Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

एमाले ऊर्जामन्त्रीको विवादास्पद प्रयास विफल

\"radha-gyawali-1\"काठमाडौं, देशकै ठूला आयोजनामध्ये एक कोसी कोरिडर २२० केभी प्रसारण लाइनको ठेक्का आफूले भनेको कम्पनीलाई दिलाउन ऊर्जामन्त्री राधाकुमारी ज्ञवालीले गरेका सबै प्रयत्‍न विफल भएका छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ– प्राधिकरण सञ्चालक समितिले मन्त्रीको इच्छाअनुसार उक्त आयोजनाको ठेक्का सर्त (क्राइटेरिया) परिवर्तन नगरेपछि अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रतिस्पर्धा हुने भएको हो। मन्त्री ज्ञवालीले बिहीबार राति १२ बजेसम्म प्राधिकरण सञ्चालक समितिमार्फत ठेक्का सर्त बदल्न गरेको प्रयास सञ्चालकहरू विभाजित भएपछि असफल भएको हो। मन्त्री ज्ञवालीले कोसी कोरिडर प्रसारण लाइनको ठेक्का भारतीय कम्पनी ज्यागबार बीएस जेभीलाई दिलाउन उक्त कम्पनीको ‘कुल सम्पत्ति (नेटवर्थ) र नगद प्रवाह ऋणात्मक भए पनि ठेक्कामा सहभागी हुन पाउनेु सर्त थप गराउन एक सातादेखि निरन्तर सञ्चालक समिति बैठक बोलाउँदै आएकी थिइन्। प्राधिकरणका सञ्चालकहरू लक्ष्मण अग्रवाल, मनोजकुमार मिश्रा र कार्यकारी निर्देशक मुकेशराज काफ्ले कुनै पनि हालतमा ठेक्का सर्त परिवर्तन गर्न नहुने अडानमा थिए। जसरी पनि सर्त बदल्ने प्रस्ताव पारित गर्ने पक्षमा प्राधिकरण अध्यक्ष एवं ऊर्जामन्त्री ज्ञवाली, ऊर्जा सचिव राजेन्द्रकिशोर क्षेत्री र सञ्चालक समितिका सदस्य सन्तोषनारायण श्रेष्ठ रहेको स्रोतले बतायो। मन्त्री ज्ञवालीले नै नियुक्त गरेकी सञ्चालक सुरज लामिछाने तटस्थ बसे। स्रोतका अनुसार सञ्चालक समिति बैठकमा आयोजना प्रमुखलगायत प्राधिकरणकै इन्जिनियरलाई समेत डाकिएको थियो। त्यसमध्ये निर्देशक सुरेन्द्र राजभण्डारीले टेन्डर डकुमेन्ट किन्ने म्याद सकिसकेपछि म्याद थपघट गर्न नसकिने र कानुनले नदिने उल्लेख गरेपछि मनोबल बढेका सञ्चालकहरूले मन्त्रीसँग प्रतिवाद गरेका थिए। यो प्रसारण लाइन आयोजनाका लागि नियुक्त भएको भारतीय परामर्शदाता वापकोसले अन्तर्राष्ट्रिय मापदण्डअनुसार ठेक्कामा सहभागी हुने कम्पनीको प्राविधिक र आर्थिक हैसियत उच्चस्तरको हुनुपर्ने सर्त राखेको थियो। कुल ११ अर्ब ११ करोड रुपैयाँको कोसी कोरिडरमा भारत सरकारले एक्जिम बैंकमार्फत नौ अर्ब ऋण उपलब्ध गराएको छ भने नेपाल सरकारले दुई अर्ब ११ करोड रुपैयाँ लगानी गरेको छ। कुल एक सय सात किलोमिटर लामो र डबल सक्र्युट रहेको यो आयोजना इनरुवादेखि वसन्तपुरसम्म ७४ किलोमिटर र वसन्तपुरदेखि संखुवासभाको बानेश्वर हुँदै तुम्लिङटारसम्म ३३ किलोमिटर लामो छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies