पाल्पा, २५ फागुन । खानेपानी मन्त्री बिना मगरले सरकारले केही गरेन भन्ने कुप्रचारको पछि नलाग्न आग्रह गरेकी छन् । उनले सबै नेपाली जनतालाई आधारभूत खानेपानीको सुविधा र पहुँच पुर्याउनु सरकारको प्रमुख दायित्व रहेकोे समेत बताएकी छन् ।
पाल्पाको माथागढीमा अवस्थित फूलबारी एक्लेवर खानेपानी आयोजनाको शनिबार उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले सबै जनताका लागि खानेपानीको पहुँच पुर्याउनु सरकारको प्रमुख दायित्व रहेको बताएकी हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘हामीले खानेपानीको समस्या भोगिरहेका हरेक गाउँ बस्ती, टोल र शहर बजारमा खानेपानीको सहज आपूर्ति व्यवस्था मिलाउन नयाँ आयोजना सञ्चालन गर्ने तयारीमा छौं । शुद्ध खानेपानीको उपभोग गर्न पाउनु हरेक नागरिकको मौलिक अधिकार हो । यस कुरामा सरकार गम्भीर छ ।’
उनले खानेपानी लगायत अन्य पूर्वाधारका योजनाहरु अघि बढाउन सरकार गम्भीर भएर लागिरहेको बताएकी छन् । । उनले भनिन्, ‘समृद्ध नेपाल र सुखी नेपालीको मर्म यो सरकारले बाहेक अरु कसैले बुझ्न सकेको छैन । चुनौती थुप्रै छन् । तर, पनि सरकारले काम अघि बढाइरहेको छ । कामै भएन भनेर सरकार विरुद्ध गरिएको दुष्प्रचारले कसैलाई फाइदा गर्दैन ।’
ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फन्ड बोर्ड)का कार्यकारी निर्देशक लीला प्रसाद ढकालले खानेपानीका नयाँ योजना तर्जुमाका लागि बोर्ड लागिरहेको बताए ।
खानेपानी मन्त्रालय अन्तर्गतको ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको आर्थिक र सामाजिक स्रोत विकास केन्द्र तानसेन पाल्पाको प्राविधिक सहयोगमा फूलबारी एक्लेवर खानेपानी आयोजना सञ्चालनमा आएको हो । यो आयोजनाको कूल लागत ७२ लाख ७१ हजार रहेको छ भने यस आयोजनाबाट ५०८ घर धुरीहरु लाभान्वित हुनेछन् । माथागढी गाउँपालिका वडा नम्बर ३ मा पर्ने ९ वटा टोलहरु यस आयोजनाको उपभोक्तामा पर्दछन् । यो खानेपानी आयोजनाको काम २०७४ असार १५ गतेबाट सुरु भएको हो ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...



प्रतिकृया लेख्नुहोस्: