Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

मुख्यमन्त्री खैँजडीको तालमा जब छमछमी नाचे...

दमौली। गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा ‘मुख्यमन्त्री नमूना कृषि गाउँ’ को घोषणा समारोह तनहुँको भिमाद नगरपालिका–९ भानुमतिमा तय भएबमोजिम मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ शनिबार साँझ नै यहाँ आइपुगे ।

मुख्यमन्त्रीको गुरुङको साथमा थिए आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा ।

उनीहरुलाई स्थानीयले फूलमालाले स्वागत गर्दा रात परिसकेको थियो । मुख्यमन्त्री लगायत मन्त्रीहरुलाई स्वागत गरिसकेपछि स्थानीयले सांस्कृतिक कार्यक्रमको तयारी थाले । स्थानीयको तयारीपछि मुख्यमन्त्री गुरुङ लगायत मन्त्रीहरु सांस्कृतिक कार्यक्रमतर्फ अघि बढे।

लगत्तै स्थानीयले खैँजडीको तालमा मुख्यमन्त्री र मन्त्रीहरुलाई स्वागत गर्दै गीत गाउन शुरु गरे । मुख्यमन्त्रीलगायत तीन मन्त्री गाउँमा आउँदा स्थानीयमा खुशीको सीमा नै थिएन । खुशीलाई स्थानीयले गीतमा यसरी प्रस्तुत गरे –

‘विकास गर्न भनेर मन्त्रीज्यू आउनुभाको छ
मनमा सारै खुशी लाको छ’

स्थानीयको स्वागत गीतसँगै मुख्यमन्त्री गुरुङ आफैँले खैजडी बजाउन थाल्नुभयो र गीतको तालमा नाच्न पनि । मुख्यमन्त्रीलाई साथ दिँदै आर्थिक मामिला तथा योजनामन्त्री गुरुङ, आन्तरिक मामिला तथा कानुनमन्त्री चुमान र भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री थापासमेत नाच्न अगाडि बढे । मुख्यमन्त्री र मन्त्रीहरुलाई यहाँका स्थानीय युवतीले कौरा गीतमा साथ दिए ।

प्रदेश सरकारले प्रत्येक निर्वाचन क्षेत्रका एक÷एक ठाउँलाई नमूना कृषि गाउँको रुपमा छनौट गरे बमोजिम भानुमति पनि नमूना कृषि गाउँको रुपमा छनौट भएको छ ।

नमूना गाउँको रूपमा छनौट भएदेखि नै यहाँका स्थानीय उत्साहित भएका छन् र यस ठाउँलाई नमूना बनाउने दृढता व्यक्त गरेका छन् जसलाई स्थानीयले गीत मार्फत् यसरी प्रस्तुत गरे –

‘सबै जना मिली कम्मर हामी कसे
नमूना गाउँ बन्छ अवश्य’

आफ्नै ठाउँमा काम गरे यही सुन फल्छ भन्ने भावना बोकेका यहाँका स्थानीय गाउँलाई नमूना बनाउँदै पर्यटकको आकर्षणको केन्द्रविन्दु बनाउन जुटेका छन् । सबैजना मिलेर अगाडि बढे उक्त लक्ष्य पूरा हुनेमा यहाँका स्थानीय ढुक्क छन् ।

‘सुन फल्छ नि यसै ठाउँमा
सबैजना मिली काम गरे गाउँमा’

नमूना गाउँको रूपमा छनौट भएको यस ठाउँमा हालै मात्र पाथर्दी घरबाससमेत सञ्चालनमा आइसकेको छ । यहाँ आउने पाहुनालाई कौरा गीतमार्फत् स्वागत गर्ने गरिएको घरबास सामुदायिक व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार आलेले बताए ।

नगरपालिका–९ का अध्यक्ष इमान थापाले यस ठाउँ नमूना कृषि गाउँको रूपमा छनौट हुँदा स्थानीयवासीमा छुट्टै रौनक छाएको बताए । उनले भने, ‘मुख्यमन्त्री र मन्त्रीहरु नै यहाँ आएर स्थानीयको हौसला बढाउन लागे, यसले हामीहरुलाई काम गर्न हौसला प्रदान गरेको छ ।’

कौरा संरक्षणका लागि सहयोग

सो अवसरमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मौलिक कौरा संरक्षणका लागि रु पाँच हजार सहयोग गरेका छन् ।

त्यस्तै आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले रु पाँच हजार, आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले रु दुई हजार, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले रु एक हजार पाँच सय सहयोग गरेका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending