राैतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चार वर्षभित्र प्रदेश २ मा ठूलो परिवर्तन हुने बताएका छन्। सरकारले ठूला आयोजनाहरुको सञ्चालन गरेको र तराई मधेसका बासिन्दाको मर्म र भावनालाई बुझेको सरकार र नेकपा भएकोले भौतिक विकासको साथै मधेसको विविधताको संरक्षण गर्ने पनि बताए। विभेद, असमानता र अन्यायविरुद्ध मधेसवासी जहिले पनि अग्रणी मोर्चामा रहेका भन्दै उनले मधेसीको प्रशंसा गरेका थिए। देशमा नेकपाको हरेक लोकतान्त्रिक आन्दोलनमा तराई मधेसको सहभागिता रहेको भन्दै उनले प्रशंसा गरे।
तराई मधेसले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा अति विशिष्ट भूमिका खेलेको बताउँदै दाहालले कम्युनिष्ट आन्दोलन तराई मधेसको विरासत भएको स्पष्ट पारे। भने, ‘नेकपाबाहेक कुनै पार्टीले जनताको समृद्धिको सपना पूरा गर्न सक्दैन।’ वर्तमान सरकारले छिमेकीसँग पनि असल सम्बन्ध विकास गरेको भन्दै सरकारको तारिफ गरे।
नेता दाहालले नेकपाको एकीकरण सानोतिनो ऐतिहासिक काम नभएको बताउँदै जिल्ला र तल्लो तहसम्म छिटै पार्टी एकताको काम सम्पन्न गरी देश दौडाहामा आफूहरु जाने पनि बताए। उनले यस मञ्चबाट दोहो¥याए –‘पार्टी एकता साधारण कुरो थिएन।’
त्यस्तै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि विभेद, असमानता र अन्यायका साथै नेकपाको आन्दोलनमा रौतहटको साथै तराई मधेसको भूमिका प्रशंसनीय रहेको बताए। दुई प्रधानमन्त्रीले तराई मधेसको खुलेर प्रशंसा गरेजस्तै उनले पनि देशमा वामपन्थी आन्दोलन स्थापित गर्न तराई मधेसको भूमिकाको प्रशंसा गरे। वामपन्थी आन्दोलनलाई सफल पार्न मधेसको भूमिका ठूलो भएको उनले बताए।
नेकपा स्थापनाको तीन वर्षमै रौतहटबाट किसान आन्दोलनको सुरुआत भएको, किसान मजदुरलाई पनि सम्मानको दृष्टिले हेर्नुपर्ने भावनात्मक र भौतिक दुवै किसिमको आन्दोलनको विकास भएको उनले स्मरण गराए। नेता नेपालले भ्रष्टाचारलाई समाप्त पार्न वर्तमान सरकार लागिपरेकोले नेकपाका सम्पूर्ण कार्यकर्ताहरुले यस अभियानमा आफ्नो योगदान दिनुपर्ने बताए।
रौतहटको स्थानीय भाषा बज्जिकामा भाषामा बोल्दै नेपालले तराई मधेसको नाममा जनतामा फूट ल्याउने चलखेल भएको बताए। फुटको राजनीति गर्नेहरुले नेकपालाई मधेसविरोधी भएको भ्रम छर्ने गरेका उनको भनाइ थियो।
प्रदेशको आवश्यकता र जनताको चाहनालाई देशका तीनवटै नेताले राम्ररी बुझेकाले प्रदेशलाई विशेष प्राथमिकतामा राख्नुपर्ने कार्यक्रमको अध्यक्षता गरेका नेकपाको प्रदेश अध्यक्ष प्रभु साहले बताए। नेकपाको एकीकरण र सरकार गठनपछि नेकपाको प्रदेश समितिद्वारा पहिलोपटक आमसभाको आयोजना गरिएको थियो।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...



प्रतिकृया लेख्नुहोस्: