Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

पोखरा विश्वविद्यालयको ३९१ विद्यार्थीको भविष्य अस्पष्ट भर्ना सूचनाले अनिश्चिततामा

काठमाडौँ । पोखरा विश्वविद्यालयको अस्पष्ट भर्ना सूचनाका कारण स्नातक तह व्यवस्थापन संकाय पहिलो सेमेस्टरका तीन सय ९१ विद्यार्थीको भविष्य अन्योलमा परेको छ । उनीहरूले परीक्षा दिने विषयमा भएको विवादले करिब २० हजार विद्यार्थीको परीक्षा स्थगित भएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - कक्षा ११ र १२ मा न्यूनतम ग्रेड पोइन्ट एभरेज (जिपिए) २.० भन्दा माथि ल्याएर सम्बन्धनप्राप्त क्याम्पसमा व्यवस्थापनका विभिन्न कार्यक्रम अध्ययन गरिरहेका विद्यार्थीलाई विश्वविद्यालयले परीक्षामा सहभागी गराउन नमानेपछि कलेजहरूले परीक्षा सञ्चालन गर्न मानेनन् । विश्वविद्यालयले न्युनतम् सी ग्रेड ल्याउने विद्यार्थीलाई भर्ना गर्न गत १० साउनमा सूचना गरेको थियो । सी ग्रेड भनेको २.० भन्दा माथि रहेको राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको ट्रान्सक्रिप्टमा उल्लेख छ । यही मापदण्डका आधारमा कलेजहरूले गत साउनमा विद्यार्थी भर्ना गरेका थिए ।

तर, विश्वविद्यालयले परीक्षाको मुखमा आएर प्रत्येक विषयमा कम्तीमा सी ग्रेड ल्याएको हुनुपर्ने अर्थ लगाएपछि समस्या निम्तिएको छ । विश्वविद्यालयले प्रत्येक विषयमा सी ल्याएको हुनुपर्ने भन्दै माघमा अर्को सूचना निकालेको थियो । त्यसपछि विश्वविद्यालय र सम्बन्धनप्राप्त कलेजबीचको विवादले शुक्रबारदेखि हुने भनिएको परीक्षा नै स्थगित भएको छ । योसँगै पोखरा विश्वविद्यालयका सम्बन्धनप्राप्त ४२ क्याम्पसका बिबिए, बिबिएबिआई, बिसिए, बिसिआइएस, बिएचएम अध्ययन गरेका विद्यार्थी अलपत्र परेका छन् ।

यस्तो थियो भर्नाका वेला विश्वविद्यालयले निकालेको सूचना
विश्वविद्यालयले भर्नाको समयमा सार्वजनिक गरेको सूचनालाई नै अहिले विभिन्न किसिमले व्याख्या गरिएको छ । विज्ञान प्रविधि, स्वास्थ्य विज्ञानजस्ता संकायमा भर्नाका लागि कक्षा ११ र १२ मा हरेक विषयमा कुन ग्रेड हुनुपर्ने भन्ने उल्लेख गरेको छ । तर, व्यवस्थापन संकायमा भर्नाका लागि विषयअनुसारको ग्रेड खुलाएको छैन । व्यवस्थापन संकायमा न्यूनतम मापदण्डमा अक्षरांकन पद्धतिअनुसार फाइनल ग्रेडमा सी हुनुपर्ने उल्लेख छ । सबै विषयमा सी हुनुपर्ने उल्लेख छैन । तर, अहिले विश्वविद्यालयले सबै विषयमा न्युनतम् ग्रेड सी हुने विद्यार्थीको मात्र आवेदन स्वीकार गरेको छ । सोही सूचनामै ब्याचलर अफ फार्मेसी अध्ययनका लागि न्यूनतम मापदण्डमा समग्रमा जिपिए २.४ र फिजिक्स, केमेस्ट्री र बायोलोजी/म्याथ विषयमा सी प्लस ल्याउनुपर्ने र अन्य विषयमा सी ग्रेड ल्याउनुपर्ने उल्लेख गरेको छ ।

विश्वविद्यालयले सूचनाको गलत अर्थ लगाएर विद्यार्थीलाई मारमा पार्दै छ
-नरबहादुर विष्ट, महासचिव, पोखरा विश्वविद्यालय शिक्षण संस्थाहरूको संघ, नेपाल (ओपेन)
विश्वविद्यालयले पहिले कक्षा ११ र १२ मा फाइनल ग्रेड सी ल्याउनुपर्ने सूचना निकाल्यो । तर, भर्ना भइसकेपछि माघमा फेरि प्रत्येक विषयमा सी ल्याउनुपर्ने सूचना निकाल्यो । विश्वविद्यालयको यो लापरबाहीका कारण विद्यार्थीले तनाव भोग्नुपरेको छ । विद्यार्थी मारमा पर्नुहुँदैन । विश्वविद्यालयका उच्च अधिकारीहरूले भर्ना हुनुभन्दा पहिले आफूहरूसँगको छलफलमा समेत कक्षा ११ मा जिपिए उल्लेख नगरेको र ट्रान्सक्रिप्टमा समेत सिजिपिए आउँदैन भनेका थिए । विद्यार्थी भर्ना भएर पढिसकेपछि अस्पष्ट सूचनालाई फरक तरिकाले अथ्र्याएर पन्छिन खोजेको छ ।

कलेजहरूले नियम नमान्दा विद्यार्थी मर्कामा परेका हुन्
-गोविन्दप्रसाद शर्मा, रजिस्ट्रार शर्मा, पोखरा विश्वविद्यालय
विश्वविद्यालयको ३८औँ एकेडेमिक काउन्सिलले कक्षा ११ र १२ मा सी ग्रेड ल्याउनेलाई भर्ना गर्ने निर्णय गरेको थियो । तर, समस्या भएपछि बसेको ३९औँ परिषद्ले पनि अघिल्लो निर्णयलाई नै मान्यता दिएको थियो । त्यतिवेला सबै विषयमा सी ग्रेड ल्याएर फाइनल पनि सी हुनुपर्ने भनिएको हो । अब विद्यार्थीलाई मारमा पार्नुहुँदैन । कुलपतिले विश्वविद्यालय सभाबाट अनुमोदन गर्ने गरी निर्देशन दिनुभयो भने निकास आउँछ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE