Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

दक्षिण एशियाका नेता –को कति उमेरका भए ?

काठमाडौं। दक्षिण एसियामा आठ राष्ट्रहरु रहेका छन्, ती हुन्, अफगानिस्तान, नेपाल, पाकिस्तान, बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स र श्रीलङ्का। एसिया महादेशको दक्षिणको भू–भागलाई दक्षिण एसिया भनेर चिनिन्छ, हिमालय र हिमालयका वरिपरिका क्षेत्रलाई पनि दक्षिण एसिया भनेर चिनिन्छ।

अर्को शब्दमा भन्ने हो भने भारतीय प्लेटमा रहेको भू–भाग अथवा हिमालय र हिन्दुकुशदेखि दक्षिणको भू–भाग जसलाई भारतीय उपमहाद्वीप पनि भनिन्छ, त्यो नै दक्षिण एसिया हो। दक्षिण एसियाको दक्षिणको भाग समुद्रले घेरिएको छ, पश्चिम, उत्तर र पूर्वमा क्रमशः पश्चिम एसिया, मध्य एसिया, पूर्व एसिया छन्, दक्षिण–पूर्वमा दक्षिण पूर्व एसिया पर्दछ।

कुन–कुन देश दक्षिण एसियामा पर्छन् भन्नेमा मत विभाजित छ। उदाहरणका लागि राष्ट्र संघको भौगोलिक क्षेत्र वर्गीकरणमा, नेपाल, भारत, भुटान, पाकिस्तान, अफगानिस्तान, बङ्गलादेश, मालद्वीप तथा श्रीलङ्का दक्षिण एसियाका मुलुक हुन् भनेर उल्लेख गरियेको छ। दक्षिण एसिया विश्वमा एक पाँचौं भागभन्दा बढी जनसङ्ख्याको घर हो, जुन विश्वमा धेरै जनसख्या भएको र उच्च जनसख्या घनत्व भएको भौगोलिक क्षेत्र हो।

दक्षिण एसिया विकासशील क्षेत्र मानिन्छ। यस क्षेत्रको सबैभन्दा शक्तिशाली राष्ट्र हो भारत। त्यसपछि पाकिस्तान पर्दछ। हामीले यहाँ दक्षिण एसियाका आठ देशका कार्यकारी प्रमूखहरुको संक्षिप्त जानकारी उल्लेख गरेका छौं। पढ्नुस् कस्ता छन् दक्षिण एसियाका सरकार प्रमूख ?

१. केपी शर्मा ओली (नेपाल) : केपी शर्मा ओली नेपालका ४१ औं प्रधानमन्त्री हुन्। ओलीको जन्म वि.सं. २००८ साल फागुन ११ गते तेह्रथुममा भएको हो। नेपाली भाषा–साहित्य र राजनीतिमा दख्खल राख्ने प्रधानमन्त्रीको औपचारिक शिक्षा माध्यमिक तहसम्म मात्र छन्। उनी वि.सं. २०३० सालमा गिरफ्तार परेर १४ वर्ष जेल जीवन बिताए। त्यस क्रममा प्रधानमन्त्री ओलीले राम्रो स्वअध्ययन गरे।

वि.सं. २०२३ सालमा मार्क्सवादी अध्ययन दलमा संगठित भएका ओली नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट २०७४ फागुन ३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए। ओली नेकपाका अध्यक्ष पनि हुन्। भक्तपुर बालकोटका स्थायी बासिन्दा ओली झापा–५ बाट प्रतिनिधि सभामा निर्वाचित भएका हुन्। ओली ६७ वर्षको उमेरमा प्रधानमन्त्रीको जिम्मेवारीमा छन्।

२. नरेन्द्र मोदी (भारत) : मोदीको वास्तविक नाम नरेन्द्र दामोदरदास मोदी हो। उनी भारतका १५ औं प्रधानमन्त्री हुन्। यसभन्दा अघि मोदी गुजरातको १४ औं मूख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। मोदीको जन्म सन् १९५० सेप्टेम्वर १७ मा भारतको गुजरातमा भएको थियो। निसन्तान मोदीले राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको औपचारिक अध्ययन गरेका छन्।

उनी २००१ देखि २०१४ सम्म गुजरातको मुख्यमन्त्री रहे। सन् २०१४ को लोकसभा चुनावमा भारतीय जनता पार्टीले बहुमत ल्याएपछि उनी भारतको प्रधानमन्त्री बनेका हुन्। नरेन्द्र मोदी मात्रै यस्तो प्रधानमन्त्री हुन्, जो भारत स्वतन्त्र भएपछि जन्मिएका थिए। मोदी दक्षिण एसियामा मात्र नभएर विश्वकै शक्तिशाली नेताको सूचिमा छन्। उनी एक कवि पनि हुन्, उनले हिन्दी र गुजराती भाषामा प्रशस्त कविता लेखेका छन्। मोदी ६८ वर्षको उमेरमा प्रधानमन्त्रीको जिम्मेवारीमा छन्।

३. इमरान खान (पाकिस्तान) : इमरान खानको वास्तविक नाम इमरान खान नियाजी हो। उनी पाकिस्तानका २२ औं प्रधानमन्त्री हुन्। सन् १९५२ अक्टोवर ५ मा भारतको लाहौरमा जन्मिएका खान पाकिस्तानी राजनीतिज्ञ, पूर्व क्रिकेटर, क्रिकेट विश्लेषक र ब्राडफोर्ड विश्वविद्यालयका पूर्व कुलपति हुन्। दुई दशकसम्म पाकिस्तानका लागि क्रिकेट खेलेका खान शिक्षाशास्त्री पनि हुन्।

खान सन् २००५ देखि २०१४ सम्म उनी ब्राडफोर्ड विश्वविद्यालयको कुलपतिको जिम्मेवारी रहेर काम गरेका थिए। त्यसपछि उनी राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए। सन् २०१८ अगष्ट १८ देखि खान पाकिस्तानको प्रधानमन्त्रीको जिम्मेवारीमा छन्। खेलाडी, शिक्षाशास्त्री, लेखक र राजनीतिज्ञसमेत रहेका खानले प्रधानमन्त्री भएपछि जुन निर्णय लिए, त्यसले पाकिस्तानमा मात्र नभएर विश्वमै तरङ्ग ल्यायो। सुशासन र शान्तिका पक्षमा उनले लिएका निर्णय आज पनि उत्तिकै प्रशंसनीय छन्। खान ६६ वर्षको उमेरमा प्रधानमन्त्रीको जिम्मेवारीमा छन्।

४. रनिल विक्रमासिंघे (श्रीलङ्का) : सिंघे श्रीलङ्काका १० औं प्रधानमन्त्री हुन्। सन् १९४९ मार्च २४ मा जन्मिएका सिंघे युनाइटेड नेशनल पार्टीको तर्फबाट प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्। उनी सन् १९९३, १९९४, २००१, २००४ र २०१५ गरी पाँचपटक श्रीलङ्काको प्रधानमन्त्रीमा निर्वाचित भइसकेका छन्। राजनीतिमा सक्रिय हुनुपूर्व उनी पेशाले अधिवक्ता थिए। सिंघेले कानूनमा स्नातक गरेका छन्। श्रीलङ्कामा उनी शक्तिशाली राजनीतिज्ञ मानिन्छन्।

गत डिसेम्वरमा राष्ट्रपति मैत्रीपाला सिरिसेनाले उनलाई प्रधानमन्त्रीबाट बर्खास्त गरे। उनको ठाउँमा महेन्द्र राजापाक्षेलाई सपथ खुवाइयो। त्यसले श्रीलङ्का ठूलो राजनीतिक सङ्कट निम्त्यायो। राष्ट्रपतिले सिंघेलाई अपदस्त मात्र गरेनन्, संसद पनि बिघटन गरे। तर, सर्वोच्चले राष्ट्रपतिको कदमलाई अवैधानिक फैसला गरेपछि सन् २०१९ को जनवरीमा सिंघे पुन प्रधानमन्त्रीमा बहाली भए। सिंघे ६९ वर्षको उमेरमा प्रधानमन्त्रीको जिम्मेवारीमा छन्।

५. शेख हसिना (बङ्गलादेश) : शेख हसिया वाजिद बङ्गलादेशको १० औं प्रधानमन्त्री हुन्। उनको जन्म सन् १९४७ सेप्टेम्वर २८ मा पूर्वी बङ्गालको तुञ्जीपारामा भएको थियो। सन् १९९६ मा शेख हसिना प्रधानमन्त्रीमा निर्वाचित भइन्। उनी पहिलो राष्ट्रपति शेख रहमानकी छोरी हुन्। उनी सन् १९८६, १९९०, १९९६, २००८, २०१४ र २०१८ मा गरी पटकपटक निर्वाचन जित्न सफल भइन्।

हसिनाले स्नातकसम्मको औपचारिक शिक्षा पूरा गरेकी छिन्। सन् २०१८ को डिसेम्वरमा उनी बङ्गलादेशी अवानी लीगको तर्फबाट प्रतिनिधित्व गर्दै प्रधानमन्त्रीमा आएकी हुन्। उनी विश्वकै शक्तिशाली महिलाको सूचिमा २६ औं नम्वरमा छिन्। तर, उनको कार्यकाल लोकतन्त्र, सुशासन र समृद्धिका दृष्टिले भने सुखद् हुन सकेन। पछिल्लो निर्वाचनमा उनीमाथि धाँधली गरेको र प्रतिद्धन्द्धीलाई पूर्वाग्रहकै आधारमा निषेध गरेको आरोप छ। हसिना ७१ वर्षको उमेरमा पनि प्रधानमन्त्रीको जिम्मेवारीमा छिन्।

६. जिग्मे वाङ्चुक (भुटान) : भुटानको कार्यकारी भूमिका प्रधानमन्त्री नभएर राजा छन्। जिग्मे वाङ्चुक भुटानका पाँचौं राजा हुन्। उनको जन्म १९८० फेब्रुअरी २१ मा भएको थियो। उनी ६ नोभेम्बर २००८ मा औपचारिक रूपमा भुटानका राजा बनेका हुन्। उनी सन् २०११ सम्म विश्वका सबैभन्दा कान्छा राष्ट्रप्रमुख थिए। तर, २०११ उनको स्थान उत्तर कोरियाका किम जोङले लिए। उनले अक्सफोर्ड युनिभर्सिटीबाट स्नातकोत्तर गरेका छन्।

उनले सानै उमेरमा आफ्ना बाबुका साथ अन्तर्राष्ट्रिय फोरमहरुमा भाग लिए। सन् २००२ मा उनले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएका थिए, त्यहाँ उनले विश्वका लाखौं बच्चाहरुका पक्षमा निकै सारगर्भित सम्बोधन गरेका थिए। शान्त स्वाभावका वाङ्चुक हाल ३८ वर्षका छन्।

७. इब्राहिम मोहम्मद (माल्दिभ्स) : इब्राहिम मोहम्मद माल्दिभ्सका सातौं राष्ट्रपति हुन्। उनको जन्म सन् १९६४ मे ४ मा माल्दिभ्सको ल्हाभियानी शहरमा भएको थियो। उनी माल्दिभ्सको सम्भ्रान्त परिवारमा जन्मिएका थिए। उनी मोहम्मद नाशदको निकटतम् मित्र मानिन्छन्। उनी सन् २००९ मा माल्दिभ्स डेमोक्रेटिक पार्टीको नेतृत्वमा आए। इब्राहिमले स्नाततकसम्मको औपचारिक शिक्षा पूरा गरेका छन्।

उनी सन् २०११ मा माल्दिभ्स डेमोक्रेटिक पार्टीको संसदीय दलको नेतामा निर्वाचित भए। इब्राहिम ११ नोभेम्वर १९१८ मा माल्दिभ्सको राष्ट्रपतिमा निर्वाचित भएका हुन्। निर्वाचनमा उनको दलले ५४% मत प्राप्त गरेको थियो। राष्ट्रियताका मुद्दामा बढी जोड दिएका इब्राहिमले आर्थिक सामाजिक मुद्दामा जोड दिए पनि माल्दिभ्समा गुणात्मक परिर्वतन आउन सकेको छैन। हाल उनी ५४ वर्षको उमेरमा राष्ट्रपतिको जिम्मेवारीमा छन्।

८. अब्दुल्ला अब्दुल्ला (अफगानिस्तान) : अब्दुल्ला अब्दुल्ला अफगानिस्तानका ३२ औं प्रधानमन्त्री हुन्। अब्दुल्लाको जन्म सन् १९६० सेप्टेम्वर ५ का दिन अफगानिस्तानको राजधानी काबूलनजिक भएको थियो। राजनीतिमा आउनुपूर्व उनी सरकारी कर्मचारी थिए। उनले सन् १९८३ मा एमबिबिएससम्मको अध्ययन पूरा गरे। अब्दुल्लाले सन् १९८० देखि १९८६ सम्म पशु चिकित्सा अस्पतालमा काम गरेका थिए।

सन् १९८५ मा सोभियतले अफगानिस्तानमाथि गरेको हमलामा उनले स्वास्थ्य विभागको प्रमूख भएर काम गरेका थिए। सन् १९९२ मा कम्युनिस्ट सरकार पराजित भएपछि बर्हानद्दिन रबानीको नेतृत्वमा इस्लामी राज्य स्थापना गरे, त्यसमा अब्दुला रक्षा प्रवक्तामा नियुक्त भए। उनी १९ सेप्टेम्वर, २०१४ मा राष्ट्रपतिमा निर्वाचित भएका हुन्। हाल उनी ५८ वर्षका छन्।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: