Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

सचिवालय वा स्थायी समिति बसेर पार्टी एकतालाई छिट्टै टुङ्ग्याउँछाैंः अध्यक्ष

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता सम्बन्धि गठित कार्यदलले सर्वसम्मत रुपमा प्रतिवेदन बुझाइसकेकाले त्यसलाई प्रस्ताव बनाएर सचिवालय वा स्थायी समितिमा प्रस्तुत गरी पार्टी एकताको विषयलाई छिट्टै टुङ्ग्याउने बताएका छन् ।

कार्कीगाउँ माध्यमिक विद्यालयको भवन उद्घाटन कार्यक्रमसहितको वार्षिकोत्सव समारोहमा उनले संविधानमा उल्लेखित मौलिक हक र अधिकारलाई कानूनसम्मत ढङ्गले व्यवस्थित बनाइएकोले अब शिक्षाबाट कोही पनि बञ्चित हुन नपर्ने समेत बताएका छन् । उनले अब ७० प्रतिशत व्यवसायिक र प्राविधिक शिक्षा र ३० प्रतिशत मात्र सैद्धान्तिक शिक्षा दिइने बताएका छन् ।\"\"

कार्यक्रममा बोल्दै उनले पार्टीको काम र सरकारको अवस्थाअनुसार धेरै समय निकालेर बाहिर घुम्न सक्ने अवस्था नभएको बताएका छन् ।  उनले देश अहिले नयाँ परिवर्तनको प्रवाहसँगै विकास र समृद्धिको दिशामा अगाडि बढिरहेको बताएका छन् । त्यसो त नेपालमा वि.सं. २००७ सालको राणाविरोधी आन्दोलन, ३० वर्षे पन्चायत विरोधी आनदोलन, वि.सं. ०४६ को ऐतिहासिक जनआन्दोलन लगायतका धेरै आन्दोलन र परिवर्तनहरु भए पनि ती परिवर्तनले मुलुकको व्यवस्था र नेपाली जनताको जीवनमा जगैदेखि प्रभाव नपारेको प्रष्ट्याएका छन् ।

उनले भने ‘ती बेलाका परिवर्तन राजतन्त्रसँग मात्र सम्बन्धित थिए । तर, अहिलेको परिवर्तनमा सिस्टमको परिवर्तन भएको छ । गणतन्त्रात्मक व्यवस्था आएको छ र पहिलोपल्ट नेपाली जनता वास्तविक अर्थमा सार्वभौमसत्ता सम्पन्न भएको छ । संविधान निर्माण गर्नेदेखि सरकार निर्माण गर्ने अधिकार जनताको हातमा प्रत्यक्ष रुपमा आएको छ । यसर्थ हामीले यो परिवर्तनलाई एउटा युगान्तकारी परिवर्तन भनेका छौं ।’

उनले लामो समयको सङ्घर्ष र हजारौं जनताको त्याग र बलिदानीबाट मात्र मुलुक यो अवस्थामा आइपुगेको बताउँदै उनले सम्पूणै परिवर्तनका संवाहक नेपाली जनता भएको स्पष्ट पारेका छन् । उनले भने ‘हामीले चुनाव होला कि नहोलाको स्थितिमा पनि सबै राजनीतिक दलहरुको सहमतिमा देशलाई चुनावको प्रक्रियामा लग्यौं । समस्याहरु धेरै थिए । तर, ती समस्याहरुलाई जनताको हितमा राखेर रचनात्मक ढङ्गले समाधान गर्दै अगाडी बढ्यौं । र अहिले देशमा करिब ७० वर्षपछि राजनीतिक रुपमा स्थायित्व प्राप्त भएको स्थिर सरकारका साथ हामी समृद्धिको यात्रामा यात्रारत छौं । ’\"\"

कार्यक्रममा बोल्दै प्रचण्डले गएको एक वर्षमा सरकारले चीन र भारतसँग आर्थिक र राजनीतिक विषयमा राम्रा सहमति गरेको बताएका छन् । जसले चीनका चारवटा बन्दरगाहबाट तेस्रो मुलुकमा व्यापार गर्न सकिने वातावरण बनेको जानकारी गराए । उनले भने ‘चीनबाट केरुङ हुँदै पोखरा र लुम्बीनीसम्म रेलमार्गको एउटा मार्गचित्र तयार गर्ने प्रक्रियामा छौं । त्यस्तै भारतसँग पनि रेलमार्ग र जलमार्गबाट काठमाडौंलाई जोड्ने सहमति भएको छ । यसो भयो भने कलकत्ताबाट मात्र सामन ल्याउनुपर्ने समस्याको अन्त्य हुने छ । हवाइमार्गलाई पनि चारै दिशाबाट जोड्ने सहमति भएको छ । भारतका विभिन्न बन्दरगाह हामीले पनि प्रयोग गर्न पाउने वातावरण बन्दै छ ।’

धादिङकै सन्दर्भमा त्यहाँ रहेको १२ सय मेघावाटको बुढीगण्डकी जलाशययुक्त परियोजना सबैको चासो र राष्ट्रिय गौरवको विषय भएको बताउँदै उनले उक्त योजनाले प्रभाव पार्ने बजारको मुआब्जा निर्धारण गरेर मात्र परियोजना अघि बढ्ने आश्वासन दिएका छन् ।\"\"

उपस्थित जनसमुदायलाई सम्बोधन गर्दै उनले मध्यपहाडी लोकमार्गको काम पनि यो वर्षबाटै शुरु हुने बताएका छन् । धादिङको सल्यान्टारलाई शहरीकरण गर्ने सम्बन्धमा डिपीआर बन्दै गरेको जानकारी दिँदै उनले धादिङ्मा प्राय कच्ची बाटाहरु भएकोले चाँडै मुख्य बाटाहरुलाई पक्की बनाउन आफूले सकेको पहल गर्ने विश्वाससमेत दिलाए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending