Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

निवृत्तिभरण कोष विधेयक सर्वसम्मतिले पारित

काठमाडौँ। राष्ट्रियसभाको आजको बैठकले ‘निवृत्तिभरण कोष विधेयक २०७५’ पारित गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले सोसम्बन्धी प्रस्ताव पेश गरेका थिए । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो । यस्तै बैठकमा कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक २०७५’ विचार गरियोस् भन्ने प्रस्ताव र अर्थमन्त्री डा खतिवडाले ‘लेखा परीक्षण विधेयक २०७५’ र प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विधायन समितिको प्रतिवेदनसहित निवृत्तिभरण कोष विधेयक, २०७५’ माथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। त्यसअघि विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’ सम्बन्धी समितिको प्रतिवेदन सभामा पेश गरेका थिए । राष्ट्रियसभाको बैठक आजै पुनःबस्ने गरी स्थगन भएको छ । स्वास्थ्य प्रतिष्ठानसम्बन्धी नयाँ ऐन ल्याइने स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले सङ्घीयता कार्यान्वयन गर्न मन्त्रालयले पहिलो प्राथमिकता दिएको बताएका छन् । प्रतिनिधिसभामा आज पेश भएको स्वास्थ्य बीमासम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा उठेका विभिन्न जिज्ञासाको जवाफ दिँदै स्वास्थ्य संस्थामा जनशक्ति, उपकरण तथा औषधिको अभाव हुन नदिन मन्त्रालयले ध्यान दिएको वताए । सो प्रस्तावका प्रस्तावकमा खगराज अधिकारी तथा समर्थकमा अञ्जना विसङखे र मनकुमारी जिसी थिए । उनले स्थानीय र प्रदेश तहका स्वास्थ्य संस्थाले कुन कुन सेवा दिने भन्ने स्पष्ट व्यवस्था गरिएको, ती निकायबाट प्रदान गर्ने सेवाको अनलाइन रिपोर्टिङ शुरु भएको र प्रदेश तहबाट टेलिमिडिसियन सेवासमेत शुरु गरिएको जानकारी दिए । राज्यमन्त्री डा यादवले सबै जनतासमक्ष बीमा कार्यक्रमको पहुँच पु¥याउने लक्ष्य रहेको, अगामी वर्ष थप आठ जिल्लामा बीमा कार्यक्रम कार्यान्वयन गर्न लागिएको तथा अस्पताल र बीमा अन्तरसम्बन्धलाई बलियो बनाइने स्पष्ट पारे। बालुवा, ढुङ्गा किन्ने प्रक्रियाजस्तै सार्वजनिक खरीद ऐनद्वारा औषधि खरीद प्रक्रियाले समस्या परेको उल्लेख गर्दै राज्यमन्त्री डा यादवले हाल १०२ पालिकामा मात्र अस्पताल रहेको र आगामी वर्ष २११ अस्पताल निर्माण गर्न लागिएको जानकारी दिए । राज्यमन्त्री डा यादवले सबै स्थानीय तहमा १५ श्ययाको अस्पताल बनाउन अर्थ अभाव रहेको उल्लेख गर्दै स्वास्थ्य प्रतिष्ठान सञ्चालनसम्बन्धी नयाँ ऐन ल्याउन लागिएको जानकारी दिए । उहाँले एक चिकित्सक एक स्वास्थ्य संस्था र एक हजार २०० वडामा स्वास्थ्य संस्था स्थापना गर्ने लक्ष्य रहेको बताउँदै ती संस्थामा चिकित्सक, उपकरण तथा औषधि अभाव हुन नदिइने प्रतिबद्धता जनाए । “स्थानीय निकायमा गएका चिकित्सक सङ्घमा फर्किन पाउने व्यवस्था गर्न छलफल भइराखेको छ”, राज्यमन्त्री डा यादवले भने । जनसङ्ख्याका आधारमा नेपालमा ६० हजार अस्पताल शय्या सङ्ख्या हुनुपर्नेमा सरकारीसित सात हजार ५०० र निजी अस्पतालसित एक हजार ७०० मात्र रहेको जानकारी दिँदै राज्यमन्त्री डा यादवले हाल रहेका ११३ अस्पतालमा २११ थप गरिने बताए । उनले स्वास्थ्य क्षेत्रको बजेटले तलब मात्र खुवाउन पुग्ने गुनासो पनि राखे ।रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending