Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

किसानद्वारा दूधको भाउ बढाउन माग

लमही। स्थानीय पशुपालक किसान तथा दूध व्यवसायीले दूधको भाउ बढाउन तुलसीपुर उपमहानगरपालिकाका प्रमुखसँग माग गरेका छन् ।

अहिले दानाको मूल्य बढे पनि दूधको मूल्य नबढ्दा किसान मारमा परेको पशुपालक तथा दूध व्यवसायी रमेश गिरीले बताए । “अहिले गाई तथा भैँसीको दूध प्रतिलिटर रु ५० मात्रै पर्छ तर दाना प्रतिकिलोको करीब रु ४५ सम्म पर्छ”, उनले भने, “यसले किसानलाई प्रतिलिटरमा रु पाँचभन्दा बढी आम्दानी हुँदैन ।” दश लिटर दूध दिने पशुलाई करीब पाँच किलो दाना खुवाउनु पर्ने भएकाले उपमहानगरपालिकाले दानामा सहुलियत उपलब्ध गराउनाका साथै दूधको मूल्यवृद्धि गरेर खुद्रा मूल्य प्रतिलिटर रु ७० र थोक मूल्य प्रतिलिटर रु ६० तथा दहीको खुद्रा मूल्य प्रतिकिलो रु ८० बनाउनुपर्ने बताए ।

अर्का व्यवसायी लोकराज डाँगीले पशुमा महामारी रोग न्यूनीकरणका लागि उपमहानगरपालिकाले खोपको व्यवस्था गर्नुपर्ने बताए । “अहिले हामीले जोखिम मोलेर पशुपालन गरिरहेका छौँ”, उनले भने, “अब उपमहानगरपालिकाले त्यो जोमिख हटाउन खोपको व्यवस्था गर्नुपर्छ ।”

दूध व्यवसायी देवराज भण्डारीले पशुको कृत्रिम गर्भाधान निःशुल्क नगरिँदा किसान मारमा परेको बताए । “अहिले कृत्रिम गर्भाधान गर्न रु ७०० भन्दा बढी तिनुपर्छ”, उनले भने, “कुनै पशुमा एकै पटकमा कृत्रिम गर्भाधान सफल नहुने भएकाले दोहो¥याउँदा र ते¥याउँदा आर्थिक भार थपिने गरेकोे उनको भनाइ थियो ।

तुलसीपुर उपमहानगर प्रमुख घनश्याम पाण्डेले पशुपालन क्षेत्रलाई उपमहानगरपालिकाले विशेष जोड दिएकाले किसानका समस्या समाधानतर्फ आफू लागिपर्ने बताए । उनले पशुमा लाग्ने विभिन्न रोग निवारणका लागि खोपको व्यवस्था गर्ने प्रतिबद्धता जनाए । दानामा सबै किसानलाई एकमुष्ट रु पाँचलाख अनुदान दिने र त्यसैबाट किसानले आफैँले दाना खरीद गरेमा सहुलियत मिल्ने उनको भनाइ थियो । त्यस्तै कृत्रिम गर्भाधान, दूधको मूल्य तथा दानाको मूल्य समायोज र प्रदेश तथा केन्द्र सरकारबाट आउने अनुदानका बारेमा पनि आफूले छलफल गरेर पशुपालक किसानका समस्या समाधान गर्ने उपमहानगर प्रमुख पाण्डेले बताए।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending