जेष्ठ ३० गते, २०७२ शुक्रवार 12th June, 2015 Fri१३:४२:१९ मा प्रकाशित
काठमाडौं, साधारण मानिसहरुमाझ कम्प्युटरको पहुँच पुर्याउने उद्देश्यका साथ कम्प्युटर निर्माता कम्पनी डेलले बुधबार संसारको सबैभन्दा पातलो ट्याबलेट बजारमा भित्र्याएको छ ।
डेलले एक्सपीएस–१३, एलाइनवेयर–१५ र १७, डेल ५००० ल्यापटप र वेन्यू–८ ट्याबलेट बजारमा भित्र्याएको हो । यी नयाँ उत्पादनका साथै कम्पनीले आफ्नो एक्पीएस, एलाइनवेयर, इन्स्पीरोन र ट्याबलेटको श्रृङ्खलाको बिस्तार पनि गरेको छ ।
इन्स्परोन ५००० को सुरुवाती रकम कम्पनीले ६३ हजार ८ सय ४० नेपाली रुपैयाँ तोकेको छ भने एक्सपीएस–१३ को सुरुवाती मूल्य १ लाख १३ हजार पाँच सय ८४ रुपैयाँ रहेको छ । एलाइनवेयर १५ र १७ को मूल्य क्रमशः २ लाख १५ हजार ८४ रुपैयाँ छ । भुन्यु ८ ७००० सिरिजको ट्याबलेटको बिक्रि जुलाईबाट हुनेछ । कम्पनीले यसको मूल्य ५६ हजार तोकिएको छ ।
लञ्चिङ कार्यक्रममा डेलका उपाध्यक्ष रे वाहले भने, ‘हामी यस्तो उत्पादनको तयारी गरिरहेका छौं जुन पातलो र हल्का छन् र ब्याट्रि लाइफ कमालको छ । यसको स्टाइल, क्षमता र सफ्टवेयरको समाधान यस्तो होस् जुन कुनै पनि ग्राहकले मात्र डेलमा मात्र पाउन् भन्ने हाम्रो उद्देश्य रहेको छ । ’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: