काठमाडौँ । राष्ट्रिय जनता पार्टीले वर्तमान सरकारलाई दिएको समर्थन आजैदेखि फिर्ता लिएको विषय संसद्मार्फत औपचारिक जानकारी गराएको छ । प्रतिनिधिसभाको आजको बैठक शुरु भएलगत्तै राजपाका सांसदले आआफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले राजपाका महेन्द्र राय यादवलाई बोल्न अनुमति दिएका थिए ।
सभामुखको अनुमतिपछि बैठकमा यादवले ‘वर्तमान सरकारले आफूहरुसँग भएको प्रतिबद्धता पूरा नगरेका कारण’ समर्थन फिर्ता लिने निर्णय पार्टीले गरेको बताए । उनले भने,\'सरकारको शान्ति, स्थिरता, सुशासन र मधेशका मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धताअनुसार सरकार निर्माणकै बेला यो सरकारलाई समर्थन जनाएका थियौँ तर सरकरले बारम्बार आश्वासन दिने काम गर्याे, मधेश आन्दोलनमा घाइतेको उपचार, झुटा मुद्दाको खारेजी गर्छौँ, भनेको थियो, त्यो प्रतिबद्धता पूरा गरेन । राजनीतिक द्वन्द्वका विषयलाई सम्बोधन गर्नुपर्छ भनेर सरकारसँग बारम्बार विषय उठायौँ तर सरकारले त्यसलाई सम्बोधन गर्नुको साटो सधैँ झुटा आश्वासन दिने मात्र काम भयो, हामीले उठाएको विषय देशको समस्या र सार्वभौमसँग जोडिएका नागरिकता लगायतका जायज मागलाई सरकारले सम्बोधन गर्न चासो पनि देखाएन त्यस कारण सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयमा पुगेका हौँ ।\'
उनले सङ्घीयता र संविधानका बारेमा सरकारको दृष्टिकोण के हो भन्ने प्रश्न गर्दै सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच भएको सहमति सकारात्मक भए पनि त्यस सहमतिमा परेका केही बूँदा नेपालको स्वाधीनता र स्वतन्त्रतासँग मेल नखाने भन्दै जनअभिमतको विषय पनि सरकारबाट स्पष्ट आउन आवश्यक रहेको बताए । उनले भने, \'मुलुकको सार्वभौम र स्वतन्त्रता विपरीत हुने कुरा हामीलाई स्वीकार्य छैन ।\'
‘मधेसी र जनजातिले उठाएका जायज विषयलाई सरकारबाट विखण्डनका रुपमा हेर्ने प्रवृत्ति’ अन्त्य हुन आवश्यक रहेको बताउँदै उनले भने, \'हामी देशको स्वतन्त्रता र अखण्डतालाई जोगाउन चाहन्छौँ । हाम्रो पहिचान र अधिकारसँग जोडिएको विषयलाई बेवास्ता गरेका कारण हामी यो निर्णयमा पुग्ने स्थितिमा पुग्यांै ।\'उनले मधेश आन्दोलनका घटनाबारे छानबीन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक नगरिएसम्म सदन चल्न नदिइने घोषणा गरे । सांसद रायको उक्त घोषणापछि सभामुख महराले राजपाका तर्फबाट उठाइएको विषय निकै महत्वपूर्ण रहेको जनाउँदै आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए । उनले भने, \'म सरकारलाई यो विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै जवाफ दिन निर्देशन दिन्छु ।\'
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: