Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

मन्त्री विना मगरको आक्रोस–चरित्रहत्या गर्नेहरु कानूनको दायरामा उभिनुपर्छ (विज्ञप्तीसहित)

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजना निर्वाध रुपमा अगाडि बढाउन सरकार प्रयत्नशील रहेको खानेपानी मन्त्री बिना मगरले स्पष्ट पारेकी छिन्।

मन्त्री मगरले एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै मन्त्री बिना मगरले मेलम्ची खानेपानी विकास समितिले विभिन्न विकल्पमा छलफल गरेकोले छिट्टै आयोजना सम्पन्न गर्ने ठोस निर्णय हुने बताइन्। आयोजना आम नेपालीको प्रतीक्षा, प्रतिष्ठा र गौरवको आयोजना भएको भन्दै मन्त्री मगरले चरित्र हत्या गर्ने मनसायका साथ गरिने प्रचारप्रति दुःख व्यक्त गरेकी छिन्।

आफ्नो कार्यकालमा नै आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको तथा अधिकांश काम सम्पन्न भए पनि केही काम बाँकी रहेको अवस्थामा इटालियन ठेकेदार कम्पनी सिएमसीले केही महीना पहिले हात झिक्दा समस्या आएको मन्त्री मगरको प्रष्टोक्ति छ।

ठेकेदार कम्पनी आर्थिकरुपमा समस्यामा पर्दा आयोजनामा समस्या आएको जानकारी आएको भन्दै उनले आयोजना निर्माणको आफ्नै मान्यता हुने र त्यसविपरीत गएर मन्त्री वा कुनै पनि अधिकारीले निर्णय गर्ने अवस्था नभएको मन्त्री मगरको भनाइ छ। कानूनी मान्यता नाघेर कुनै अवैधानिक निर्णय लिन नसक्नेमा जोड दिँदै उनले राज्यद्वारा निर्देशित ऐन, कानूनप्रतिको प्रतिबद्धता र सुशासनप्रतिको सङ्कल्पलाई अक्षुण राख्न प्रतिबद्ध रहेको स्पष्ट पारेकी छिन्।

उनले मेलम्ची खानेपानी विकास समिति आफैमा स्वायत्त, अधिकार सम्पन्न सरकारी निकाय भएकाले आयोजनाको कुनै पनि निर्णयमा मन्त्रीको हस्ताक्षर नचल्ने र मन्त्रालयका सचिव अध्यक्ष रहने आयोजनामा सञ्चालक समितिको निर्णय नै अन्तिम हुने जानकारी दिएकी छिन्।

आयोजनाको कुनै प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने परिस्थितिमा मात्र मन्त्रीको माध्यम हुँदै पेश हुने प्रक्रिया उल्लेख गर्दै उहाँले प्रसङ्ग नै नभएको विषयमा मन्त्रीलाई जोड्न खोज्नु राजनीतिक पूर्वाग्रह र बेइमानी भएको उल्लेख गरिन्। आयोजनाबारे आफूले मन्त्रीका हैसियतले सङ्घीय संसद्, संसद्का विभिन्न समितिमा आधिकारिक धारणा प्रस्तुत गरेको र आयोजना छिटो सम्पन्न गर्न मन्त्रालयले प्रचलित कानूनी प्रावधानको अधिनस्थ हुने र त्यसलाई तोड्नसमेत नमिल्ने बताइन्।

मन्त्री मगरले भनेकी छिन्, “आयोजनामा मैले अनियमितता भएको प्रमाणित भए म जुनसुकै सजाय भोग्न तयार छु।” आयोजनामा अनियमितता भएको भन्दै विवेकशील साझा पार्टीको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको समाचार प्रकाशित भएपछि मन्त्री मगरले विज्ञप्ति निकालेर खण्डन गरेकी हुन्।

मन्त्री मगरले जारी गरेको विज्ञप्तिको पूर्णपाठ

मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्यका सम्बन्धमा विवेकशील नेपाली दलको हवाला दिँदै रञ्जु दर्शनाले खानेपानी मन्त्रालय र मन्त्रीलाई लक्षित गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको भन्ने समाचारप्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ । यस सम्बन्धमा केही कुरा स्पष्ट गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ।

मेलम्ची खानेपानी आयोजना आम नेपालीको प्रतीक्षा, प्रतिष्ठा र गौरवको आयोजना हो। मन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै आयोजनाको निर्माण कार्य द्रुत गतिमा सम्पन्न गर्न गरेका प्रयासबारे मैले बोलिरहनु पर्दैन। यही पछिल्लो कार्यकालमा नै आयोजनाको ‘ब्रेक–थ्रु’ भएको छ, आयोजनाको अधिकांश काम सकिएको छ। तर, गत डिसेम्वर २१ मा निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनि सिएमसीले आयोजनाबाट हात झिकेपछि निर्माण कार्य प्रभावित भएको छ।

ठेकेदार कम्पनिले हात झिक्नुका पछाडिको मूख्य कारण सिएमसी कम्पनि आर्थिक रुपमा टाट पल्टनु हो। आर्थिक रुपमा टाट पल्टिएपछि मेलम्ची आयोजना मात्र होइन, सिएमसी कम्पनिले ठेक्का लिएका तर नाफामा नगएका सबै आयोजनाबाट हात झिक्दैछ। यो नै अहिलेको वास्तविकता हो। दोस्रो कुरा, कुनै पनि आयोजना निर्माणको आफ्नै मान्यता हुन्छ। ती कानूनी मान्यता नाघेर हामीले कुनै अवैधानिक निर्णय लिन सक्दैनथ्यौं र लिएनौं पनि। यो हाम्रो नियत वा क्षमताको प्रश्न नभएर राज्यद्वारा निर्देशित ऐन, कानूनहरुप्रतिको प्रतिवद्धता र सुशासनप्रतिको सङ्कल्प हो। यसमा म दृढ छु, सधैं दृढ रहनेछु।

मेलम्ची खानेपानी विकास समिति आफैमा स्वायत्त, अधिकारसम्पन्न सरकारी निकाय हो। आयोजनाको कुनै पनि निर्णयमा मन्त्रीको हस्ताक्षर चल्दैन, मन्त्रालयका सचिव अध्यक्ष रहने आयोजनामा बोर्डको निर्णय नै अन्तिम हुने गर्दछ। मेलम्ची आयोजनाको कुनै पनि प्रस्ताव मन्त्रीपरिषदमा लैजाने परिस्थितिमा मात्र खानेपानी मन्त्रीको माध्यम हुँदै पेश हुन्छ। विभागीय मन्त्रीका हैसियतमा गरिने सहजीकरण बाहेक मेलम्ची आयोजनामा मन्त्रीको प्रत्यक्ष भूमिका रहँदैन। विषय यति प्रष्ट हुँदाहुँदै नियोजित रुपमा मन्त्रीलाई जोड्न खोज्नु राजनीतिक पूर्वाग्रह र बेइमानी मात्र हो।

मेलम्ची आयोजनाबारे मन्त्रीका हैसियतले व्यवस्थापिका–संसद, संसदका विभिन्न समितिहरुमा आधिकारिक धारणा प्रस्तुत गरिसकेको छु। मेलम्ची आयोजना छिटो सम्पन्न गर्न मन्त्रालय र मेलम्ची विकास समितिले विभिन्न बिकल्पमा छलफल गरेको छ, हामी आयोजनालाई सम्पन्न गर्ने छिटै ठोस निर्णयको तयारीमा छौं। तर, हाम्रा निर्णयहरु प्रचलित कानूनी प्रावधानहरुको अधिनस्थ हुन्छन् र छन्। त्यसलाई तोड्न मिल्दैन। यतातर्फ पनि सम्पूर्ण उपभोक्ता र आम नेपालीको ध्यान आकृष्ट गर्न चाहन्छु।

म आफै जनताको मुक्ति सुशासन, समृद्धि र विकासको आकाङ्क्षा पूरा गर्न कठोर सङ्घर्षबाट आएको व्यक्ति हुँ। न्याय, समानता, विकास, सुशासन र समृद्धिका लागि मैले पनि जेलनेल र कठोर यातनाको अनुभूति होइन, अनुभव गरेको छु। ‘राजनीति जनताका लागि, जनताको सेवाका लागि’ यो मेरो मुलमन्त्र हो र यसमा सधै अडिग रहन्छु। म न कुनै राजनीतिक तिकडमका आधारमा यहाँसम्म आएको हुँ, न कुनै सस्तो लोकप्रियताका बलमा । तसर्थ, मेरो राजनीतिक निष्ठामाथि प्रश्न उठाउँदा पृष्ठभूमि र सङ्घर्षको इतिहासप्रति पनि हेक्का राख्नुपर्छ भन्ने मेरो दावी छ।

अख्तियारमा उजुरी गर्न पाउनु प्रत्येक नेपालीको अधिकार हो, म त्यसको सम्मान गर्दछु। तर, त्यसका लागि तथ्य–प्रमाण आवश्यक पर्दछ। केही समयअघि रञ्जु दर्शनाले आफ्नो चरित्रहत्या भएको भन्दै गुनासो गरेकी थिइन्। मेलम्ची आयोजनामा मैले अनियमितता भएको प्रमाणित भए म जुनसुकै सजाय भोग्न तयार छु। यदि अनियमितता प्रमाणित भएन भने मेरो चरित्रहत्या गरेको जिम्मेवारी लिन तपाई रञ्जु दर्शना तयार हुनुहुन्छ ? म प्रश्न गर्न चाहन्छु। म विनम्रतापूर्वक आग्रह गर्दछु, आफ्नो स्वार्थपूर्तिका लागि कसैमाथि चरित्रहत्या गर्ने अधिकार उनलाई छैन। यो चरित्रहत्या मेराविरुद्ध मात्र नभएर निष्ठा र समर्पणको राजनीति गर्नेहरुमाथिको आक्रमण हो।

मेलम्ची खानेपानी आयोजनाको प्रगतिलाई म र मेरो परिवारमाथि आक्रमण गर्ने जुन राजनीतिक हतियार बनाइएको छ, त्यो निन्दनीय छ। मेलम्ची आयोजनामा मन्त्रीका हैसियतले अख्तियार दुरुपयोग गरेको हेर्ने सरकारी निकाय छन्, तिनको आफ्नै विधि र प्रक्रिया छ, म सधैं त्यसको पक्षमा छु र रहन्छु। अन्त्यमा, यहाँहरुको खबरदारीलाई मैले सधैं प्रेरणाका रुपमा ग्रहण गर्दै सस्तो लोकप्रियताका लागि गरिएका कुनै पनि नाटकीय भ्रमको पछि नलाग्न सम्पूर्ण जनसमुदायमा आग्रह गर्दछु।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE