Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभेर पिएसबीमा रुपान्तरित गर्ने

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभेर सार्वजनिक प्रसारण संस्था (पिएसबी) मा रुपान्तरित हुने भएकाले सोही अनुरुपको मनस्थिति बनाउन सम्बन्धित कर्मचारीलाई आग्रह गरेका छन् ।

रेडियो नेपालको ६९ औँ वार्षिकोत्सवका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले प्राविधिकरुपमा आधुनिक र आर्थिकरुपमा सक्षम भई जनताका चाहना र अनुसन्धानमा आधारित प्रसारण संस्थाका रुपमा रुपान्तरित हुन आग्रह गरे। पिएसबीका लागि भौतिक र कानूनी प्रबन्ध शुरु भइसकेको छ । स्रोत र दर्शककोसमेत प्रतिनिधित्व हुने संरचनासहित स्वायत्त संस्थामा रुपान्तरित गरिने पिएसबीको अवधारणामा उल्लेख छ ।

उनले भने, ‘सम्भवतः अर्को वर्ष रेडियो नेपालले योरुपमा वार्षिकोत्सव मनाउँदैन । हामी पिएसबीमा गएका हुनेछौँ । त्यसका लागि आइपर्ने चुनौती र अवसरको सामना गर्न तयार हुनुस् । ठूलो प्रशासनिक फेरबदल हुनेछ । रेडियो नेपाल र टेलिभिजनको इतिहासमा उथलपुथल आउनेछ ।’

सरकारले रकम दिन्छ भनेर हात बाँधेर बसेर नहुनेमा जोड दिँदै उनले भने, ‘यो वृद्धभत्ता बाँड्ने संस्था होइन । यसलाई १६ वर्षको जवानीमा फर्काउनुपर्छ । यो देशलाई एउटै मालामा उन्ने राष्ट्रिय आवाज हो । हरेक बिहान मानिसलाई ब्यूँझाउने संस्थामा सबैले इमानदार भएर काम गर्नुपर्छ ।’

मन्त्री बाँस्कोटाले देश विकासका लागि विदेशीको पनि होस्टेमा हैँसे आवश्यक हुने भए पनि मागेर नचल्ने भएकाले परिभाषित काममा सबैले मेहनत गर्नुको विकल्प नभएको बताए । रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले संस्थाले प्रसारण प्रविधिमा सुधार गर्दै २१ भाषामा कार्यक्रम उत्पादन गरिरहेको जानकारी दिए ।

कार्यक्रममा रु ५१ हजार राशिको रेडियो नेपाल राष्ट्रिय स्रष्टा सम्मानबाट गायक भक्तराज आचार्य र जेबी टुहुरेलाई सम्मानित गरियो । वार्षिकोत्सवका अवसरमा आयोजित राष्ट्रव्यापी खुला आधुनिक सङ्गीत प्रतियोगिताका प्रथम सुरेश लामा, द्धितीय वेनु क्षत्री र तृतीय जीवन राई पुरस्कृत भए ।

कार्यक्रममा संस्थाको सञ्चालक समितिका पूर्वअध्यक्ष तथा पूर्व सञ्चार सचिवहरुलाई सम्मानित गरियो भने २५ वर्ष सेवा गरेका कर्मचारीलाई दीर्घसेवा पदक प्रदान गरियो । उत्कृष्ट कर्मचारीतर्फको पुरस्कार वरिष्ठ प्राविधिक अधिकृत सीताराम श्रेष्ठले प्राप्त गरे । स्थानीय समाचारदातातर्फ प्रदेश नं २ का नेहा झा, प्रदेश नं ४ का रोशन तिवारी र प्रदेश नं ५ का डायल्सन अधिकारी पुरस्कृत भए । विसं २००७ मा प्रजातन्त्रको उदयसँगै रेडियो नेपालको स्थापना भएको थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending