काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पशुपति शर्माको गीत बारे आफ्नो पार्टीको धारणा सार्वजनिक गरेको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले अभिव्यक्ति स्वतन्त्रताका विषयमा सरकार गम्भीर नरहेको आरोप लगाए छन् । पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले सरकारले नागरिकको नैसर्गीक अधिकारको रक्षा गर्न नसकेको टिप्पणी गरे ।
पत्रकारले सोधेको प्रश्नमा प्रवक्ता शर्माले भन्नुभयो, ‘पशुपति शर्मा जीको विषयको सन्दर्भमा मैले भन्नु यति नै छ, कति बलियो होला दुई तिहाइको सरकार एउटा गीतले पनि थर्र काँप्यो, बस यति भन्नु छ ।’ गायक पशुपति शर्माको नयाँ गीत ‘लुट्न सके लुट् कान्छा...’ सार्वजनिक भएको दोस्रो दिन युट्युब च्यानलबाट हटेको थियो ।
गायक शर्माले युट्युवबाट गीत हटाएपछि पक्ष र विपक्षमा सामाजिक सञ्जालमा बहस भई रहेको छ । केहीले शर्माले शब्द चयनमा कमजोरी गरेको बताएका छन् भने केहीले सरकारले आफ्नो आलोचना सुन्न नसकेर हटाउन दबाब दिएको बताएका छन् ।
उक्त गीत युट्युबमा सार्वजनिक भएको २४ घण्टामा ट्रेन्डिङ ९ मा पुग्न सफल भएको थियो । राष्ट्रिय लोकदोहोरी प्रतीष्ठानले सर्जक पशुपति शर्माको गीत लुट्नसके लुट बोलको गित जस्ताको तस्तै युटुबमा राख्न अनुरोध गरेको छ ।
आज बसेको प्रतिष्ठानको बैठकमा प्रतीष्ठानका उपाध्यक्ष समेत रहेका शर्माले गितबारे तथा युटुबबाट हटाउनुको कारणबारे ब्रिफिङ गरेपछि फेरी अपलोड गर्न प्रतिष्ठानले अनुरोध गरेको हो । बैठकमा शर्माले गित अपलोड भएपछि केही फोन आएकाले आत्तीएर हटाएको बताउनुभएको छ । शर्माको गितमा राष्ट्रपति र देशका बिषयमा गलत प्रचार गरिएको भन्दै विरोध सुरु भएको थियो ।
विरोध र बिबादपछि शर्माले गीत राखेको एकैदिनमा युटुबबाट हटाएका थिए । गीत युटुबबाट हटाएपछि सर्जकको सिर्जना मार्न खोजिएको भन्दै चौतर्फी बिरोध सुरु भएको छ । सत्तारुढ नेकपा निकटका केही संगठनले शर्माको गीतमा नेकपाको झण्डा प्रतिबिम्बित भएको तथा राष्ट्रपतिलाई विवादमा ल्याईएको भन्दै विज्ञप्ती निकालेका थिए । प्रतिष्ठानका अध्यक्ष बद्रि पंगेनी गीत फेरी राख्न अनुरोध गरिएको जानकारी दिए । गीत राख्ने बिषयमा सोचेर निर्णय लिने गायक शर्माले बताएका छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...


प्रतिकृया लेख्नुहोस्: