Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

भारतीय सीमा जोडिएको बैतडीको झुलाघाटमा पक्की पुल निर्माणको माग

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटमा पक्की पुल निर्माणका लागि बैतडीवासीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । केही दिनअघि गठन गरिएको पुल निर्माण दबाब समितिले प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेमार्फत बुधबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । झुलाघाट नाकामा करीब डेढ सय वर्षअघि निर्माण गरिएको झोलुङ्गे पुलबाट आवतजावत भइरहेकाले सो ठाउँमा पक्की पुल निर्माणका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको बैतडी उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं दबाब समितिका संयोजक नरबहादुर चन्दले बताए । झुलाघाटमा पक्की पुल निर्माणका लागि सबै सरकारका प्रमुखले आश्वासन दिने गरेको तर अहिलेसम्म पुल निर्माण नभएकाले सरकारको ध्यानाकर्षण गराएको उहाँले बताए । मध्यपहाडी लोकमार्गको अन्तिम बिन्दु झुलाघाटमा पक्की मोटरेबल पुल नभएकै कारण सुदूरपश्चिमका पहाडी जिल्लाको आर्थिक समृद्धिमा बाधा पुगेको बैतडी उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष एवं समितिका सदस्य खीमानन्द भट्टले बताए । झुलाघाटमा पक्की पुल निर्माणका लागि दबाब दिन ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन पुगेका स्थानीयले यो क्षेत्रका धार्मिक पर्यटकीय क्षेत्रको विकासका लागि पनि झुलाघाटमा पक्की पुल निर्माण हुनुपर्ने बताएका छन् । झुलाघाटमा पक्की पुल निर्माण भएमा आर्थिक गतिविधिमा वृद्धि हुनुका साथै यो क्षेत्रको मुहार फेरिने शाहीलेकका व्यापारी वीरेन्द्रराज पाण्डेयले बताए । झुलाघाटमा पक्की पुल निर्माणका लागि प्रक्रिया अघि नबढे स्थानीयवासीका तर्फबाट सङ्घर्षका कार्यक्रम गर्ने ज्ञापनपत्रमा उल्लेख छ । यसका साथै यहाँका राजनीतिक दलले झुलाघाटमा पक्की पुल बनाउने भनेर चुनावी एजेण्डा नै बनाएका थिए । भारतसँग सीमा जोडिएको नाका झुलाघाटमा पक्की पुल निर्माण गर्ने कुरा धेरै पहिलादेखि चर्चामा आएको भए पनि अहिलेसम्म पुल निर्माण कार्यले सार्थकता पाउन सकेको छैन । इष्टइण्डिया कम्पनीले करीब डेढ सय वर्षअघि निर्माण गरेको झोलुङ्गे पुलबाट झुलाघाट नाकामा आवतजावत गर्ने गरिन्छ । झुलाघाट नाकामा पुल निर्माणका लागि विसं २०५५ मा सर्वेसमेत गरिएको थियो । तर अहिलेसम्म पुल निर्माण हुनसकेको छैन ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending