Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल : तीन महिनासम्म ११ घन्टा मात्र चल्ने

काठमाडौं । सोमबार बेलुकादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल दैनिक ११ घन्टामात्रै सञ्चालन हुन थालेको छ। धावनमार्ग मर्मतका क्रममा हाल कामय रहेको कालोपत्रे उप्काएर नयाँ राख्नुपर्ने भएकाले २१ घन्टा सञ्चालन भइरहेको विमानस्थल तीन महिनासम्म १० घन्टा बन्द हुनेछ। सोमबार रातिदेखि नै दैनिक ११ घन्टामात्रै सञ्चालन गर्न थालिएको विमानस्थल कार्यालयले जानकारी दिएको छ।

आजको अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ - यो विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द गरेर धावनमार्ग जीर्णोद्वार गर्न लागिएको हो। यस क्रममा राति १० बजे पछाडि उडान गर्ने अन्तर्राष्ट्रिय उडानका वायुसेवा र बिहान ६ देखि ८ बजेभित्रका आन्तरिक वायुसेवाको उडान प्रभावित भएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक सुवास झाका अनुसार हरेक वायुसेवाले विन्टर र समर गरी वर्षमा हरेक ६÷६ महिनाका लागि उडान तालिका स्वीकृत गराउनुपर्छ। यस्तो तालिकामा राति सोमबारदेखि उडान हुने वायुसेवाका लागि नयाँ तालिकामा उड्ने गरी तालिका स्वीकृत गरिएको छ। यस्तो तालिकामा राति १० बजेपछि उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा र बिहान ८ बजेभित्र उड्ने आन्तरिक वायुेवाको उडान तालिकामा हेरफेर भएको छ।

प्राधिकरणले स्वीकृत गरेको तालिका अनुसार अन्तर्राष्ट्रिय उडानका नौ वटा वायुसेवा कम्पनीका १६ वटा उडान प्रभावित भएको छ। यस्तो उडान प्रभावित हुनेमा राति १० बजेदेखि विमानस्थल बन्द हुनु अगाडि ३ बजेसम्मका उडान प्रभावित भएका छन्। रातिको समयको यस्तो उडान प्रभावित हुनेमा एयर अरेबियाको काठमाडौं–सारजाह बेलुका साढे १० बजे, एयर इन्डियाको दिल्ली–काठमाडौं ११ बजे, क्याथे ड्रागनको हङ्कङ–काठमाडौं १०ः५ बजे र ११ः १५ बजेको प्रभावित भएको छ।

यस्तै, चाइना साउदर्नको ग्वान्झाओ–काठमाडौं ११ः४० बजेको, दुबइ एयरको काठमाडौं–दुबाई साढे १० बजेको, हिमालय एयरलायन्सको काठमाडौं–हमाद १०ः४० र काठमाडौं–दुबई ११ः३५ बजेको प्रभावित भएको छ। मलेसियाबाट आउने मलेसियन एयरको क्वालालम्पुर–काठमाडौं साढे १० बजेको र काठमाडौं क्वालालम्पुर साढे ११ बजेको, मालिन्दो एयरको काठमाडौं–क्वालालम्पुर १०ः४० को उडान प्रभावित भएको छ। यस्तै राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको काठमाडौं–दुबाई र काठमाडौं–मलेसिया साढे ११ बजे तथा काठमाडौं–दिल्ली बिहान ८ बजेको उडान प्रभावित भएको छ। प्राधिकरणका अनुसार यो उडान तालिकामा सम्बन्धित वायुसेवाको अनुकूल हुने गरी अगाडि र पछाडि गरेर मिलाएका छौं। यस्तो उडान अब सबै वायुसेवाको बिहान ८ बजेदेखि राति १० बजेभित्रै हुन्छ।

आन्तरिक वायुसेवाको पनि बिहान ८ बजेभित्र हुने करिब ६० वटा उडानको समय परिवर्तन भएको छ। यस्तो उडानमा अधिकांश लुक्लाको भएको उल्लेख छ। आन्तरिक वायुसेवाले काठमाडौं लुक्लामा हुने बिहानको उडानका लागि रामेछापबाट लुक्ला लाने गरी आफैंले बन्दोबस्त मिलाएको जानकारी दिएको छ। यसका लागि सम्बन्धित वायुसेवाले नै आफ्नो यात्रुलाई गाडीमा रामेछाप लैजाने र त्यहाँबाट लुक्ला लाने गरी व्यवस्था मिलाएको उल्लेख छ।

विमानस्थल कार्यालयका अनुसार आन्तरिक वायुसेवाका नियमित उडानमा कम्तीमा १० देखि १५ प्रतिशतले उडान कटौती पनि भएका छन्। विमानस्थलको सबै पिच उप्काएर धावनमार्गको जीर्णोद्वार (रव वे रिह्याविलिटेसन) गरिने भएका कारण रातको समयमा विमानस्थल बन्द गरेरै मर्मत थालिएको हो। रनवे मर्मतको समयमा हुने सबै उडानलाई आफ्नो अनुकूल समयमा गर्न तीन महिना अगाडि नै सूचना दिइएको प्राधिकरणले जानकारी दिएको छ।

सबैलाई उडान दिन नसकेका कारण विमानस्थल कार्यालयले उडान घटाइदिएको छ। यसको विकल्पको रूपमा आन्तरिक लुक्ला जाने यात्रुका लागि हामीले रामेछाप लैजानुपर्ने भएको छ। सामान्यतया १० बजेपछि लुक्ला उडान हावा चल्ने हुँदा नहुन पनि सक्छ। त्यसैले त्यसभन्दा अगाडि नै हुने गरी यस्तो विकल्प खोज्न बाध्य भएको वायुसेवा सञ्चालक संघका प्रवक्ता घनश्याम आचार्यले बताए।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE