Khabar Dabali १७ बैशाख २०८३ बिहीबार | 30th April, 2026 Thu

एम्बुलेन्स आएपछि गोरु गाडामा बिरामी बोक्नुपर्ने बाध्यता अन्त्य

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिकामा रहेको शङ्करपुर स्वास्थ्य चौकीले एम्बुलेन्स सेवा सञ्चालन गरेपछि गोरु गाडामा बिरामी बोक्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।

सडकको बिग्रँदो अवस्थाका कारण यातायातका साधन सञ्चालन नहुँदा बिरामी र गर्भवती महिलालाई गोरु गाडामा राखेर शङ्करपुरका बासिन्दाले स्वास्थ्य चौकी पुर्याउने कार्य गर्दै आएका थिए ।

सडकको स्तरोन्नतिसँगै एम्बुलेन्स सेवा सञ्चालन भएपछि बिरामीलाई स्वास्थ्यचौकी पु¥याउन र अवस्था गम्भीर भएका बिरामीलाई सुविधा सम्पन्न अस्पतालमा उपचारका लागि पठाउन निकै सहज भएको स्वास्थ्य चौकीका प्रमुख श्यामनारायण गुप्ताले बताए ।

एम्बुलेन्स सेवा सञ्चालन भएको पाँच महीनाको अवधिमा ६० बढीले एम्बुलेन्सको सेवा लिएको स्वास्थ्य चौकीका प्रमुख गुप्ताको भनाइ छ । “विगतमा एम्बुलेन्स नहँुदा बाध्यतावश गोरु गाडामा बिरामी र सुत्केरी हुने महिलालाई स्वास्थ्यचौकी पुर्याउनुपर्ने बाध्यता थियो”, गाउँपालिका–३ का वडाध्यक्ष शिवनारायण चौधरीले भने, “सडकनै भरपर्दो नभएपछि यातायातका साधन सञ्चालन हुँदैनथे । सडकको स्तरोन्नति हुन थालेपछि एम्बुलेन्स सेवा सञ्चालन गर्न सहज भएको छ ।”

गाउँपालिका नजिकका बासिन्दाले अझै बिरामी बोक्न गोरु गाडा प्रयोग गरेका भए पनि टाढाका बासिन्दाले एम्बुलेन्सको प्रयोग गर्न थालेका छन् । गाउँपालिकासम्म पुग्ने सडकको स्तरोन्नतिको कार्यलाई द्रुतगतिमा अगाडि बढाइएको गाउँपालिका अध्यक्ष मदनसेन वडायकले बताए ।

“कर्जा काढेरै भए पनि यसवर्ष सडक स्तरोन्नतिको कार्य गरेर छाडने योजना छ”, उनले भने, “स्थानीय बासिन्दालाई सहजरूपमा स्वास्थ्यसेवा प्रदान गर्न आतुर छौँ, सडककै कारण बिरामी परेका बासिन्दाको ज्यान नजाओस् भन्ने हो । त्यसै कुरालाई मध्यजनर गरी एम्बुलेस ल्याएका हौंँ । सडकको अवस्थामा पनि सुधार हुन्छ ।”

नदीमा पुल नहँुदाको सास्ती

दोदा नदीमा पक्की पुल नहुँदा बिरामीलाई उपचारका लागि स्वास्थ्यचौकी पुग्न निकै अप्ठेरो भएको छ । तीन वटा पक्की पुल निर्माण कार्य थालिए पनि ठेकेदारले ढिलासुस्ती गर्दा निर्माण कार्य अन्योलमा परेको छ ।

अस्थायी काठे पुलमा शुल्क तिरेर स्थानीय बासिन्दाले स्वास्थ्यचौकी पुग्नुपर्ने बाध्यता छ । काठेपुलमा पैदलयात्रु, साइकल र मोटरसाइकल मात्रै गुड्न सक्दछन् ।

सुत्केरीलाई स्वास्थ्य संस्थाबाटै निःशुल्क ‘घ्यू’ उपलब्ध गराइँदै

आमा र शिशुको स्वास्थ्यमा सुधार ल्याउन गाउँपालिकामा रहेका स्वास्थ्यचौकीमा निःशुल्क ‘घ्यू’ लगायतका सामग्री उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

स्वास्थ्यचौकीले सञ्चालन गर्दै आएको ‘बर्थिङ सेन्टर’मा सुत्केरी हुन आउने आमालाई विशेष सुत्केरी कार्यक्रमअन्तर्गत घ्यूसँगै नेलकटर, तौलिया, टुथब्रस, टुथपेष्ट र न्यानो झोला उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

सामग्री वितरणसँगै प्रयोग गर्ने तरिकासमेत सुत्केरी हुन आउने आमाहरुलाई सिकाउने समेत गरिएको छ । “व्यवहार परिवर्तन गर्न र आमा र शिशुलाई स्वस्थ राख्न सामग्री निःशुल्क उपलब्ध गराई प्रयोग गर्न सिकाउने व्यवस्था समेत गरेका छौँ” स्वास्थ्यचौकी प्रमुख गुप्ताले भने ।

गाउँपालिकामा रहेका लालझाडी स्वास्थ्यचौकी, नौरङ्गा स्वास्थ्यचौकी र देखतभूली स्वास्थ्यचौकीमा कार्यक्रम लागू गरिएको छ । कार्यक्रम सञ्चालन भएको दुई महीनाको अवधिमा ५५ आमाले सो सेवा लिएका छन् । गाउँपालिकाले सुत्केरी हुन आउने आमाका लागि निःशुल्क वितरण हुने सामग्री खरीदका लागि बजेटको व्यवस्था मिलाएको छ ।

जिल्लामै पहिलो पटक लागू गरिएको कार्यक्रमका माध्यमबाट मातृ र शिशु मृत्यु दरमा कमी ल्याउन मद्दत पुग्ने बताइएको छ । स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा असार मसान्तदेखि हालसम्म ५६ महिला सुत्केरी भएका छन् । गत वर्षको यसै अवधिमा स्वास्थ्यचौकीमा ६० महिला सुत्केरी भएका थिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending