Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

सञ्चार जगत् अनुसन्धानमूलक हुनुपर्छ – मुख्यमन्त्री गुरुङ

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार जगत् अनुसन्धानमूलक हुनुपर्ने बताएका छन् । राष्ट्रिय समाचार समितिको ५८ औँ वार्षिकोत्सवका अवसरमा रासस गण्डकी प्रदेश कार्यालयद्वारा आज पोखरामा आयोजित ‘मुलुकको सङ्घीय संरचनामा राससको भूमिका’ विषयक अन्तक्र्रिया एवं सम्मान कार्यक्रममा उनले समाचार राजनीतिक र मनोरञ्जनात्मक मात्र नभई वर्तमान परिप्रेक्ष्यमा जनताका आवाजलाई मुखरित गर्नुपर्छ भने । प्रदेश सरकारले आफ्नै सञ्चार नीति बनाउने तयारी गरेको उल्लेख गर्दै उहाँले राष्ट्रिय एकताका लागि योगदान गर्ने भूमिकाको आवश्यकता औँल्याए ।  राससका पूर्वअध्यक्ष कोमलनाथ बरालले लिथो मेशिनबाट शुरु भएको राससको समाचार सेवा अहिले कम्प्युटर युगमा प्रवेश गरेको प्रसङ्ग उल्लेख गर्दै रासस ‘समाचारको बैंक’का रुपमा स्थापित रहेको बताए । नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का जिल्ला संयन्त्र सदस्य दामोदर बैरागीले समाचारको ‘मूल’ रासस भएको बताउँदै समाचार समाज र उत्पादनलाई योगदान दिने किसिमका हुनुपर्ने धारणा राखे। प्रेस स्वतन्त्रता सेनानी बद्रीविनोद प्रतीकले सञ्चार क्षेत्रमा राससको महत्वपूर्ण योगदान रहेको बताउँदै समयसापेक्ष गुणस्तरीय समाचार सेवाको आवश्यकता औँल्याए । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले रासस खोजमूलक समाचारतर्फ केन्द्रित बन्नुपर्ने सुझाव दिए । रासस पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका पूर्वप्रमुख नारायण कार्कीले रासससँगका अनुभव स्मरण गर्दै ग्रामीण एवं विकट बस्तीका समाचारमा जोड दिनुपर्ने बताए। स्वतन्त्र पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले राससका समाचार अनाधिकृत प्रयोग एवं तोडमोड गर्ने प्रवृत्ति देखिएको बताउँदै यसतर्फ ध्यान दिनुपर्ने धारणा राखे । नेपाल पत्रकार महासङ्घ कास्कीका पूर्वअध्यक्ष पुण्य पौडेलले राससलाई मानवीय रुचि र चासोका विषयमा पनि केन्द्रित हुनुपर्ने आवश्यकता माथि प्रकाश पारे । सञ्चारिका समूह पश्चिमाञ्चलका अध्यक्ष स्मिता अधिकारी र क्रियाशील महिला पत्रकार सञ्जाल, कास्की अध्यक्ष सरिता तिमल्सिना९पङ्गेनी०ले राससलाई आगामी दिनमा अझै महिलामैत्री बनाउनुपर्ने सुझाव दिए । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले रासस राष्ट्रको धरोहर भएको प्रसङ्ग उल्लेख गर्दै समाचारमा राससको स्रोत नखुलाउने प्रवृत्तिलाई निरुत्साहित पार्नुपर्ने बताए । गोरखापत्र संस्थानका पूर्वसञ्चालक सदस्य नवराज सुवेदीले रासस राजनीतिक समाचारतर्फ भन्दा समसामयिक जीवनका समाचारतर्फ केन्द्रित बन्नुपर्ने बताए । कार्यक्रममा सञ्चार केन्द्र पोखराका प्रमुख तुलसीप्रसाद आचार्य, कर्मचारी सञ्चयकोष पोखराका प्रमुख दिलीप पौडेल, रेडियो नेपाल गण्डकी प्रदेश प्रसारण केन्द्र पोखराका निमित्त प्रमुख खेम सारुमगर, टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेललगायतले राससको महत्व माथि प्रकाश पारेका थिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending