Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

आमाछोरी एक महीना देखि बेपत्ता

पर्वत । पर्वतको फलेवास नगरपालिका–२ थापाठानाकी एक महिला महीना दिनदेखि चार वर्षीया छोरीसहित बेपत्ता भएा छन् । गत फागुन २ गते काठमाडौँबाट चार वर्षीया छोरी सुप्रियालाई लिएर पर्वतका लागि हिँडेकी २४ वर्षीया शर्मिला थापा ३६ दिनसम्म बेखबर बनेको हो ।

उनी काठमाडौँबाट घरमा जान भनी हिँड्नु भएकामा हालसम्म परिवार तथा माइती पक्षको सम्पर्कमा आएका छैनन् । फलेवास नगरपालिका–२ थापाठानास्थित खनार माइतीघर भई नौ वर्षअघि उनको सोही स्थानका प्रकाश थापासँग विवाह भएको थियो ।

पर्वत प्रहरीलगायत घर र माइती पक्षले उहाँको खोजी कार्य गरे पनि आजसम्म कुनै पत्तो लाग्न सकेको छैन । शर्मिलाका माइती पक्षले भने घरपरिवारले बेपत्ता बनाएको आरोप लगाएका छन् । ‘‘घरमा बस्न नसकेको भन्दै १८ महीना माइत बसेकी र घरका सदस्य लिन आएपछि गत माघमा घरमा गएकी हो’’ शर्मिलाका बाबु मतिलाल कार्कीले छोरी शर्मिला र नातिनी सुप्रियालाई परिवारकै सदस्यले बेपत्ता बनाएको आरोप लगाए ।

शर्मिलालाई थापाठानाकै एक निमावि विद्यालयमा कक्षा ७ मा पढ्दै गर्दा १६ वर्षकै उमेरमा प्रकाश थापाले विद्यालयबाटै भगाएर विवाह गरेका थिए । यता श्रीमान्ले भने श्रीमती माइत र घरमा जान्छु भनेपछि आफूले काठमाडौँबाट पर्वतको बसमा चढाएको तर कहाँ गइन् भन्नेबारेमा आफू पनि अन्योल रहेको बताए ।

शर्मिलाका बाबु मोतिलाल कार्कीले छोरी फागुन २ गते घरमा आउने भनेर बसमा चढेको थाहा नभएको तर फागुन ५ गते कार्कीनेटा प्रहरी चौकीका सुरक्षाकर्मी घरमा नै पुगेर छोरी हराएको जानकारी दिएपछि मात्रै आफूहरुलाई थाहा भएको बताए ।

परिवारले खोजी कार्यमा तदारुकता नदेखाएपछि आफूले फागुन १३ गते पर्वत प्रहरीमा खोजीकार्यमा सहयोग गरिदिन निवेदन दिएको बाबु मोतिलालले बताए । पहिल्यैदेखि शारीरिक र मानसिक यातना दिँदै आएकाले घरपरिवारले नै छोरी र नातिनीलाई बेपत्ता बनाएको आरोप उहाँको छ ।

यता जिल्ला प्रहरी कार्यालयले भने सम्बन्धित ठाउँमा खोजीकार्य भइरहेको र प्रविधिको प्रयोग समेत गरेर अनुसन्धान गरिरहेको जानकारी दिएको छ । काठमाडाँैबाट आउँदै गर्दा हराएको हुँदा अन्य क्षेत्रका प्रहरी कार्यालयसँग समेत समन्वय गरेर खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending