Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

दुबोको मालाले यसरी बदलियो मीराको जीवन

चिप्लेढुङ्गा। कहीँ कतै हरियो दुबो देख्यो कि मीराका आँखा टक्क रोकिन्छन् । अरुले बगँैचाका रङ्गीचङ्गी फूलतिर आँखा दौडाइरहेका बेला मीराका आँखा भने हरियो दुबोतिर झुकिरहेका हुन्छन् । हरियो दुबोले साँच्चै मीराको जीवनमा बहार ल्याएको छ । यसरी दुबोसँगको सम्बन्ध बढ्नुको पछाडि पनि पक्कै कारण छ । पोखराको बैदाममा बस्दै आउनुभएकी ४५ वर्षीय मीराले २०६५ सालमा पोखरा उद्योग वाणिज्य सङ्घले दिएको पाँचदिने दुबोको माला बनाउने तालीम लिएपछि दुबोसँगको उहाँको सम्बन्ध प्रगाढ बनेको हो । आर्थिक पक्षसँग मात्रै होइन उहाँलाई अझ बढी खुशी र आनन्द त्यतिबेला मिल्यो जब उहाँको कमजोर आँखा दुबो केलाउँदा र माला बनाउँदै जाँदा तेज हुँदै गए । त्यसपछि दुबो मीराको जीवनमा वरदान नै बन्न पुग्यो । “मेरा आँखा निकै कमजोर थिए, हरियो दुबो केलाउँदा आँखाको समस्या हट्दै गयो, झण्डै दुई वर्षदेखि उपचार गर्दा पनि सुधार नभएको आँखा दुबोकै कारणले राम्रोसँग देख्ने भएकी छु”, प्रसन्न मुद्रामा मीराले भने, “दुबोले मेरो जीवनमा खुशीको बहार ल्याएको छ ।” तालीमले जीवनमा धेरै परिवर्तन ल्याएको उनी बताउँछन् । “धेरै दिदीबहिनीले तालीम लिएर प्रमाणपत्र राख्ने ठाउँ छैन भनेर भनिरहँदा मेरो जीवनमा त्यो एउटा तालीम नै महत्वपूर्ण बन्यो ।” साँच्चै तालीम लिनका लागि लिने र तालीमको समापनसँगै हराउनेको भीडमा मीरा एक त्यस्तो उदाहरणीय पात्र छन् जसले तालीमको भरपुर सदुपयोग गरेर परिवर्तन ल्याएका छन्। घरको सम्पूर्ण कामको व्यवस्थापन गरेर दुबोको माला बनाएर दिनको रु ५०० देखि दुई हजार ५०० सम्मको आम्दानी गर्छन् । विवाह, व्रतबन्ध एवं विभिन्न अवसरमा प्रयोग हुने दुबोको मालाको माग झनझन बढ्दो छ । यसले मीरालाई आर्थिकरुपमा सशक्त बनाएको छ । परनिर्भरताबाट मुक्ति मिलेको छ । मीराका श्रीमान् विगत सात वर्षदेखि रोजगारको सिलसिलामा दुबईमा छन् । उनका तीन सन्तान छन् । श्रीमान्को आम्दानीले छोराछोरीको पढाइ खर्र्चदेखि घर खर्च चलाउनुपर्ने बाध्यतामा अहिले मीराको आम्दानीले पनि सहयोग पुगेको छ । मीराको जेठो छोरा इञ्जिनियरिङ पढ्दैछन् । जेठी छोरी स्नातक अध्ययरत छिन् भने कान्छी छोरीले विज्ञान सङ्कायमा ११ पढ्दैछिन् । मीराको कामलाई छोराछोरीले पनि सहयोग गर्दै आएका छन् । पोखरा आसपासका ठाउँमा गएर मीरा दुबो सङ्कलन गर्नुहुन्छ । घरमा ल्याएर केलाएर फ्रिज वा पानीमा राख्नुहुन्छ, जुन १५ दिनसम्म ताजै रहन्छ । त्यसो त मीराको सीप देखेर गाउँघरतिरबाट आउने साथीभाइ इष्टमित्रले हरियो दुबो बोकेर भेट्न आउने गर्छन् । साथीभाइको सहयोगले पनि मीरालाई निकै ऊर्जा थपेको छ । आजकल पोखरा शहरभित्र दुबो त्यति पाइँदैन । अलि टाढा जानुपर्ने बाध्यता पनि छ । मीरा भन्छिन्, “दुबो पाएसम्म माला बनाइरहनेछु ।” तालीम लिन र तालीमपछि सीपको सदुपयोग गर्नुस् भनेर बारम्बार झकझकाइरहने महिला उद्यमी हीरा भट्टराईलाई प्रेरणाको स्रोत मान्छिन् उनी । “हीरा दिदीले मलाई यो अवसर र हौसला नदिएको भए म पनि तालीम लिएर प्रमाणपत्र थन्क्याएर मात्रै बस्थेँ होला, मलाई बारम्बार माला बुन्न र सीपलाई सदुपयोग गर्न आग्रहगरिन् । आजको यो सफलताको श्रेय म महिला उद्यमी हीरा भट्टराईलाई दिन चाहन्छु”, मीराले भनिन् । उनले आर्थिक परनिर्भरताले महिलालाई कमजोर बनाउने भन्दै कतिपय सीपमूलक कार्यले मन शान्ति हुने बताउछिन् । महिलाको श्रमको आर्थिक गणना नभइरहेका बेला फुर्सदको समय सदुपयोग गरेर हुने आम्दानीले सन्तुष्ट प्राप्त हुने उनको भनाइ छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending