Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

अनिल पुरिको हत्याप्रति तरुण दलको सरकारलाई गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेपाल तरुण दलले देशका विभिन्न स्थानमा नेपाल तरुण दलका नेता तथा कार्यकर्ता माथि संघातिक आक्रमण भइरहेको र कतिपय स्थानमा हत्या समेत भइरहेको श्रृंखलाबद्ध घटना प्रति गम्भीर ध्यानाकर्षण गराएको छ । मंगलबार प्रेस बिज्ञप्ती जारी गर्दै तरुण दलका नेता तथा कार्यकर्ता माथि संघातिक आक्रमण भइरहेका भन्दै सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।

प्रेस बिज्ञप्ती
देशका विभिन्न स्थानमा नेपाल तरुण दलका नेता तथा कार्यकर्ता माथि संघातिक आक्रमण भइरहेको र कतिपय स्थानमा हत्या समेत भइरहेको श्रृंखलाबद्ध घटना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यसै क्रममा फागुन २६ गते रुपन्देही जिल्लाको देवदहमा नेपाल तरुण दल देवदह नगर कार्यसमिति सदस्य श्री अनिल पुरी माथि संघातिक आक्रमण गरी हत्या गरिएको छ ।

राजनैतिक रुपमा प्रतिबद्ध र समाजसेवी तथा लोकप्रिय तरुण नेता अनिल पुरीको हत्याले सबैलाई स्तब्ध र दुःखी बनाएको छ । निजका हत्याराहरुलाई अविलम्ब कानूनी कारवाही गर्न जोडदार रुपमा सरकारसँग माग गर्दछु । स्व. अनिल पुरीको मर्माहत शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।

नेपाल तरुण दलका नेता र कार्यकर्ता माथि भईरहेको श्रृंखलावद्ध आक्रमण रोक्न सम्बन्ध पक्षलाई ध्यानाकर्षण गर्दै राष्ट्रियता, लोकतन्त्र र समाजवाद एवं जनअधिकार प्रति प्रतिबद्ध तरुण दलले आफ्ना नेता र कार्यकर्ताको रक्षाका लागि कठोर कदम चालेमा त्यसको जिम्मेवारी सरकार र सम्बद्ध पक्षले लिनुपर्ने छ ।

वर्तमान सरकार गठनपछि हत्या, हिसांका घटनाहरु वढी रहेका छन् । यस्ता घटनाको नियन्त्रण गर्दै शान्ति, सुव्यबस्था कायम गर्न सरकार असक्षम र निरिह बन्दै गईरहेको छ । आम नागरिकलाई सुरक्षा दिन र मुलुकमा शान्ति सुव्यबस्था कायम गर्न सरकारको मुख्य दायित्व प्रति सरकारलाई गम्भीर बन्न ध्यानाकर्षण गर्दछु ।
जय नेपाल

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending