Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

भविष्य निर्माणमा मन्त्री अधिकारीको अन्तिम सम्बोधन

पोखरा। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले लगातार तीन पटक निर्वाचन जितेको क्षेत्र, त्यसमा पनि जीवनको केही समय अध्यापन गरेको भविष्य निर्माण मावि अन्ततः उनको जिल्लाको अन्तिम सम्बोधन स्थल बन्न पुग्यो ।

जिल्ला र निर्वाचन क्षेत्रका कार्यक्रमलाई सधैँ प्राथमिकतामा राख्ने अधिकारी यही फागुन १२ गते पोखरा २१ स्थित भविष्य निर्माण माविको ६६ औँ वार्षिकोत्सवमा प्रमुख अतिथिका रुपमा विद्यालयमा पुगेका थिए ।

मन्त्री अधिकारीले आफ्नो व्यस्तताका बाबजुत पनि समय दिएसँगै हर्षित बनेको विद्यालय परिवार यतिखेर भने शोकमा छन् । चार दिन अघि माविमा उनले गरेको अन्तिम सम्बोधन यतिखेर विद्यालय परिवारसहित सो क्षेत्रका स्थानीयवासीले झलझली सम्झिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल भुजेलले जानकारी दिए ।

“आफ्नै निर्वाचन क्षेत्र त्यसमा पनि भण्डै चार महीना अध्यापन गरेको विद्यालयलाई उनले निकै माया गर्थे”, उनले भने, “विद्यालयको विकासका साथै यहाँको भविष्य माथि सधैँ चासो र चिन्ता व्यक्त गर्ने अधिकारीको निधन हाम्रा लागि निकै पीडादायी भएको छ ।” सम्बोधनका क्रममा मन्त्री अधिकारीले विद्यालयका साथै यस क्षेत्रको भौतिक पूर्वाधार विकासलगायतमा बोलेका थिए ।

विद्यालयमा प्राविधिक शिक्षाका लागि सहयोग गर्ने विश्वाससहितको मन्तव्यका क्रममा विज्ञान प्रयोगशाला अत्याश्यक भएको बताउँदै उनले भनेका थिए, “सहयोग विभिन्न स्थानबाट जुटाउँला, तीन चार महीनाको अवधिमा साइन्स ल्याब बनाउने गरी कामलाई अघि बढाउनुहोस्, त्यसमा सहयोग जुटाउने भूमिका खेल्नेछु, साइन्स ल्याब हुनै पर्छ ।” मन्त्री अधिकारीले यस्तो बोलिरहँदा विद्यार्थी तथा अभिभावकले निरन्तर ताली बजाइरहेका थिए ।

बोलिसके पछि वचनबद्धता पूरा गर्ने अधिकारीको निधनले आफूहरू अत्यन्त मर्माहत भएको अध्यक्ष भुजेलले बताए । उक्त सम्बोधनमा राष्ट्रिय राजनीतिबारे समेत चर्चा गर्दै मन्त्री अधिकारीले सरकार मुलुकमा सुशासन कायम गर्दै आर्थिक विकास र समृद्धिको यात्रामा अघि बढेको धारणा राखेका थिए ।

सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर कायम गर्न सबै क्षेत्रको सामूहिक प्रयास अपरिहार्य रहेको उल्लेख गर्दै सम्बोधनमा उनले असल संस्कार र मैत्रीपूर्ण भावनाका साथ विद्यार्थीलाई अग्रसर हुन सुझाव दिएका थिए ।

बहुचर्चित निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको समयभन्दा छ महीना अघिनै सम्पन्न हुने पनि अधिकारीले उक्त अवसरमा विश्वास व्यक्त गरेका थिए ।

भविष्य निर्माण माविमा २०४४ सालमा अधिकारीले शिक्षण गर्दा प्रधानाध्यापक रहनुभएका मनोरथ आचार्य तत्कालीन समयमा शिक्षकको अभाव भएका अवस्थामा उनले बिना पारिश्रमिक विज्ञान तथा गणित विषय पढाएर ठूलो गुन लगाउनुभएको स्मरण गर्छन ।

“त्यसै बेलादेखि नै मैले उहाँलाई हसिलो तथा जुझारु एवं सेवाप्रति समर्पित व्यक्तिका रुपमा चिनेको हुँ”, आचार्यले थपे, “उनमा रहेका विकास प्रेम, मिलनसारिता जस्ता गुण भनिसाध्य छैनन्, के गर्नु दैवको नियति अत्यन्त मर्माहत बनाएको छ ।”

भरतपोखरीको शान्ति उदय माविबाट प्रवेशिका उत्तीर्ण गरेका अधिकारीको निधनले यतिखेर उहाँका समकालीन मित्रका साथै शिक्षक तथा अभिभावकका आँखा रसाएका छन् । शिक्षा प्रेमी अधिकारीको निधनले विद्यालयको आशा एवं विश्वासको धरोहरको अन्त्यका रुपमा महसुस गरिएको भूतपूर्व विद्यार्थी मञ्चका अध्यक्ष मोती भुजेल बताउछन् ।

“उनमा रहेको विकासप्रेमी सोच, मिलनसार व्यक्तित्व सबैका लागि अनुकरणीय थियो, उनको अभाव विद्यालय एवं यहाँको समाजमा सधैँ खट्किरहने छ”, भुजेलले थपे । अधिकारीको छिमेकीसमेत रहेका विद्यालयका पूर्वविद्यार्थी सविन आचार्य बच्चादेखि वृद्धसम्म सबैसँग मिल्ने उहाँको व्यवहारले के बालक, के वृद्ध यतिखेर सबै शोकाकुल रहेको बताउछन् ।

“जिल्लाका साथै जन्मस्थान भरतपोखरीको समग्र विकासमा उनको धेरै योगदान छ, उहाँकै पहलमा धेरै पुलपुलेसा, बाटोघाटो निर्माण भएका छन्” आचार्यले भने, “उनले अघि सारेका बाँकी योजनालाई पूरा गर्नुपर्छ ।”

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending