खोटाङ। चारैतिर वनजङ्गल बीचमा एकनासले अचल भएर बसेको छ, विशाल पोखरी । जसको मुहान र निकास केही देखिन्न । चारैतिर पहाडै पहाडको बीच भागमा रहेको समथर जमीनमा अवस्थित पोखरीको आयतन बाह्रै महीना एउटै देखिन्छ । जहाँ संसारकै लोपोन्मुख रातो माछा पाइने गरिन्छ ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारदेखि १६ कोष दक्षिणमा पर्ने यो तालको नाम हो ‘बराहपोखरी’ । यसलाई सौन्दर्यकी खानीभन्दा फरक पर्दैन । यो पोखरीले झण्डै पाँच किलोमिटर क्षेत्रफल ओगटेको छ । ३३० मिटर लम्बाइ र २१० मिटर चौडाइ भएको यो पोखरीमा हरेक वर्षको हरिबोधनी एकादशीको दिन ठूलो मेला लाग्ने गर्छ ।
परापूर्वकालमा एउटा घरको अँगेनोबाट माछा निस्किएपछि त्यसलाई पोलेर खाँदा त्यहाँबाट पानी निस्किएर मगर बस्तीका १२ घर डुबेर बनेको ताल भएकाले यसलाई बराहपोखरी भनिएको किंवदन्ती छ ।
बराहपोखरी पुग्न दिक्तेलबजारदेखि पैदल यात्रा गर्दा दुई दिन लाग्छ । दिक्तेल, टेम्मा, चुइचुम्मा बोफ्लु, छितापोखरी, चिप्रिङ, इन्द्रेयणीपोखरी, खोटाङबजार हुँदै सावाखोला तरेपछि करिब तीन घण्टामा बराहपोखरी पुगिन्छ । उदयपुरबाट खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशीस्थित बुवाँजोरघाट, कुलाबाध हुँदै बराहपोखरी पुगिन्छ । भोजपुरबाट पाँचधारे हुँदै चिसापानी छिचोलेपछि त्यहाँ पुगिन्छ ।
बराहपोखरीस्थित स्थानीय शैलीका होटलहरु प्रशस्त रहेकाले त्यहाँ बास बस्नका लागि कुनै समस्या छैन । बराहपोखरी आसपासका होटलमा खानाबाहेक सेलरोटी, सिबलतरुल, घरतरुल लगायतका परिकारहरू प्रशस्तै पाइन्छन् । बराहपोखरीको दक्षिणपट्टि अवस्थित बराहमाई र शङ्खेश्वरको पूजाआराधना गरे चिताएको कुरा पूरा हुने जनविश्वास रहिआएको छ । जीवनमा शान्ति मिलोस् भनी मन्दिर जोडी परेवा उडाउनाका साथै शुद्धताका लागि पोखरीमा नुहाएर पूजाआराधना गर्ने चलन छ ।
बाह्रै महीना हरियो देखिने यस पोखरीमा नुहाए मोक्ष पाउने पनि जनविश्वास छ । विवाह गरेको लामो समयसम्म सन्तान नभएका जोडीले यहाँ आएर पूजापाठ गरे सन्तान पाइने जनविश्वास छ । हरिबोधनी एकादशीका अवसरमा लाग्ने यहाँको मेलामा विशेषगरी धामीझाँक्रीको भीड लाग्ने गर्छ । उक्त पोखरीमा रामनवमी, शिवरात्रि, बालाचतुर्दशी र माघे सङ्क्रान्तिका दिन शत्बीज छर्ने प्रचलन पनि रहेको छ ।
प्राकृतिक रुपमा सुन्दर तथा धार्मिक आस्थाका धरोहर मानिने बराहतालमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ । पूजाआजा र अवलोकन भ्रमण गर्नेको आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या अहिले दैनिक ३०० को हाराहारीमा रहेको स्थानीयवासीको भनाइ छ ।
बराहपोखरी आउने पर्यटकलाई लक्षित गरेर अहिले तीन वटा डुङ्गा सञ्चालन गरिएको छ । डुङ्गा सयर गर्ने पर्यटकबाट सङ्कलित रकम पोखरी व्यवस्थापनका लागि खर्च गरिदैं आएको पोखरी व्यवस्थापन समितिले जनाएको छ ।
यो पोखरीलाई नेपाल सरकारले देशको १०० वटा पर्यटन गन्तव्यमध्ये एउटा गन्तव्य क्षेत्रका रुपमा घोषणा गरिसकेको छ । यसको चौतर्फी विकासका लागि सरकारले गरेको यो निर्णय जिल्लाको पर्यटन विकासका लागि कोशेढुङ्गा साबित हुने विश्वास प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको छ ।
यसअघि आव २०७३÷७४ मा बराहपोखरीको विकासका लागि प्रतिनिधिसभा सदस्य भट्टराईको संसदीय विकास कोषबाट रु ६० लाख बजेट विनियोजन गरिएको थियो । उक्त बजेटबाट पोखरीमा अवस्थित बराहमाई र शङ्खेश्वर मन्दिर पुनःनिर्माण गर्नाका साथै डुङ्गा खरीद गरेर सञ्चालनमा ल्याइएको छ । रासस
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...


प्रतिकृया लेख्नुहोस्: