Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

सिन्दूर हाल्ने बेलामा बेहुली एकाएक गायव भएपछि, बेहुला र जन्तीहरु फर्किए रित्तै

जनकपुरधाम । विवाहका निम्ति जन्तीहरु बेहुलीका घरमा पुग्छन् । बेहुली पक्षले राम्रै मान–सम्मानका साथ जन्तीको स्वागत गर्दै खाजा र खानासम्म खुवाए । तर विवाह चाहिँ भएन । जन्तीहरु बेहुलो मात्रै लिएर रित्तै फर्किए ।

खासगरी फिल्ममा मात्र देख्न पाइने यस्तो घटना धनुषा जिल्लाको शहीद नगरपालिका वडा नम्बर ३ यदुकुआमा देखिएको छ । यहाँकी एक युवतीसँग विवाह गर्न धनुषाकै सबैलाबाट जन्तीसहित बेहुला आएका थिए । आइतबार राति जन्ती आएर विवाहका प्रायः सबै विधि पूरा भएर सिन्दूर हाल्ने बेलामा युवती एकाएक गायव भएपछि गाउँभरि खैलाबैला मच्चिएको छ ।

मधेसी दलित समुदाय अन्तर्गत राम थरका युवा–युवतीबीच आइतबार राति विवाह तय भएको थियो । सोहीअनुसार युवक पक्ष जन्तीसहित विवाह गर्न यदुकुआ पुगेका थिए ।

जन्ती आएपछि युवती पक्षले स्वागत सत्कार गरेपछि मैथिली परम्परा अनुसार विवाहपूर्व हुने स्वयंवर प्रक्रिया पनि सम्पन्न भइसकेको थियो । स्वयंवरपछि युवतीको आँगनमा बनाइएको मण्डपमा अन्य वैवाहिक कार्यक्रम अगाडि बढाउनुपूर्व नै युवती आफ्नो घरबाट गायव भएको स्थानीयहरुलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय यदुकुआका इञ्चार्ज एवं प्रहरी निरीक्षक भीम खड्काले जानकारी दिए ।

यद्यपि स्थानीयहरुका अनुसार युवतीको इनर्वातिरका एक युवकसँग प्रेम भएको र उनी प्रेमीसँगै भागेको हुन सक्ने प्रहरीले बतायो । युवती भागेपछि यो विषयले स्थानीय युवा युवतीमाझ विशेष चर्चा पाएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending