डोटी। सायल गाउँपालिका–३ की पार्वती थापाको उपचारका लागि सुदूरपश्चिम घर भई कोरियामा बस्दै आएका नेपालीले आर्थिक सहयोग गरेका छन् ।
गर्भवतीसमेत रहेकी थापा गएको एक महीनाअघि घर नजिकैको भीरबाट लडेर गम्भीर घाइते भएकी थिइन् । लडेर टाउकोमा गम्भीर चोट लागेकी उनको उपचारका लागि आफन्तले ‘पार्वती बचाउ’ अभियान सञ्चालन गरेका थिए । उक्त अभियानअन्तर्गत सुदूरपश्चिम घर भई कोरियामा बस्दै आएका युवाले उपचारका लागि रु एक लाख ४८ हजार २११ सङ्कलन गरेर उहाँका श्रीमान् हरिपाल थापालाई हस्तान्तरण गरिएको छ ।
कोरियाबाट पठाएको रकम डोटीका अग्रज पत्रकार शङ्कर थापाले उनलाई शिक्षण अस्पताल काठमाडौँमा हस्तान्तरण गरेका हुन् । सहयोग गर्ने सबैप्रति उनले धन्यवाद व्यक्त गरेका छन् । कोरियामा बस्दै आएका वीरबहादुर जोरा, छत्र पनेरु, दिलबहादुर मडै, भक्तराज भट्ट र पुष्प ओझाको अगुवाइमा रकम सङ्कलन गरिएको हो ।
उक्त अभियानमा ६९ ले सहयोग गरेको वीरबहादुर जोराले जानकारी दिए । दिपायलमा जारी प्रादेशिक महोत्सवमा समेत पार्वतीका लागि सहयोग रकम सङ्कलन गर्ने अभियान शुरु गरिएको चेम्वर अफ कमर्स डोटीका सचिव तेजबहादुर डुम्रेलले जानकारी दिए।
बादी समुदायलाई नगरपालिकाले जग्गा किन्ने
दिपायलमा रहेका बादी समुदायलाई बास बस्नसमेत घरबास नभएपछि दिपायल सिलगढी नगरपालिकाले उनीहरुका लागि जग्गा किन्ने भएको छ । पुरानो क्षेत्रीय सदरमुकाम दिपायल क्षेत्रमा रहेका बादी समुदायको व्यवस्थित बसोबास गर्ने उद्देश्यले नपाले जग्गा किन्ने भएको हो ।
नगरपालिकाभित्र बसोवास गर्दै आएका तर आफ्नो घर जग्गा केही नभएका भूमिहीन बादी समुदायका लागि जग्गा खरीद गरी घर बनाउने नगरपालिकाको योजनाअनुसार जग्गा किन्ने तयारी भई प्रक्रिया अघि बढेको नगरप्रमुख मञ्जु मलासीले जानकारी दिइन् ।
उनले भनिन्, \'बादी समुदायको व्यवस्थापनका लागि जग्गा किन्ने प्रक्रिया शुरु भइसकेको छ, केही समयमै भूमिहीन बादीले आफ्नै नामको जग्गा पाउनेछन् ।\' नगरपालिकाले जमीन खरीद गरेपछि त्यसमा सरकारको जनता आवास कार्यक्रमअन्तर्गत भवन निर्माण गर्ने गरी काम अघि बढाइएको नपाका कार्यकारी प्रमुख भोजराज शर्माले बताए ।
बादी समुदायका परिवार अहिले दिपायल सिलगढी–४ स्थित सेती प्राविधिक शिक्षालय नजिकै अस्थायी टहरा बनाएर बस्दै आएका छन् । उचित आवासको व्यवस्था, बालबालिकाका लागि शिक्षा, सीपमूलक तालीम, अपाङ्गता भएका व्यक्तिलाई विशेष व्यवस्था गर्नुपर्ने मागसहित बादी समुदायले नगरपालिकासमक्ष माग गर्दै आएका छन् । उनीहरु नाच्ने, गाउने, मादल बनाउने, माटाका भाँडा बनाउने लगायत काम गरी जीवन निर्वाह गर्दै आएका छन् । जिल्लामा बादी समुदायका १०४ परिवार रहेका छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: