुरीका कारण २८ को मृत्यु भएको छ । एक हजार ४४ घाइते हुन पुगेका थिए । यसैबीच, मन्त्रालयका सहसचिव महेन्द्र श्रेष्ठको अध्यक्षतामा आज बसेको स्वास्थ्य आपत्कालीन तथा विपत् व्यवस्थापन एकाइले हावाहुरी प्रभावित क्षेत्रमा घाइतेको उपचार तथा अन्य सहयोगका लागि आफ्ना सबै संयन्त्र परिचालन गर्दै थप समस्या आउन नदिन उच्च सतर्कता अपनाउने निर्णय गरेको छ ।
नेपालको स्वास्थ्य सेवा सुधारका लागि आर्थिक एवं प्राविधिक सहयोग गरिरहेका दातृ निकायका प्रतिनिधिसहितको सो बैठकले हावाहुरी प्रभावित क्षेत्रमा स्वास्थ्यसित सम्बन्धित क्षेत्र (पोषण, सरसफाइ, खोप, औषधि, स्वास्थ्यकर्मी) अभाव हुन नदिन मन्त्रालयमार्फत् गरेका सहयोगको विवरण प्रस्तुत गरेको थियो ।
बैठकमा संयुक्त राष्ट्र सङ्घीय बालकोष (युनिसेफ), संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (युएनफपिए), सेभ दि चिल्ड्रेन, अमेरिकी विकास नियोग, बेलायत अन्तर्राष्ट्रिय विकास नियोगका प्रतिनिधिले प्रभावित क्षेत्रमा खाद्यान्न, तारपोलियन, स्वास्थ्य सेवा, सरसफाइ, पोषणमा थप सहयोग गर्ने जानकारी दिए स्वास्थ्य मन्त्रालयका प्रवक्ता समेत रहेका श्रेष्ठले बताए ।
नेपाल रेडक्रस सोसाइटीले बारा र पर्सामा हावाहुरीले पारेको विपद्बाट दुई हजार ४०४ घरमा क्षति पुगेको प्रारम्भिक अनुमान गरेको छ । पहिलोपल्ट मोबाइल एप्लिकेशनको प्रयोग गरी बारामा एक हजार ८९५ र पर्सामा ५०९ घर नराम्ररी प्रभावित भएका सोसाइटीले जनाएको छ । सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले क्षतिको विस्तृत घरधुरी सर्वेक्षण कार्य शुरु भएको बताए । रेडक्रसले हालसम्म २०६ परिवारलाई राहत प्याकेजको पूर्ण सेट वितरण गरेको र वितरण कार्य जारी रहेको जनाएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...


प्रतिकृया लेख्नुहोस्: