काठमाडौँ । संघीय संसदका दुवै सदनमा सांसदहरूले विभिन्न भाषामा बोलेका कुरा नेपालीमा अनुवाद गर्न अनुवाद इकाई स्थापना गरिएको छ । तर उक्त इकाईमा विभिन्न भाषाअनुसारका कर्मचारीको व्यवस्था नहुँदा कुन सांसदले के बोले भन्नेबारे संघीय संसद सचिवालय नै अन्यौलमा पर्ने गरेको पाइएको छ ।
आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ - प्रतिनिधिसभाको कार्य व्यवस्था महाशाखाअन्तर्गत रहेको सम्पूर्ण विवरण शाखामा अनुवाद इकाई रहेको छ । महाशाखाका सहसचिव बंशिराज पौडेल विभिन्न भाषाका विज्ञ वा कर्मचारी नहुँदा अहिलेसम्मको अनुवाद गर्न नसकिएको बताउँछन् ।
अनुवाद गर्ने कर्मचारी नभएकाले नयाँ वजेटमा यसका लागि वजेट छुट्याउन सुझाव दिने बताउँदै उनी भन्छन्, ‘नेपालीबाहेक अन्य भाषाको अभिलेखमा राख्न पाइएको छैन । नेपाली भाषाबाहेक अरु भाषामा बोले अन्य भाषा भनेर उल्लेख गर्ने गरिएको छ ।
सम्पूर्ण विवरण शाखाका उपसचिव नारायणप्रसाद ढकाल पनि भाषा अनुवादक नभएकाले काम गर्न नसकिएको गुनासो गर्छन् । उनी भन्छन्–‘सांसदले कतिवटा भाषामा बोल्नुहुन्छ र कतिजना अनुवादक चाहिन्छ भन्ने टुंगै छैन ।’
तर अहिलेसम्म सांसदले बोलेका भाषाको गणना गरेर अनुवादक राख्न सकिने ढकाल तर्क गर्नुहुन्छ । संसदमा नेपाली, हिन्दी, मैथिली, भोजपुरी, नेवारी, बज्जिका लगायतका भाषा बढी बोल्ने सांसदहरुको उपस्थिति छ ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: