Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

पोखराको कालिका बहुमुखी क्याम्पस र इन्डोनेशियाको एण्डालास विश्वविद्यालयबीच समझदारी

पोखरा। पोखराको कालिका सामुदायिक बहुमुखी क्याम्पस र इन्डोनेशियाको एण्डालास विश्वविद्यालयबीच शैक्षिक कार्यक्रम आदानप्रदान गर्ने समझदारी भएको छ । ‘परिवर्तित सन्दर्भमा सामाजिकशास्त्र तथा विकास अनुसन्धानका चुनौती र सम्भावना’ विषयक पोखरामा भएको दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन दुई देशका क्याम्पसबीच समझदारी भएको हो । समझदारी पत्रमा ९एमओयू० क्याम्पस प्रमुख बालाकृष्ण शर्मा र एण्डालास विश्वविद्यालयका प्रतिनिधि डा मास्कोटा डेल्फीले हस्ताक्षर गरेको हो ।

कालिका सामुदायिक क्याम्पस ग्रामीण विकास विभागद्वारा आयोजित सो सम्मेलनमा चार देशका प्राध्यापकले समाजशास्त्रीय अनुसन्धानबाट ग्रामीण विकासको अवस्था, जलवायु परिवर्तन र त्यसले जनजीवनमा पारेको प्रभाव, समाजशास्त्र र पर्यटन, खाद्य सुरक्षा, सनातन सामाजिक संरचना, पुस्तान्तर, वैदेशिक रोजगार, लैङ्गिक सवाल, दिगो विकासका बारेमा प्रस्तुति राखेका थिए ।

सो अवसरमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष तथा सांसद् सूर्यबहादुर केसीले सामुदायिक क्याम्पससँग इण्डोनेशियाको विश्वविद्यालयबीचको भगिनी सम्बन्धले दुई देशबीच शिक्षामार्फत संस्कृति र विकासलाई आदानप्रदान गर्न भूमिका खेल्ने विश्वास व्यक्त गरे । केसीले ग्रामीण विकासमा स्नातकोत्तर अध्यापन हुने कालिका बहुमुखी सामुदायिक क्याम्पस गण्डकी प्रदेशको एक मात्र क्याम्पस भएको बताए। ग्रामीण विकास नै आर्थिक समृद्धिको आधार भएकाले दक्ष जनशक्ति उत्पादन गरेर देशभित्रै रोजगारी सिर्जना गर्न ग्रामीण विकास अध्ययनले सहयोग हुने उनको भनाइ थियो ।

कार्यक्रममा प्राध्यापक डा चन्द्रा भद्रा, प्राध्यापक डा शुक्रराज अधिकारी, अष्ट्रेलियाका प्राध्यापक जोन रिचार्ड, एण्डालास विश्वविद्यालयका प्राध्यापक डा मास्कोटा डेल्फी, महात्मागान्धी विश्वविद्यालयका साइमन भिएस, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक विकासकुमार केसी, डा राजेन्द्रप्रसाद उपाध्याय, डा माधवप्रसाद बराललगायत ७० जनाको सहभागिता रहेको थियो ।

विभिन्न सत्रमा विभाजन गरी करीब २० प्राज्ञिक प्रतिवेदन प्रस्तुतिसहित सम्पन्न सो सम्मेलन पोखरामा पहिलोपटक आयोजना गरिएको आयोजकको भनाइ छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: