महेन्द्रनगर । कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा नेपालले आफ्नो भूमिमा निर्माण गर्न लागेको सडकमा एसएसबीले रोक लगाएको छ। टनकपुर बाँधको छेउ नजिकै आफ्नै भूमिमा नेपालले निर्माण गर्न थालेको सडकमा शुक्रबार भारतीय पक्षले रोक लगाएको हो। भीमदत्त नगरपालिका ९ ब्रम्हदेबदेखि टनकपुर जोड्ने सडक कालोपत्रे गर्ने कार्यमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको वडा अध्यक्ष राम नाथले जानकारी दिए।
आजको अन्न्पुर्ण पोस्ट दैनिकमा खबर छ - ‘केहि महिना अघि एक्लौटी रुपले त्यहाँ सडक बनाउन खोज्दा हामीले विरोध गरेर रोकेका थियौं’ उनले भने। ‘अहिले आफ्नै भूमिमा सडक निर्माणको काम गर्न खोज्दा भारतीय पक्षले अवरोध गरे।’ भारतीय सीमा सुरक्षा बल एसएसबीको अवरोधपछि नेपाल पक्षले गर्न लागेको सडक निर्माणको काम रोकिएको छ।
‘दुवै देशको संयुक्त सर्भे टोली आएर सीमा निर्धारण भएपछि मात्रै टुंगो लाग्ने भारतीय पक्षको दाबी छ’ एसएसबीको अवरोधपछि निरीक्षण गर्न पुगेका प्रमुख जिल्ला अधिकारी शुसिल बैधले भने। ‘मार्च २७ मा भारतीय पक्षले लोकसभा निर्वाचनका विषयमा छलफल गर्न बैठक आब्हान गरेको छ, उक्त बैठकमा समेत यस विषयमा छलफल गर्ने छलफल भएको छ।’
भीमदत्त नगरपालिकाले आफ्नो क्षेत्रमा निर्माण गर्न लागेको एकसय ३५ मिटर सडकको काममा एसएसबीले रोक लगाएपछि सुरक्षा अधिकारीहरु स्थलगत निरीक्षणमा पुगेका थिए। त्यहाँ भारतको चम्पावतका एसडीएम, एसएसबीका कमान्डर सहित नेपाली सुरक्षा अधिकारीहरुले छलफल गरेका थिए। एसएसबीले उक्त क्षेत्र भारतमा पर्ने दाबी गर्दै आएको छ भने नेपाल पक्षले उक्त भूभाग आफ्नो भएको बताउँदै आएको छ।
स्थानीयवासीहरुले भने भारतले जर्बजस्ती उक्त भूभाग कब्जा गर्ने मनसायले पटक–पटक दुःख दिने गरेको बताए। ‘कहिले सडक निर्माण गर्दा त कहिले घर निर्माण गर्दा जहिले दुःख दिने काम भइरहेको छ’ ब्रह्मदेवकी स्थानीय निर्मला नेगीले भनिन्। ‘नेपाली पक्षको कमजोरीका कारणले सीमामा बस्ने नागरिकले दुःख पाइरहेका छन्।’
भीमदत्त नगरपालिकाले चालु आर्थिक वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरि न्यू जोशी कन्सट्रक्सन प्रालिसंग ७३ लाखमा ठेक्का सम्झौता गरेको हो। शुक्रबार निर्माण कम्पनीले जेसीब सहित लिएर काम शुरु गर्न खोज्दा एसएसबी आएर रोकेको हो।
९ महिना अघि भारतीय पक्षले टनकपुर ब्यारेजदेखि ब्रह्मदेव बजारसम्म कालोपत्रे गर्ने भन्दै काम शुरु गर्न खोजेपछि नेपाली पक्षले विरोध गरेको थियो। नेपाली भूमिमा समेत सहमति नै नगरि सडक बनाउन खोजेपछि विरोध भएको थियो। नेपालीको विरोधपछि भारतीय पक्षले आफ्नो भूभागसम्म मात्रै सडक निर्माण गरेको छ। नेपाल– भारतको सीमा क्षेत्रमा रहेको ३ नम्बर पिल्लर लामो समयदेखी गायब छ। त्यसयता ३ नम्बर पिल्लर नजिकै पटक–पटक विवाद हुदै आइरहेको छ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...




प्रतिकृया लेख्नुहोस्: