गत साल अफगानिस्तानमा सबैभन्दा धेरै गैरसैनिक किन मारिए ?
फाल्गुन १४ गते, २०७५ मगलवार 26th February, 2019 Tue०८:३१:१० मा प्रकाशित
अफगानिस्तान। दुई दशकदेखि अफगानिस्तानमा जारी युद्धका क्रममा सन् २०१८ मा अहिलेसम्मकै सबैभन्दा बढी गैरसैनिक मारिएका छन् । राष्ट्रसंघले एक प्रतिवेदन सार्वजनिक गर्दै सो जानकारी दिएको हो । अमेरिका र तालिवानबीच दोस्रो चरणको प्रत्यक्ष वार्ताको पूर्वसन्ध्यामा राष्ट्रसंघले प्रतिवेदन सार्वजनिक गरेको हो ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - तालिवान समूहद्वारा आत्मघाती आक्रमणमा वृद्धि, अमेरिकी सेनाको लापरबाहीपूर्ण हवाई हमला र अफगान सरकारले देशव्यापी रूपमा नियन्त्रण गुमाएका कारण सन् २०१८ मा अहिलेसम्मकै सर्वाधिक गैरसैनिक नागरिकको मृत्यु भएको हो ।
अफगानिस्तानमा हिंसाका घटना बढ्न थालेपछि कतारको दोहामा तीन साताअघि अमेरिका र तालिवानबीच पहिलो चरणको वार्ता भएको थियो । दोस्रो चरणको वार्ता सोमबारदेखि कतारमा सुरु भएको छ ।
३८ सय सर्वसाधारण मारिए
सन् २०१७ को तुलनामा सन् २०१८ मा मृत्यु हुने सर्वसाधारणको संख्या झन्डै ११ प्रतिशतले बढेको छ । राष्ट्रसंघका अनुसार सन् २०१८ मा अफगानिस्तानमा तीन हजार ८ सय ४ सर्वसाधारण मारिएका थिए । मारिएकामध्ये ९ सय २७ बालबालिका थिए । द्वन्द्वमा सात हजार १ सय ८९ घाइते भएका छन् । अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भए अझ रक्तपातपूर्ण हुने त्रास प्रतिवेदनमा देखाइएको छ ।
१० वर्षमा ३२ हजारको मृत्यु
राष्ट्रसंघका अनुसार अफगानिस्तानमा गत दश वर्षको अवधिमा मात्र कम्तीमा ३२ हजार नागरिकको मृत्यु भएको छ भने ६० हजारभन्दा बढी घाइते भएका छन् । ‘मानवीय विपत्ति र त्रासदीको अन्त्य गर्ने समय आएको छ,’ राष्ट्रसंघका लागि अफगानिस्तान मिसनका प्रमुख ताडामिची यामामोतोले भने, ‘नागरिकको हत्या रोक्ने एक मात्र उपाय भनेको लडाइँ बन्द गर्नु हो ।’
गुम्दै सरकारको नियन्त्रण
अफगानिस्तान सरकारले पछिल्ला महिनामा देशव्यापी नियन्त्रण गुमाउँदै गएको र ठूलो संख्यामा स्थानीय सुरक्षाकर्मीको मृत्यु भएको विज्ञहरूले बताउँदै आएका छन् । केही समयअघि अफगानिस्तानको पुनर्निर्माणका लागि अमेरिकी नियोग (सिगार)ले एक अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै तालिवानविरुद्धको संघर्षमा सरकारले कुनै ठोस उपलब्धि हासिल नगरेको ठहर गरेको थियो ।
अमेरिकी नेतृत्वमा १८ वर्षअघि भएको सैनिक हस्तक्षेपपछि पनि तालिवान विद्रोहीको प्रभाव घट्नुको सट्टा झन् बढेको छ । कुल भूभागको जम्मा ५५ प्रतिशत भूभाग मात्र अफगान सरकारको नियन्त्रणमा रहेको बताइएको छ । बाँकी ४४ प्रतिशत भूभागमा तालिवानको दबदबा रहेको जनाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा तैनाथ सेना फिर्ता गर्ने घोषणा गरेपछि एकाएक हिंसात्मक घटनामा वृद्धि भएको छ । अफगानिस्तानमा अझै १४ हजार अमेरिकी सेना तैनाथ छन् ।
६५ आत्मघाती हमला
विद्रोही तालिवान र अतिवादी मुस्लिम समूह इस्लामिक स्टेट (आइएस)का लडाकुले गरेको आत्मघाती आक्रमण र बम हमलाका कारण ठूलो संख्यामा सर्वसाधारणको मृत्यु भएको थियो । सन् २०१८ मा अफगानिस्तानमा ६५ आत्मघाती आक्रमण भएका थिए । तीमध्ये अधिकांश हमला राजधानी काबुलमा केन्द्रित थिए । ती आक्रमणबाट २२ सयभन्दा बढी नागरिकको मृत्यु भएको थियो ।
हवाई आक्रमणमा तीव्रता
अमेरिकाले तालिवान र इस्लामिक स्टेटलाई वार्ताको टेबुलमा ल्याउन दबाब दिने उद्देश्यले हवाई आक्रमण तीव्र पारेको छ । अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा यस्ता हवाई आक्रमण दोब्बर पारिएको छ । यामामोतोले आमजनतालाई लक्षित गरी भएका सबै आक्रमण अस्वीकार्य भन्दै नागरिक लक्षित आक्रमण रोक्न आह्वान गरेका छन् । अमेरिकी र अफगानी सेनाले गरेको हवाई हमलाबाट पनि सन् २०१८ मा ५ सयभन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ ।
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: