जेष्ठ ३० गते, २०७२ शुक्रवार 12th June, 2015 Fri१५:१०:५५ मा प्रकाशित
लण्डन, सुन्दा अचम्म लाग्ला तर ब्रिटेनमा बस्ने १५ वर्षीय छात्र थोमस वागले नयाँ ग्रह पत्ता लगाएका छन् । आफूले नयाँ ग्रह कील युनिभर्सिटीको प्रोजेक्ट गर्ने बेलामा पत्ता लगाएको दाबी गरेका छन् । थोमसद्वारा खोजिएको यो नयाँ ग्रहलाई WASP-142B नाम दिइएको छ ।
पृथ्वीबाट एक हजार प्रकाश वर्ष टाढाः
यसमा अचम्मको कुरा के छ भने १५ वर्षीय थोमसले पत्ता लगाएका यो ग्रह अहिलेसम्म अन्तरिक्ष वैज्ञानिकहरुको नजरमा परेको थिएन । युनिभर्सिटी अफ जिनेभाका अनुसार यो ग्रह धर्तीबाट एक हजार प्रकाश वर्ष टाढा छ ।
युनिभर्सिटीको १४२ औं खोजः
वाइड एंगल सर्च फर प्लानेट्स ( डब्लूएएसपी) प्रोजेक्टअन्तर्गत केल युनिभर्सिटीमा गरिएको यो १४२ औं खोज हो । यो प्रोजेक्टअन्र्तगत अन्तरिक्षमा लाखौं तारालाई स्क्यान गरिन्छ र त्यसपछि त्यसको जानकारीहरु बटुल्ने गरिन्छ । युनिभर्सिटी अफ जिनेभा र युनिभर्सिटी अफ लजका अनुसार डब्लूएएसपी–142B ग्रहलाई केही उपकरणको सहायताले देख्न सकिन्छ । यसका साथै चाँडै यो ग्रहलाई एक प्रतिस्पर्धा आयोजना गरेर नयाँ नाम दिने तयारी भइरहेको बुझिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: