Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

अब मन्दिरमा विवाह गर्न बन्द, यस्तो छ कारण

बागलुङ। प्रसिद्ध बागलुङ कालिका भगवतीको मन्दिरमा विवाहका लागि जाँदै हुनुहुन्छ भने ख्याल गर्नुहोस् कानूनले तोकेभन्दा कम उमेरका युवाका लागि यहाँ विवाह गर्ने ठाउँ छैन । नेपालको कानूनले २० वर्षभन्दा कम उमेरमा विवाह गर्न बन्देज लगाएपछि बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले पनि कानूनले तोकेभन्दा कम उमेरकालाई विवाहका लागि मन्दिरमा नआउन आग्रह गरेको हो । कानूनको उल्लङ्घन हुने गरी मन्दिरमा विवाह गर्दा जुनसुकै सङ्कट आइलाग्न सक्ने भन्दै गुठीले मन्दिरमा नआउन आग्रह गरेको हो । “उमेर नपुगी विवाह गर्नेहरुलाई मन्दिरमा आएर विवाह नगर्दिनुस् भनेका छौँ’ गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले भने, “राज्यले बनाएको कानून परिपालना गराउनु र पालन गर्नु हाम्रो दायित्व हो ।” गुठीले कानूनले तोकेअनुसारको केटा र केटीको उमेरको फरक पनि २० वर्षभन्दा बढी भएमा विवाहका लागि मन्दिरमा नआउन आग्रह गरेको छ । गुठीले पछिल्लो समय केटाकेटी मात्रै मन्दिरमा आएर विवाह गर्ने गरेकोप्रति पनि ध्यानाकर्षण भएको जनाएको छ । “केटाकेटी मात्रै मन्दिरमा आएर विवाह गर्दा कस्तो अवस्थामा आएका हुन् भन्ने थाहै हुँदैन”, खड्काले भन्नुभयोे, “कहिलेकाहीँ जबरजस्ती विवाह पनि भएको हुनसक्छ, त्यसका कारण पछि पर्ने समस्याका बारेमा हामी सचेत हुनैपर्छ ।” उहाँले अभिभावक वा कोही आफन्त र साथीभाइ लिएर मात्रै विवाहका लागि मन्दिरमा आउन आग्रह गरिएको बताउनुभयो । “हामीले आग्रह मात्रै गरेका छौँ, मन्दिरमा सूचना टाँस पनि गरेका छौँ, नमान्नेलाई कारवाही गर्ने अधिकार त हामीसँग छैन तर पवित्र स्थानमा पवित्र मन लिएर नै आउनुहुन्छ भन्ने आशा राखेका छौँ”, खड्काले भन्नुभयोे । वर्षमा झण्डै ६०० विवाह हुने मन्दिरमा लगनको महीनामा दैनिक १८ देखि २५ सम्म विवाह हुने गरेका छन् । विवाह लगन नभएका महीनामा पनि मन्दिरमा विवाहका लागि आउने गरेको गुठीले जनाएको छ । एउटा विवाह सम्पन्न गर्दा रु ५०० शुल्क लिने गरेको गुठी व्यवस्थापन समितिले विवाह शुल्कबाट उठेको रकमले आवश्यक पूर्वाधार निर्माण गर्ने गरेको छ । मन्दिर परिसरमा विवाहका लागि मण्डपसमेत व्यवस्था गरिएको छ । सरकारले घोषणा गरेको पुग्नैपर्ने १०० गन्तव्यमध्ये स्थापित गन्तव्यमा समावेश भएको कालिका भगवती मन्दिरमा विवाह, व्रतबन्ध र अन्य पूजापाठका लागि समेत दैनिक भक्तालु आउने गरेका छन् । नवदुर्गा पूजाको समयमा यहाँ भक्तालुको भीड नै लाग्ने गरेको छ भने अन्य समयमा दैनिक सरदरमा ५०० देखि एक हजारसम्म भक्तालु आउने गरेको गुठीको सचिवालयले जनाएको छ । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending