रुपन्देही। म्यान्माका भिक्षु प्रज्ञाश्री हरेक वर्ष लुम्बिनी आउछन् । बुद्ध जन्मस्थल आउँदा उनलाई साक्षात बुद्धकै दर्शन गरेर पवित्र भएको अनुभूति हुन्छ ।
म्यान्मास्थित मोगोकमा जन्मिएका भिक्षु प्रज्ञाश्री नेपाली मूलका बर्मेली हुन् । उनका जिजुबुबा छविलाल भट्टराई नेपालबाट मोगोकमा बसाइँ सरेका थिए तर उनलार्ई नेपाल र लुम्बिनीप्रति अथाह स्नेह छ । \'म बर्मामा भए पनि बुद्धको देश सधैँ मेरो मनमा हुन्छ\', उनी भन्छन्, \'हरेक वर्ष नेपाल नआई मनले मान्दैन ।\'
लुम्बिनी नजिकै पर्ने शङ्करनगरको सुख शान्ति विहार र परियत्ति विहारमा उनी विभिन्न धार्मिक गतिविधि सञ्चालन गरी बुद्ध दर्शनको प्रचार गर्छन् । \'बुद्ध जन्मिएको देश भएर पनि नेपालमा बुद्धका अनुयायीको कमी हुँदा उनलाई दुख लाग्छ ।\' \'मैले बर्माको मोगोकबाट आएर आठ वर्षदेखि निरन्तर बौद्ध जागरण अभियान चलाएको छु\', भिक्षु भन्छन्, \'पहिलोपटक आउँदा मेरो प्रवचन सुन्ने कोही हँुदैनथे, अहिले त उपासक उपासिका आउछन्, थोेरै व्यक्तिलाई भए पनि बुद्धको शिक्षा बुझाउन पाउँदा खुशी छु, लुम्बिनीलाई बुद्ध जन्मस्थल भनेर प्रचार गर्न अब जरुरी छैन बरु बुद्ध शिक्षाको प्रचार गरौँ ।\'
म्यान्माकै याङ्गुनबाट लुम्बिनी आएका भिक्षु चन्द्रश्रीलाई पनि लुम्बिनी अत्यन्तै मन पर्छ । याङगुनमा नेपाल गोर्खा विहार बनाएर त्यसैको संरक्षण गर्दै आउनुभएका भिक्षु चन्द्रश्री हरेक वर्ष लुम्बिनी आउछन् । उनी लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा ध्यान बस्ने, प्रार्थना गर्ने र विभिन्न विहारका आध्यात्मिक गतिविधिमा सहभागी हुने गर्छन् । \'लुम्बिनी जस्तो पवित्र तीर्थस्थल संसारमा शायदै होला\', उनको भनाइ छ ।
गौतमबुद्धले महापरिनिर्वाणको बेला आफ्नो जन्मस्थल लुम्बिनी एक पटक सबैले घुम्नुपर्ने पवित्र तीर्थस्थलका रुपमा व्याख्या गरेका थिए जसका कारण आफूजस्ता लाखौँ भिक्षु वर्षेनी लुम्बिनी आउन आतुर रहेको उनको सन्देश छ ।
भिक्षुहरु मात्रै होइन म्यान्माबाट सयौँ बौद्धमार्गी बुद्ध जन्मस्थल खोज्दै नेपाल आउने गरेका छन् । उनीहरु महीनौँसम्म लुम्बिनी बस्ने र बौद्ध दर्शनको प्रचारका गतिविधि गर्ने गर्दछन् । मोगोककै उपासिका राधिका तिवारी पनि हरेक वर्ष लुम्बिनी आउछन् । विगत १५ दिनदेखि उनले लुम्बिनी नजिकै सुख शान्ति विहारमा आयोजित आध्यात्मिक कार्यक्रममा सहभागी भएर श्रद्धालुको सेवा गरिरहेका छन् । \'लुम्बिनीजस्तो पवित्रस्थलमा आएर बौद्ध अनुयायी तथा भिक्षुको सेवा गर्न पाउनु हाम्रा लागि ठूलो पुण्यको विषय हो\', उनको भनाइ छ ।
लुम्बिनी क्षेत्रमा बौद्ध धर्मका गतिविधि सञ्चालन गर्ने, बौद्ध अनुयायीको सङ्ख्या अभिवृद्धि गर्ने र विहार तथा ध्यान केन्द्रको निर्माण गर्ने अभियानमा म्यान्माका हजारौँ बौद्धमार्गी सहभागी छन् । विगत १५ दिनदेखि १५० भन्दा बढी अनुयायी लुम्बिनी क्षेत्रमा बसेर बौद्ध जागरण अभियान सञ्चालन गरिरहेका छन् । म्यान्मामा सङ्कलन गरेको दान दौलत ल्याएर लुम्बिनी क्षेत्रका बौद्ध गतिविधिमा सदुपयोग गर्ने गरेको उनीहरुको भनाइ छ ।
वर्षेनी लुम्बिनी आउँदा नेपालप्रति उनीहरु दुईवटा गुनासो गर्न भने बिर्सिदैनन् । एउटा हो, मन्दिरमा हुने पशुबलि रोक्न नसक्नु र अर्को बुद्धको देश भएर पनि नेपालमा अहिलेसम्म बुद्ध शासनका लागि आवाज उठाउन नसक्नु । यस कुराले आफूहरुलाई दुःख लाग्ने उनीहरु बताउँछन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...



प्रतिकृया लेख्नुहोस्: