Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

विद्या भट्टराईले दुःखी हुँदै भनिन् 'सामाजिक सञ्जालमा भाइरल भएको त्यो कविता र स्वर मेरो हैन'

चिप्लेढुङ्गा। तत्कालीन मन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीकी पत्नी विद्या भट्टराईले ताप्लेजुङ्गमा जहाज दुर्घटनामा निधन भएको दिन सामाजिक सञ्जालमा आफ्नो कविता र स्वर भनी सार्वजनिक गरिएको सामग्री आफ्नो नभएको स्पष्ट गरेकि छिन् । “एउटा शोकको घडीमा कुनै पनि कुरा सम्झन नसक्ने विक्षिप्त अवस्था भएको मान्छेको कविता र स्वर भन्दै सामाजिक सञ्जालमा बिकाउन खोजिएको रहेछ । मलाई निकै दुःख लाग्यो”, भट्टराईले राससलाई भनिन् ।

“भेट्न आउनेहरुले कविता(आकाश कालो दिनै धुम्म, आज फागुन पन्ध्र, बीच बाटोमै मलाई छोडी, गयौ किन रवीन्द्र...)को कुरा गर्नुहुन्थ्यो । म छक्क पर्थँे, कहीँ कतै मैले कविता लेखेको छैन । म कविता लेख्दा पनि लेख्दिन । पीडामा भएको मान्छे कतिलाई स्पष्टीकरण दिएर बसूँ रु जवाफ दिने अवस्थामा पनि थिइन । अहिले मेरो कविता र स्वर भन्दै सार्वजनिक गरिएको भिडियो हेरँे, पीडाको व्यापार पो गरिएछ ।”

आफूमाथि गलत तरीकाबाट सहानुभूति राखिएकामा उहाँले दुःख प्रकट गर्दै आफूबाट पाथीभरामाईको पूजा सामग्री तयार गरिएको भन्ने कुरा पनि सर्वथा झुटो भएको बताइन् । अधिकारी–भट्टराईका छोरा विराजले फागुन १५ गते अपराह्न ४ बजेतिर सामाजिक सञ्जालमा पोष्ट भएको उक्त भिडियो अहिले हटाइएको बताए । उनले भने “आधिकारिक रुपमा १.४५ बजे दुर्घटनाको समाचार बाहिर आएको छ, ४ बजेको वरिपरि भ्रम सिर्जना गर्ने गरी ममीको नामको कविता र स्वर भन्दै सामाजिक सञ्जाल र युट्युबमा राखिएको रहेछ ।

हामी शोकमा थियौँ, तत्काल कुनै प्रतिक्रिया जनाउने अवस्था पनि थिएन, ममीले अहिले बल्ल सुन्नुभयो ।” “पाथीभरा जाने कुरा नै थिएन । पाथीभराको कुरा किन ल्याइयो रु घटना भएको दुई तीन घण्टाभित्र नै किन यस्तो कविता र स्वरसहितको भिडियो बाहिरै ल्याइयो । लेख्न र रेकर्ड गर्न पनि त केही समय लाग्यो होला । एकदम रहस्यमय लागिरहेको छ”, विराजले भने “यो कस्तो देश हो जहाँ पीडालाई शब्दमा ढालेर सहानुभूतिको व्यापार गरिन्छ । जसले यो काम गर्नु भएको हो उनको खोजी हुनुपर्छ र छानबीन गरिनुपर्छ ।”

अधिकारीका बालसखा एवं नेपाल राष्ट्रिय वाणिज्य सङ्घका केन्द्रीय अध्यक्ष धनराज आचार्यले सामाजिक सञ्जालमा भट्टराईका नामबाट सार्वजनिक गरिएको कविता अडियो भिडियो भन्दै सार्वजनिक गर्नेलाई तत्काल छानबीनको दायरामा ल्याउनुपर्ने बताउनुभयो । आचार्यले भने “यो परिवार र आफन्तजनको समवेदनामाथिको प्रहार हो । विशेष गरी युट्युबमा पछिल्लो समय विभिन्न उत्तेजित र भ्रम सिर्जना गर्ने शीर्षक राखेर सब्सक्राइब गर्ने नराम्रो प्रचलन बढेको छ । यसमा विद्या भट्टराई पनि पर्नुभयो । यो साह्रै निन्दनीय छ । यी र यस्ता खालका गतिविधि तत्काल रोक्न र दोषीलाई कारवाहीको दायरामा ल्याउनुपर्छ ।”

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: