Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

कश्मीर आक्रमण: आत्मघाती विस्फोटन गराउने जैश-ए-मोहम्मद के हो ?

कश्मीरको पुलवामामा अर्धसैनिकहरूलाई लक्षित गरी बिहीवार भएको आत्मघाती आक्रमण जैश-ए-मोहम्मदले गराएको आरोप भारतले लगाएको छ। दिल्लीले पाकिस्तानी भूमिबाट सञ्चालित सो लडाकु समूहका नेता मसूद अजहरलाई संयुक्त राष्ट्रसङ्घद्वारा आतङ्कवादीमा सूचित गर्न माग राखेको छ। भारत प्रशासित कश्मीरमा बिहीवार भएको आक्रमण त्यहाँ भारतीय शासनविरुद्ध सन् १९८९ मा विद्रोह सुरु भएयताकै सबैभन्दा नराम्रो भएको मानिएको छ। के हो जैश-ए-मोहम्मद ? इस्लाम धर्मगुरु मौलाना मसूद अजहरले सन् २००० मा स्थापना गरेको यो उग्रवादी समूहलाई विगतमा भारतीय भूमिमा भएका कतिपय घटनाहरूका लागि जिम्मेवार मान्ने गरिएको छ। त्यस्ता घटनामा सन् २००१ मा भारतीय संसद्‌मा भएको आक्रमण पनि पर्छ जुन कारणले भारत र पाकिस्तानबीच झन्डै लडाइँ भएको थियो। उक्त समूहले कश्मीरमा आत्मघाती बम आक्रमण गर्न थालेको ठानिन्छ। सन् २००० मा पहिलोपल्ट त्यस्तो आक्रमण गरिएको थियो। उक्त समूहलाई भारत, यूके, अमेरिका र संयुक्त राष्ट्रसङ्घले आतङ्कवादी सङ्गठन भनेका छन्। सन् २००२ देखि सो समूह पाकिस्तानमा पनि प्रतिबन्धित रहेको छ। तर मसूद अजहर फरार रहेका छन्। उनी पाकिस्तानको पन्जाब प्रान्तको बहावलपुर क्षेत्रमा सक्रिय रहेका भन्ठानिएको छ। विभाजनको ७० वर्ष उनलाई संयुक्त राष्ट्रसङ्घमार्फत् नै आतङ्ककारी घोषित गर्ने भारतको विगतको प्रयासलाई चीनले रोक्दै आएको छ। भारतले ती मौलानालाई सुम्पन पाकिस्तानसमक्ष राखेको मागलाई इस्लामाबादले प्रमाणको अभाव भन्दै अस्वीकार गर्दै आएको छ। मसूद अजहरको नेपाल पाटो जैश-ए-मोहम्मदका संस्थापक मौलाना मसूद अजहरलाई सन् १९९४ मा हरकत-उल-मुजाहिद्दिन नामक उग्रवादी सङ्गठनको सदस्य भएको अभियोगमा भारतीय सुरक्षा सैन्यले गिरफ्तार गरेका थिए। सन् १९९९ को डिसेम्बर २४ तारिखमा एउटा भारतीय विमान नेपालको राजधानी काठमाण्डूबाट अपहरण गरेर कान्दाहार पुर्‍याइएको थियो।त्यसपपछि बन्दी साटासाट गर्दा भारतीय जेलमा रहेका अन्य उग्रवादीहरूसँगै मसूद अजहरलाई पनि रिहा गरिएको थियो। त्यसलगत्तै उनले जैश-ए-मोहम्मद को स्थापना गरेका बताइएको छ। त्यसपछि उक्त समूहमा त्यस समय सक्रिय रहेका हरकत-उल-मुजाहिद्दिन र हरकत-उल-अन्सार आदि उग्रवादी सङ्गठनहरू मिसिन पुगेका थिए। स्थापनाको दुई महिनाभित्रै जैश-ए-मोहम्मदले श्रीनगरस्थित भारतीय सेनाको स्थानीय मुख्यालयमा आत्मघाती बम हमला गरेर त्यसको जिम्मेवारी दाबी गरेको थियो। कश्मीरका विभिन्न स्थानमा आक्रमण गरेको जैश-ए-मोहम्मदले सन् २००१ को १३ डिसेम्बरमा भारतको संसद् भवनमा र सन् २०१६ को जेनुअरी महिनामा पन्जाबको पठानकोटस्थित वायुसेनाको अखडामा भएको आक्रमण पनि गराएको ठानिएको छ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending