लमही। थारू समुदायको पहिचानसँग जोडिएको ‘ढकिया’ पछिल्लो समयमा लोप हुन थालेको छ ।
नयाँ पुस्ताले ‘ढकिया’ बुन्ने पेशा नअङ्गाल्दा लोप हुने अवस्थामा पुगेको थारू अगुवा खुसीराम चौधरीले बताए । “ढकिया थारूको पहिचानसँग जोडिए छ”, उनले भने, “तर नयाँ पुस्ताले ढकिया बुन्नतर्फ ध्यान नदिँदा अहिले लोप हुने अवस्थामा छ ।” नयाँ पुस्ता शिक्षा तथा प्रविधितर्फ मात्रै बढी ध्यान दिने तर आफ्नो पहिचान जोगाउनतर्फ कुनै ध्यान नदिँदा लोप हुने अवस्थामा रहेको उनको भनाइ छ । नयाँ पुस्तालाई ढकियाको महत्व बुझाएर ढकिया निर्माण गर्नतर्फ प्रेरित गर्नुपर्ने समेत उनको तर्क छ ।
पूजाआजा र शुभकार्यका लागि प्रयोग गरिने, विवाहमा दाइजो तथा मृत्युवरणको बेला दानको रुपमा ढकिया दिने थारू समुदायको चलन रहेको थारू अगुवा रुपलाल चौधरीले बताए । साथै दाङको कुनै औपचारिक कार्यक्रम भएमा पनि स्वागतका लागि यसको प्रयोग गर्ने गरिएको छ । अतिथिलाई उपहारका रुपमा ‘ढकिया’ दिने चलन पनि रहँदै आएको छ ।
लोप हुन लागेको ‘ढकिया’ को संरक्षणका लागि नयाँ पुस्तालाई यस सम्बन्धी तालीम दिनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । “ढकियाले थारूको पहिचान झल्काउँछ”, रुपलाल चौधरीले भने, “तर थारू समुदायका युवाले ढकिया बुन्नतर्फ ध्यान नदिएकाले उनीहरुलाई तालीमको आवश्यकता छ ।”
थारू समुदायको बाहुल्यता रहेको जिल्ला दाङ भए पनि यहाँका थारू समुदायले ढकिया बुन्न छोडेको भन्दै यसका लागि प्रदेश तथा स्थानीय सरकारले समेत चासोका साथ हेर्नुपर्ने अर्का थारू अगुवा सीता चौधरीले बताए । “ढकियालाई दाङको चिनोको रुपमा विकास गर्नुपर्छ”, उनले भने“प्रदेश र स्थानीय सरकारको समन्वयमा ढकियालाई दाङको चिनोका रुपमा विकास गर्नुपर्छ ।”
वनमा पाइने बाँस र मुज घाँसबाट ढकिया निर्माण गरिन्छ । ढकिया लोप हुन थालेपछि यसको संरक्षणका लागि तुलसीपुर उपमहानगरपालिका–९ का २१ थारू महिलालाई ढकिया निर्माण सम्बन्धी तालीम प्रदान गरिएको छ । थारू समुदायको कला र पहिचानसँग जोडिएको ढकिया बनाउने काम पछिल्लो समय नयाँ पुस्ताले छोड्दै गएको भन्दै वडा नं ९ को आर्थिक सहयोगमा ढकिया निर्माण तालीम प्रदान गरिएको हो । ढकिया निर्माणको कार्यलाई व्यावसायिक रुपमा अगाडि बढाउने तालीममा सहभागी लक्ष्मी चौधरीले बताए । “हामीले ढकियाको महत्व बुझेका थिएनौँ”, उनले भने, “तर तालीम लिएपछि अहिले ढकियाको महत्व बुझ्यौँ, अब हामी समूह बनाएर व्यावसायिक रुपमा अगाडि बढ्छौँ ।”
दाङ थारूहरुको एतिहासिक भूमि भएकाले थारू कला, साहित्य र संस्कृतिको प्रतीकका रुपमा रहेको ढकियालाई व्यावसायिक स्वरुप दिनुपर्नेमा थारु अगुवाहरुको भनाइ छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: