Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

मुख्यमन्त्री शाहीद्वारा राष्ट्रिय नदी शिखर सम्मेलन उद्घाटन

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एतिहासिक कर्णाली नदीलाई महत्व दिएर यसै प्रदेशमा आयोजित ‘तेस्रो राष्ट्रिय नदी शिखर सम्मेलन २०१९’ ले यो प्रदेशको साथै सिङ्गो नेपालको विकास र पर्यावरण संरक्षणमा सघाउ पुग्ने बताएका छन् ।

आज यहाँ उक्त सम्मेलन उद्घाटन गर्दै उनले भने, “नदीको बहुउपयोगका लागि सबैले ध्यान दिनुपर्दछ, यसमा प्रादेशिक सरकारले पनि योजना निर्माणपनि गर्दैछ ।”

विकासका लागि अध्ययन मात्र नभई सूक्ष्म अनुसन्धान गर्न र त्यसबाट साझा निष्कर्ष निकालेर विकासका नमूना निर्माण गर्न सकिने विचार मुख्यमन्त्री शाहीले व्यक्त गरे ।

पूर्वजलस्रोत तथा सिँचाइमन्त्री दीपक ज्ञावलीले विकासका नाममा विकास विरोधी कार्यले नदीनालाका मूल सुकेको बताए । उक्त प्रदेशका सभामुख राजबहादुर शाहीले प्रदेश समृद्धिको प्रमुख आधार कर्णाली नदी भए पनि यसलाई उपयोगमा ल्याउन नसकेका कारण यहाँका नागरिक गरीब हुनु परेको बताए ।

नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले कर्णाली नदी संरक्षणमा स्थानीय तथा प्रदेश सरकारले बढी ध्यान दिनुपर्नेमा जोड दिँदै भने, “कैलाशदेखि गङ्गासम्म पुगेको यो नदी संरक्षणमा सबैको सकरात्मक सोच आउन जरुरी छ । ”

कर्णाली प्रदेशलाई ‘जैविक विविधताको पुस्तकालय’ नाम दिएका उनले आजै दैलेखको आठबिस नगरपालिकाको राकममा पुगेर नदी संवादका साथै घोषणापत्र पनि जारी गर्ने बताए ।

नेपाल नदी संरक्षण संस्थालगायत विभिन्न साझेदार तथा सहयोगी निकायको आयोजनामा यही चैत १४–१७ गतेसम्म सञ्चालन हुने सो सम्मेलनमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाका साथै स्वदेशी र विदेशी वैज्ञानिक तथा वातावरणविद्को सहभागिता छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies