Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्र एक हप्ता अँध्यारो

आइतवार साँझ तराईका दुई जिल्ला बारा र पर्सामा विध्वंस मच्चाएको हावाहुरीले विद्युतीय पूर्वाधारमा पनि ठूलो क्षति पुर्याएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

स्थानीय वायुको प्रभावबाट सिर्जना भएको भीषण हावाहुरीले करिब दुई हजार बिजुलीको खम्बा ढालेको अनुमान प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गरेका छन्।

हावाहुरीको प्रभाव परेका जिल्लामा सकेसम्म चाँडो विद्युत् प्रवाह शुरू गर्नका लागि आवश्यक जनशक्ति खटाइसकिएको घिसिङले बीबीसी नेपाली सेवालाई बताएका छन्।

ठूलो सङख्यामा क्षति पुगेको छ। तर हामीसँग आवश्यक सामाग्री र जनशक्ति उपलब्ध भएकाले एक हप्ताभित्र विद्युत् प्रवाह शुरू गर्ने लक्ष्य राखेका छौँ, घिसिङले भने।

क्षतिको विवरण

स्थानीय वायुको प्रभाव र भारतमा मध्यप्रदेश निम्न चापीय क्षेत्र विकसित हुँदा शक्तिशाली स्वरूप लिएको हावाहुरीले तराईका दुई जिल्लामा प्रसारण लाइन, ट्रान्सफर्मर र पोलमा क्षति पुर्‍याएको छ।

प्रभावित क्षेत्रका अधिकांश पोल भाँचिएको छ भने तार हावाले उडाएका छन्।

त्यस्तै १० वटा ट्रान्सफर्मर पूर्णरूपमा ध्वस्त भएका छन्।

अहिले हामीले ३३ केभीको प्रसारण लाइन चार्ज गरेर अस्पताल लगायतका स्थानमा विद्युत् पुर्‍याएका छौँ, घिसिङले भने।

सहरी क्षेत्रमा खासै समस्या पर्ने देखिँदैन। ग्रामीण भेगमा भने ११ केभी र ३३ केभीका प्रसारण लाइन चार्ज गर्नुपर्ने र त्यसको संरचना ध्वस्त भएको हुँदा समय लाग्ने अवस्था देखिन्छ।

उनले ट्रान्सफर्मर मर्मत र नयाँ ट्रान्सफर्मर जडानका लागि चाहिने सामग्री आफूहरूसँग रहेको जानकारी दिए।

विद्युत्‍को जोहो

भारतबाट बिजुली आपूर्ति गर्नका लागि प्रयोग गरिने अन्तरदेशीय प्रसारण लाइनमा समेत प्रभाव परेकाले प्राधिकरणले मुलुकको एकमात्र जलाशययुक्त आयोजना कुलेखानी चलाएर माग धानिरहेको बताएको छ।

आपत्‍कालीन अवस्थाका लागि कुलेखानीमा पानी सञ्चित गरिने र हाल पानीको तह राम्रै रहेकाले समस्या नहुने घिसिङको भनाइ छ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending