Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

के ट्रम्पलाई राष्ट्रपतिबाट पदबाट हटाउने योजना बनेको थियो ?

अमेरिकी संसद्को माथिल्लो सदन सीनेटको न्यायिक समितिका सभापतिले सन् २०१७ मा राष्ट्रपति डोनल्ड ट्रम्पलाई पदबाट हटाउनेबारे भएका भनिएका छलफलको जरोसम्म पुगेर अनुसन्धान गरिने बताएका छन्। संघीय जाँच ब्युरो ९एफबिआई०का पूर्व कार्यवाहक प्रमुख एन्ड्रिउ म्याक्याबले सह-महान्यायाधिवक्ता रोड रोजन्स्टाइनले २५औं संशोधन भनिने एक संवैधानिक व्यवस्था ब्युँताउन आवश्यक सङ्ख्याबारे आफूसँग कुरा गरेको एक टेलिभिजन अन्तर्वार्तामा बताएका थिए। रोजन्स्टाइनले भने त्यसलाई अस्वीकार गर्दै आएका छन्। कस्तो व्यवस्था ? यदि राष्ट्रपति कामका लागि अयोग्य भएमा अमेरिकी संविधानको त्यस्तो व्यवस्था ब्युँताएर पदबाट हटाउन सकिन्छ। यसअघि चिकित्सकीय कारणले आफूलाई बेहोस बनाइँदा राष्ट्रपति रोनल्ड रेगन र जर्ज डब्लु बुसले यस व्यवस्थालाई ब्युँताएका थिए। त्यो बेला राष्ट्रपतीय अधिकार अस्थायी रूपमा उपराष्ट्रपतिमा सारिएको थियो। उक्त संवैधानिक व्यवस्था ब्यँताउन मन्त्रिपरिषद्मा रहेका १५ मध्ये आठ सदस्य एवम् उपराष्ट्रपतिको स्विकृती र अमेरिकी संसद् कङ्ग्रेसको दुई तिहाई बहुमत चाहिन्छ। त्यस्तो सम्भावना खोजिएको भनिएको उक्त आरोप कुनै नयाँ भने होइन। रोजन्स्टाइनले यसलाई गत सेप्टेम्बर महिनामै \'तथ्यगत रुपमा गलत\' भनेका थिए। उनले भनेका छन्, \'मैले तपाईंलाई के कुरा स्पष्ट पार्न चाहन्छु भने जसरी मैले राष्ट्रपतिसँग काम गरेको छु, उक्त संवैधानिक व्यवस्था ब्युँताउने कुनै आधार छैन।\' आइतवार अमेरिकी टेलिभिजन सीबिएससँग कुरा गर्दै एफबीआईका पूर्वकार्यवाहक निर्देशक एन्ड्रियु म्याक्याबले यो कुरा उठाएपछि बहस पुनस् तातेको हो। म्याक्याबले भनेका छन्, \'सह-महान्यायाधिवक्ता निश्चय पनि राष्ट्रपति, उनको क्षमता र त्यस समयमा उनको नियतबारे निकै चिन्तित थिए।\' रिपब्लिकन पार्टीबाट प्रतिनिधित्व गर्ने समितिका सभापति लिन्डसे ग्राह्मले त्यस आरोपलाई ुनिकै आश्चर्यलाग्दोु भन्दै भएको के हो भन्ने जनताले थाहा पाउनुपर्ने बताए। आफ्नो चुनावी प्रचारमा रूस संलग्न भएको आरोपका माझ चलिरहको अनुसन्धानबीच सन् २०१७ मा तत्कालिन प्रमुख जेम्स कोमीलाई हटाइएपछि म्याक्याम एफबीआइको नेतृत्वमा पुगेका थिए। तर उनी स्वयम् गतवर्ष सेवा निवृत हुनुभन्दा दुई दिनअघि हटाइएका थिए।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending