बर्दिवास। महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–४ रामनगरमा हिजो बिहीबार साँझ रातु नदी र नदीउकास जग्गामा भइरहेको अनियन्त्रित दोहनविरुद्ध राँके जुलुस प्रदर्शन भएको छ ।
आफ्नो बस्ती नजिकको रातु नदी र नदीउकास जग्गामा दिनहुँ अबेर राति सधैँजसो अनियन्त्रित उत्खनन गरेर क्रसर सञ्चालकले बालुवा, ढुङ्गा बाहिर लगिरहेपछि भङ्गाहा–४ का बासिन्दाले हिजो बिहीबार साँझ सोविरुद्ध राँके जुलुस प्रदर्शन गरेका हुन् ।
केही दिन पहिले जिल्ला समन्वय समिति महोत्तरीको अनुगमनमा भङ्गाहा–४ मा सञ्चालित सबैजसो क्रसर अवैधानिक रहेको पाइए पनि ती बन्द भने हुन नसकेको त्यहाँका बासिन्दाको भनाइ छ । \'जिल्ला समन्वय समितिबाट आएको अनुगमन टोलीले यहाँ सञ्चालित क्रसर अवैध रहेको ठहर त गर्यो तर, क्रसर सञ्चालकले उत्खनन गर्न भने छाडेनन्\', विगतमा भङ्गाहा गाविस छँदा गाविस उपाध्यक्ष रहिसकेका मुकुन्द दाहालले भने, \'त्यसैले प्राकृतिक सम्पदामाथिको अनियन्त्रित दोहनविरुद्ध सबैको ध्यानाकर्षण गराउन राँके जुलुस आयोजना गरेका हौँ ।\'
बिहीबार अबेर साँझ भङ्गाहा–४ रामनगरस्थित हटियाचौरमा भेला भएका सयौँ सर्वसाधारणले हातहातमा राँको बालिएको भाटो लिएर ‘क्रसरको मनपरी बन्द गर, प्राकृतिक सम्पदामाथिको अनियन्त्रित दोहन नियन्त्रण गर’ भन्ने नारा लगाउँदै चार किलोमिटर लम्बाइको रामनगर बस्ती परिक्रमा गरेका थिए ।
नदीकिनार र नदीउकास क्षेत्रमा ठूलाठूला खाल्डा बनाएर बालुवा र ढुङ्गा उत्खननको अवैध धन्दा नरोकिएपछि विरोध कार्यक्रम शुरु गर्नुपरेको त्यहाँका सर्वसाधारण बताउँछन् । क्रसर सञ्चालकले अनुगमन त देखाउन मात्र गरिएको बताउँदै आपूmहरुलाई चुरीफुरी नदेखाउन धम्क्याउने गरेको सो बस्तीका २५ वर्षीय युवा सन्तोष महतोले बताए ।
रामनगरको रातु नदी र नदीउकास जगामा अहिले १९ क्रसर सञ्चालनमा रहेका छन् । क्रसर सञ्चालकलाई स्थानीय जनप्रतिनिधिको संरक्षण रहेको पनि कतिपयले आरोप लगाएका छन् । यद्यपि भङ्गाहा–४ का वडाध्यक्ष अशोककुमार महतोले कानूनसम्मत नरहेका कुनै क्रसर उद्योगलाई नगरपालिका, कार्यपालिका कार्यालय वा वडा कार्यालयको संरक्षण नरहेको बताउछन् । \'कानूनसम्मत नरहेका क्रसर वा अन्य कुनै धन्दा चल्नु हुँदैन\', महतोले भने, \'नगरपालिका कार्यालय आफ्नो तहबाट यिनलाई नियमन गर्न लागिपरेको छ ।\'
यसैबीच जिल्ला समन्वय समितिले अनुगमनका क्रममा मापदण्ड नाघेर क्रसर सञ्चालन नगर्न गरिएको आग्रह अटेर गर्नेलाई अब थप कानूनी कारवाही नै चलाइने जनाएको छ । समितिका प्रवक्ता सुदीपकुमार झाले अनुगमन टोलीको आग्रह अटेर गर्नेहरुविरुद्ध स्वस्पूmर्त रूपमा उजुरी आउन थालेका बताउँदै अब कारवाही प्रक्रिया थालिने बताएका हुन् ।
जिल्लाको बर्दिवास, औरही, गौशाला र भङ्गाहा नगरपालिका क्षेत्रमा नदी र नदीउकास क्षेत्रमा क्रसर सञ्चालकले अवैध उत्खनन गरिरहेको गुनासो बढेपछि जिल्ला समन्वय समितिले गत माघदेखि नै सघन अनुगमन बढाएर त्यस्ता उद्योग तत्काल बन्द गर्न आदेश दिएको थियो ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: