Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

एसईई : परीक्षा अगावै सामाजिक विषयको प्रश्‍नपत्र सामाजिक सञ्‍जालमा

राजविराज । सप्तरीमा जारी एसईई अन्तर्गत अनिवार्य सामाजिक अध्ययन विषयको प्रश्‍नपत्र पनि परीक्षा अगावै बाहिरिएको छ। विज्ञान विषयको परीक्षा हुनुभन्दा एक दिन अगावै प्रश्‍नपत्र बाहिरिएपछि बिहीबार मात्र प्रदेश २ मा विज्ञान विषयको परीक्षा रद्द गरिएको थियो।

आजको अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ - अएसईई परीक्षा थप व्यवस्थित गर्न जिल्ला सुरक्षा समिति र शिक्षा सञ्चालन समन्वय समितिको बैठक निरन्तर बसिरहेको छ। तर समितिलाई चुनौति दिदै प्रश्‍नपत्र बाहिरिने क्रमले शुक्रबार पनि निरन्तरता पाएको छ।
राष्ट्रिय परीक्षा बोर्ड बैठकले प्रश्‍नपत्र बाहिरिएको विषयमा अध्ययन अनुसन्धान गरेर १५ दिनभित्र प्रतिवेदन पेश गर्ने गरी चार सदस्यीय छानबिन समिति गठन गरेकै दिन बिहीबार सामाजिक अध्ययनको प्रश्‍नपत्र सामाजिक सञ्जालहरुमा देखा परेको हो।

विज्ञान विषयको प्रश्नपत्रसँग समूह र नम्बरसहित लेखिएको हुबहु मिल्दो चिटहरु सप्तरी र सिरहामा फेला परेको थियो भने शुक्रबार हुने सामाजिक अध्ययन विषयको परीक्षाको प्रश्‍नपत्र जनकपुरबाट बिहीबार नै फेला परेको छ। सामाजिक सञ्जालमार्फत देखिएका प्रश्‍नपत्र आधिकारिक रहे वा नरहेको बारे शुक्रबारको परीक्षा सुरु भएपछि मात्र पुष्टि हुनेछ।

परीक्षाको ठिक एक दिन अगाडि प्रश्‍नपत्र बाहिरिने कार्यमा शिक्षा क्षेत्रका माफियाहरुको मिलोमतो रहेको स्रोतले बताएको छ। जिल्ला शिक्षा विकास तथा समन्वय समिति, प्रहरीदेखि शिक्षा क्षेत्रका माफियाहरु क–कसको संलग्नता र मिलोमतोमा प्रश्‍नपत्र बाहिरिएको बारे गम्भीरतापूर्वक अनुसन्धान गरी दोषीलाई कडा कारवाही हुनुपर्ने अभिभावकहरुको माग छ।
परीक्षा रद्द भएपछि विद्यार्थी र अभिभावकहरु मानसिक तनावमा परेका छन् भने राज्यलाई समेत करौडौंको व्ययभार थपिएको छ। प्रदेश २ मा ७० हजार पाँच सय ६८ परीक्षार्थीले परीक्षा दिइरहेको परीक्षा नियन्त्रक विष्णु अधिकारीकाभनाई छ।

सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र बिष्टले सुरक्षित साथ राखिएको प्रश्‍नपत्र सप्तरीबाट नभई अन्यत्रबाट नै बाहिरिएको दावी गर्छन्। सम्पूर्ण प्रश्‍नपत्र आफूहरुकहाँ शिलबन्दीमै रहेको र परीक्षा सुरु हुनुभन्दा आधा घण्टा अघि मात्र परीक्षा केन्द्रहरुमा पुर्‍याइने गरिएको बताए।

एसएलपी मावि पत्थगाढाका केन्द्राध्यक्ष देबुकुमार यादवले पनि शिलबन्दी रहेको प्रश्नपत्रका पोकाहरु परीक्षा सुरु हुनुभन्दा ठिक १५ मिनेट अगाडि मात्र खोलिने गरिएको तर एक दिन अगावै प्रश्‍नपत्र बाहिरिएकोमा आश्चर्य प्रकट गर्छन्। \'इन्टरनेट, इमेल, इमो लगायतका सामाजिक संजालमार्फत अन्यत्र जिल्लाबाट नै बाहिरिएको प्रश्‍नपत्र सप्तरी पनि आइपुगेको हो\' उनले भने।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending