Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

पहिलो पटकको प्रधानमन्त्रीकाल मेरो झिलिमिलीमै नौ महिना बित्योः प्रचण्ड

काठमाडौं, २९ माघ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पहिलो पटक सरकारमा गएर कुनै चमत्कार गर्न नसकेको स्वीकार गरेका छन् । उनले भने, ‘पहिलो पटकको प्रधानमन्त्रीकाल मेरो लागि झिलिमिलीमै गयो । झिलिमिली हुँदाहुँदै नौ महिना बित्यो ।’

मङ्गलबार सरल यात्रीको ‘शिखरको ढुङ्गा’ नामक पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले पहिले प्रधानमन्त्री बन्दा आकाङ्क्षा धेरै ठूलो भएपनि आकाङ्क्षा र अनुभवको बीचमा अन्तरविरोध भएका कारण आफू असफल भएको बताएका हुन् ।

उनले दोस्रो पटक अवसर पाउँदा त्यो अवसर आफ्ना लागि झिलिमिली नभएको अनुभव सुनाए । उनले त्यो अवसर सचेत योजनाबद्ध राष्ट्र, राष्ट्रिय एकता, परिवर्तनलाई संस्थागत गर्न र देशलाई नयाँ दिशा दिनका लागि योजनाबद्ध रुपमा अगाडि बढ्ने अवधिको रुपमा रहेको उल्लेख गरे । उनले भने, ‘अहिले हामी पार्टी एकतामा आइपुगेका छौं । दुई तिहाई बहुमत कम्युनिष्ट सरकार छ । राजनितीक स्थिरता छ । अब देश एउटा नयाँ अभियान तिर लाग्छ ।’

संविधानको घोषणा र निर्वाचन सम्पन्न गरिसकेपछि एउटा क्रम टुङ्गिएको उनको भनाइ छ । एउटा नयाँ क्रमको शुरुआत भएको बताउँदै उनले यो नयाँ क्रम नयाँ क्रान्तिका रुपमा अगाडि आउने बताए ।

‘समाजवाद तिरको यात्रा एउटा नयाँ यात्रा हो । शान्तिपूर्ण प्रतिस्पर्धाको माध्यमबाट समाजवादको आधार निमार्ण गर्ने र समाजवादी क्रान्तिको तयारी गर्ने एउटा महायात्रा हो,’ उनले भने, ‘यसमा आर्थिक समृद्धि हाँसिल नगरी समाजवाद सम्भव छैन । त्यसैले अबको दशक समाजवाद निमार्णको दशक हुनेछ । हामी फेरि अर्को शिखर चढ्ने दशक बनाउनेछौं । ’

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending