Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

यौनिक अल्पसङ्ख्यकको अधिकार स्थापित गर्ने सवालमा नेपाल दक्षिण एशियामै अगाडि

परासी। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकार स्थापित गर्ने सवालमा नेपाल दक्षिण एशियामै अगाडि देखिएको छ । नेपालको संविधान २०७२ र मुलुकी देवानी ९संहिता० ऐन २०७४ मा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकारको स्पष्ट व्यवस्था गरिएको छ । नागरिकता र राहदानी पाउने व्यवस्थासमेत भएपछि उक्त समुदाय उत्साही देखिएका छन् । यसअघि नागरिकतामा महिला वा पुरुष हुनुपर्ने व्यवस्थाले यो समुदाय नागरिकताबाट बञ्चित हुनुपरेको थियो । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकअन्र्तगत महिला समलिङ्गी, पुरुष लिङ्गी, द्विलिङ्गी, तेस्रोलिङ्गी र अन्तरलिङ्गी समूह पर्दछन् । संवैधानिक र कानूनी रूपमै मान्यता पाउँदा यो समुदायका नागरिकलाई समाजमा खुल्न सहज भएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका निर्देशक भरतराज शर्माका अनुसार लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको अधिकारको सम्बन्धमा अन्य दक्षिण एशियाली देशको तुलनामा नेपाल अगाडि रहेको छ । यो समुदायको वैवाहिक मान्यताका लागि प्रक्रिया पनि अगाडि बढेको छ । यो समुदायमा गरिने विवाहले मान्यता नपाउँदा समस्या छ । नेपाल ऐन संशंोधन गर्ने विद्येयकअन्तर्गत केही कानून परिमार्जनका लागि काम भएको छ भने नागरिकता ऐन र राहदानी ऐन परिमार्जन गरी लैङ्गिक पहिचानसहितको राहदानी तथा नागरिकता पाउने व्यवस्था गरिएको छ ।  उनी भन्छन्, “मुलुकी देवानी ९संहिता० ऐन २०७४ को दफा १७ मा प्रत्येक नागरिक कानूनको दृष्टिमा समान हुने विषय उल्लेख गरिएको छ, दफा १८ मा भेदभाव गर्न नहुने उल्लेख गरिएको छ, दफा ३० मा प्रत्येक व्यक्तिले जन्मनासाथ व्यक्तिको रुपमा मान्यता पाउने र कानून बमोजिमको अधिकार उपभोग गर्न पाउने उल्लेख गरेको छ, यसले उहाँहरुलाई अन्य नागरिकसरह समान अधिकार दिएको छ, यो नेपालले उहाँप्रति देखाएको ठूलो सम्मान हो, अन्य देशले यो व्यवस्थाको अनुकरण गर्न आवश्यक छ ।” मन्त्रालयको आयोजनामा पश्चिम नवलपरासीको सुनवलमा आयोजित लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको जनचेतना र सशक्तीकरणसम्बन्धी अन्तरक्रियामा सो जानकारी गराइएको हो । तेस्रोलिङ्गी समुदायको क्षेत्रमा काम गर्दै आएको निल हिरा समाज नवलपरासीकी कार्यक्रम संयोजक पुष्पा लामा संविधान र कानूनमा भएका व्यवस्थालाई कार्यान्वयनमा जोड पर्ने विचार राख्छन् । तेस्रोलिङ्गीलाई विगतको तुलनामा हाल समाजमा खुल्न सहज हुँदै गए पनि आफ्नै घरपरिवारको सहयोग भने नहुने गरेको तेस्रोलिङ्गी अधिकारकर्मी आनिक राना बताउछन् । उनी भन्छन्, “घरपरिवारलाई सचेतना जगाउन आवश्यक छ अनि नागरिकता, सवारीचालक अनुमतिपत्र तथा सरकारी सेवामा हाम्रो पनि पहुँच हुनुपर्छ, यसका लागि जिल्लास्तरबाट पनि अवसर सिर्जना गर्ने र राज्यलाई घच्घच्याउन आवश्यक छ ।” जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका उपप्रमुख अब्दुल रहमान चुरिहार तेस्रोलिङ्गी पनि समुदायकै अङ्ग भएकाले फरक व्यवहार गर्न नहुने उल्लेख गर्दै भन्छन, “यसबारेमा सचेतना फैलाउन आवश्यक छ, म जिससमार्फत पहल गर्छु ।” विश्वको जनसङ्ख्याको पाँच प्रतिशत यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक हुने गरेको तथ्याङक् पाइन्छ । तर नेपालमा यो समुदायको यकिन तथ्याङ्क छैन ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending