Khabar Dabali २० माघ २०८२ सोमबार | 2nd February, 2026 Mon
Investment bank

अमेरिकी पूर्वराजदूत डेलिसीद्वारा प्रचण्डको प्रशंसा– के लेखे फेशबुकमा ?

काठमाडौं। नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डेलिसीले आफ्नो सहकार्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गतिशील नेता भएको बताएका छन्।

पत्नी सीता दाहालको उपचारका क्रममा अमेरिकामा रहेका प्रचण्डसँग भेटपछि डेलिसीले प्रचण्ड गतिशील नेता भएको प्रतिक्रिया दिएका हुन्। उनले आफ्नो फेसबुकमा नेपालका लागि राजदूत रहँदा प्रचण्डसँग गरेको सहकार्यको स्मरण पनि गरेका छन्।

डेलिसीले नेपालको शान्ति प्रक्रिया सफलता र मेलमिलापतिर अघि बढेको समेत बताएका छन्। उनले प्रचण्डसँग विवादहरु भए पनि कहिल्यै शत्रुतापूर्ण सम्बन्ध नरहेको र मिलेर नै शान्तिको बाटो खोजिएको लेखेका छन्। डेलिसीले पूराना कुरामा अल्झिनुभन्दा समृद्ध नेपालका लागि अघि बढ्नु राम्रो हुने सुझाव पनि दिएका छन्।

उनले लेखेका छन्, ‘हामी यसरी फेरि भेटघाट हुन पाउँदा राम्रो लागेको छ। अनि, नेपाल देशका नेता जसप्रति मेरो चासो रहने गर्छ, उनलाई म कुनै काम वा विचार दिनमा सहयोगीसिद्ध हुन सकुँला, जय नेपाल ! यस्तो छ पूर्वराजदूत डेलिसीको स्टाटसको भावानुवाद।

‘प्रचण्ड नेपाल कम्युनिस्ट पार्टीका एक जना अध्यक्ष हुन्। म राजदूत हुँदा उनी माओवादीका नेता थिए। उनीसँग मिलेर मैले नाजिकबाट शान्ति प्रक्रियाका लागि काम गरेको थिएँ। हामी बारम्बार भेट गर्थ्यौं, हाम्रा भेटहरु गतिशील प्रकृतिका हुन्थे, कहिलेकाहीं विवादहरु हुन्थे। तर, शत्रुतापूर्ण कहिले भएन। हामीले मिलेर शान्तिको बाटो खोज्यौं, अनि आज ७ वर्षपछि अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्कीको चाँजोपाजोमा कफी भेटघाट हुन सक्यो।’

‘शान्तिपूर्ण देश नेपाल, जो अहिले मेलमिलापतर्फको यात्रा सम्पन्न गर्न लागिरहेको छ, सम्बन्धि फेरि पनि कुरा गर्न पाउँदा राम्रो लागिरहेको छ। पूराना कुरामा अल्झिरहनुभन्दा हामीले भविष्यको बलियो समृद्ध नेपाल बनाउन आइपर्ने चुनौतीका विषयमा, देशका युवाहरुलाई प्रोत्साहित गर्ने गरी भिजन ल्याउने विषय र हाम्रो आफ्नो स्थानको विषयमा छलफल गर्‍यौं। हामी यसरी फेरि भेटघाट हुन पाउँदा राम्रो लागेको छ, अनि नेपाल देशका नेता, जसप्रति मेरो चासो रहने गर्छ, उनलाई म कुनै काम वा विचार दिनमा सहयोगीसिद्ध हुन सकुँला, जय नेपाल !’

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE