Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

मोटरसाइकल चोरी गर्दैगर्दा पक्राउ परेपछि...

राँझा । नेपालगञ्ज क्षेत्रमा मोटरसाइकल चोरीकार्यमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–२ सेतुविक चोक बस्ने इरसाद हुसेन हलवाइले रोकिराखेको रोयल इनफिल्ड मोटरसाइकल चोरी गर्दैगर्दा महेन्द्रप्रसाद न्यौपाने पक्राउ परेपछि गिरोह सार्वजनिक भएको हो ।

दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका–९ का न्यौपानेमाथि सोधपुछ गर्दा दैलेख चामुण्डा बिन्द्रासैनी नगरपालिका–९ का विमलप्रसाद न्यौपाने र दैलेख आठबिसकोट–५ का अर्जुन शाहीलाई विभिन्न समयमा चोरी भएका चार थान मोटरसाइकलसहित पक्राउ गरिएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिए ।

उनीहरुबाट यूपी३२जेपी १७३९ नंको रोयल इनफिल्ड, भे४प ४०२० नंको २२० सिसीको पल्सर, लु४०प ९८५१ नंको २२० सिसीको पल्सर र यूपी३२जेपी ६५५० नंको २२० सिसीको पल्सर मोटरसाइकल बरामद भएको प्रहरी निरीक्षक डाँगीले बताए ।

उनका अनुसार, उक्त गिरोहले २२० सिसीको मोटरसाइकलमै धेरै आँखा लगाउने गरेका थिए । त्यसरी चोरी भएका मोटरसाइकल सुर्खेत, कैलाली र दैलेखबाट बिक्री गर्ने गरेको पाइएको छ । प्रहरीले बरामद गरेका मोटरसाइकल पनि विभिन्न जिल्लाबाट झिकाएको हो । सेतुविक चोकमा रोयल इनफिल्ड चोरी गर्दागर्दै न्यौपानेलाई फेला पारी मोटरसाइकलसहित प्रहरीले नियन्त्रणमा लिएपछि नेपालगञ्जबाटै बर्दिया मधुवन–६ बस्ने यमबहादुर घर्तीको भे४प ४०२० नंको २२० सिसीको पल्सर मोटरसाइकल, प्रीतम गुरुङको लु४०प ९८५१ नंको २२० सिसीको पल्सर मोटरसाइकल, नेपालगञ्ज–११ विपी चोक बस्ने मोहम्मद रजा जसगढको २२० सिसीको पल्सर मोटरसाइकल चोरी भएको उजुरी जिल्ला प्रहरी कार्यालय बाँकेमा परेको थियो ।

ती उजुरीका विषयमा प्रहरीले न्यौपानेलाई सोधपुछ गर्दा घटनामा विमलप्रसाद न्यौपाने र अर्जुन शाहीको समेत संलग्नता रहेको र अन्य मोटरसाइकल दैलेख, सुर्खेत र कैलालीलगायतका जिल्लामा बिक्री गर्नको लागि लुकाइछिपाइ राखेको खुलेको थियो । प्रहरीले सक्रियता बढाई अन्य चोरी गर्ने व्यक्तिको पहिचान गरी मोटरसाइकलको खोजतलास गर्ने क्रममा ती मोटरसाइकल सुर्खेत, कैलाली र दैलेखबाट नम्बरप्लेट बदली गरी लुकाइछिपाइ राखेको अवस्थामा फेला पारेको प्रहरी निरीक्षक डाँगीले जानकारी दिए।

भारतीय खसीबोकासहित तीन पक्राउ

भारतबाट अवैधरूपमा नेपाल भित्र्याएको खसीबोकासहित तीन जनालाई बुधबार नेपालगञ्जबाट प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले उपमहानगरपालिका–१३ स्थित रामबागबाट रु १२ लाख मूल्य बराबरको ८० खसीसहित तीन जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक डाँगीले जानकारी दिए । पक्राउ पर्नेमा नेपालगञ्ज–१६ जयसपुर बस्ने फहिम कुरेसी, जाकिर कुरेसी र रहिस कुरेसी रहेका छन् ।

“भारतबाट भन्सार छली अवैधरूपमा खसीको चोरी पैठारी गरेको सूचनाको आधारमा खटिएको टोलीले ट्रकमा लोड गरेको अवस्थामा खसी नियन्त्रणमा लिएको हो” वडा प्रहरी प्रमुख डाँगीले भने, “यति ठूलो मात्रामा खसी पक्राउ परेको यो पहिलो पटक हो ।”

खसीबोकासहित पक्राउ परेका तीनैजनालाई आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा पठाइएको उनले जानकारी दिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies