Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

आधुनिक सुविधासम्पन्न बसपार्क निर्माणले तुलसीपुरवासीमा खुशियाली

दाङ। तुलसीपुरमा आधुनिक सुविधासम्पन्न बसपार्क निर्माण हुने भएपछि यहाँका नागरिक खुशी भएका छन् । यात्रुलाई सहज र सुरक्षित तरिकाबाट यातायात सेवा प्रदान गर्ने उद्देश्यले तुलसीपुर उपमहानगरपालिकाले आधुनिक सुविधासम्पन्न बसपार्क निर्माणको कार्यलाई तीब्ररुपमा अगाडि बढाएको छ । तुलसीपुर क्षेत्रमा अहिलेसम्म बसपार्क निर्माण नभएकाले यातायात सञ्चालन कार्य निकै चुनौतीपूर्ण र जटिल हुँदै आएको थियो ।

“बसपार्क निर्माण कार्य अन्तिम चरणमा पुगेको छ”, तुलसीपुर उपमहानगरपालिकाका इन्जिनियर पवनकुमार योगीले भन्नुभयो, “ निर्माणको काम ९० प्रतिशत पूरा भएकाले वैशाखको अन्तिम सम्ममा बसपार्क सञ्चालनमा आउने छ ।

नगर विकास कोषको रु ९ करोड ऋण सहयोगमा विसं २०७४ वैशाखदेखि शुरु भएको सो बसपार्क निर्माणको जिम्मेवारी शिवशक्ति कन्स्ट्रक्सन प्रालिले पाएको छ । शुरुको करीब दुई महिनासम्म जग्गा विवादका कारण अवरुद्ध भएको निर्माण कार्य जनप्रतिनिधिहरुको पहलमा समाधान भएपछि निर्माण कार्यले तीब्रता पाएको इन्जिनियर योगीले जानकारी दिए ।

आवश्यक सबै संरचनाहरु निर्माण भएपनि अहिले रङ लगाउने, मार्वल विछ्याउने काम भैरहेको निर्माण कम्पनीका विजय वोगटीले जानकारी दिए । बसपार्क नजिकै रहेको अटोभिलेजलाई त्यहाँबाट तुलसीपुर नगरपालिका वडा नं ६ रजौरास्थित कमल पोखरी सामुदायिक वनको जग्गामा सारेपछि सो क्षेत्रमा बसपार्कको निर्माण थालिएको हो ।

झन्डै साढे ५ विगाहा क्षेत्रफलमा फैलिएको सो अत्याधुनिक बसपार्कमा तीन सयभन्दा बढी सवारी साधनलाई व्यवस्थित रुपमा राख्न सकिने क्षमता छ । बसपार्कभित्र आधुनिक यात्रु प्रतिक्षालयसँगै भवन, शौचालय, पार्क र पक्की सडक निर्माण गरिएको पनि इन्जिनियर योगीले जानकारी दिए ।

उनका अनुसार वसपार्कभित्र ५२ ओटा व्यावसायिक टहराका साथै टिकट काउन्टर, प्रशासनिक भवन, रेष्टुरेन्ट लगायतका संरचना पनि निर्माण गरिएको छ भने महिला तथा शिशुहरुका लागि स्तनपान कक्षको छुट्टै व्यवस्था गरिएको छ । यसअघिको बसपार्क सानो, फोहोर, दुर्घन्ध र धुलोयुक्त भएकाले यात्रुहरु सास्ती खेप्न बाध्य भएका थिए । यसका साथै रातको समयमा बसपार्क असुरक्षित हँुदै आएको पनि थियो ।

बसपार्क निर्माणको म्याद असार महिनासम्म भएपनि वैशाख अन्तिमसम्ममा हन्तान्तरण गर्ने तयारी भैरहेको निर्माण कम्पनीले जनाएको छ । आधुनिक बसपार्क निर्माणले आफूलाई निकै उत्साहित बनाएको तुलसीपुरका बस व्यवसायी प्रकाश भट्टले बताए । उनले भने– “भौतिक पूर्वाधार सहितको सुविधायुक्त बसपार्क नहुँदा आफूसहित यहाँका बस व्यावासायीले निकै सास्ती खेप्नुपरेको र बस लगायतका सवारी साधनहरु अन्यत्रै पार्किङ्ग गर्दा रातको समयमा असुरक्षा बढ्ने र यात्रुलाई पनि असजिलो हने गरेको थियो ।”

तुलसीपुर–काठमाडौँ बस चालकको काम गर्दै आउनुभएका भुपेन्द्र भण्डारीले पनि आधुनिक बसपार्क निर्माणले आफूलाई खुशी लागेको बताउनुभयो । उहाँले टाढाको दूरीबाट गाडी चलाएर आउनुपर्ने, गाडी पार्किङ्गका लागि साहुको घर खोज्नुपर्ने वाध्यता रहेकोमा अब त्यस्तो समस्या हट्ने भएकोले खुशी लागेको बताए ।

राप्ती यातायात व्यवसायी समितिका अध्यक्ष सुरेश हमालले आधुनिक वसपार्क सञ्चालनमा आएपछि जथाभावी रुपमा गाडी राख्नुपर्ने वाध्यता हट्ने र यसले शहर पनि व्यवस्थित र सफा हुने धारणा व्यक्त गरे ।
उनले भौतिक पूर्वाधारयुक्त बसपार्क नहुँदा घाम पानी तथा रातको समयमा यात्रुहरुले निकै सास्ती भोग्नुपर्ने पिडाको पनि अब अन्त्य हुने बताए ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले जग्गाको विवादका कारण निर्माण सुरु हुन नसकेको आधुनिक वसपार्क निर्माणको कामलाई उपमहानगरपालिकाले पहिलो प्राथमिकता राखेको बताए । उक्त बसपार्क निर्माणको कार्यलाई चुनावी एजेण्डा नै बनाएका उनले पनि आफू सफल भएको प्रतिक्रिया दिए ।

उनले भने– “यसले नगरको सुन्दरता बढाएको छ र नागरिकलाई सुविधा प्रदान गर्ने तथा तुलसीपुर बजारलाई व्यवस्थित गर्न पनि सहयोग पु¥याउने छ ।”

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies