Khabar Dabali २५ पुष २०८२ शुक्रबार | 9th January, 2026 Fri
Investment bank

प्रधानमन्त्री निवासमा घन्कियो ‘पूर्व–पश्चिम रेल’, ओलीले भने-बन्नै बाँकी छ, आजै कुदाउने ?

काठमाडौं । सफलता एचआइभी शिक्षा सदन कीर्तिपुरलाई वर्ल्ड बुक्स अफ रेकर्डले ‘विश्वकै पहिलो पहिचानसहितको विद्यालय’मा सूचीकृत गरी आज प्रमाणपत्र प्रदान गर्ने कार्यक्रमा थियो । एचआइभी सङ्क्रमित बालबालिकालाई मात्रै आवासीय रुपमा पठनपाठन गराउँदै आएको शिक्षा सदनलाई प्रमाणपत्र वितरण सकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले एक बालिकालाई गीत गाउन आग्रह गरे । त्यसपछि प्रधानमन्त्री निवास बालुवाटारको माहोल सङ्गीतमय बन्न पुग्यो । ‘सानी छोरीले गीत गाउँछिन् अब’, प्रधानमन्त्री ओलीको आग्रहमा पाँच कक्षामा अध्ययनरत ११ वर्षीय सोनी विकले जुरुक्क उठेर गीत गुनगुनाउन थालिन्। जन्मेर कोखमा कसैको हुर्कन्छ काखमा कसैको भाग्यको लेखा कस्तो भावीले के लेखिदियो । तरर..ताली बज्यो । प्रधानमन्त्री ओलीले एक कविको रचना सुनाउँदै भने, ‘मान्छेहरुलेनै हो गलत काम गर्ने र गरीब बनाउने, विधिले आफ्ना सबै सन्तानलाई समान रुपले हेर्छ ।’ त्यसकारण विधिले होइन, तिमीलाई म अर्को गीत लेखिदिन्छु, त्यो गाऊ । सोनीले मुन्टो हल्लाइन् । ‘अब अर्को गीत गाउन,’ उनको गायकी मन पराएर प्रधानमन्त्रीले फेरि आग्रह गरे। फेरी कहाँ आउँछ घुमेर यो बालापनको उमेर.. गीत गाउनमा पोख्त सोनुको क्षमता असाधारण रहेको प्रतिक्रिया दिँदै प्रधानमन्त्रीले कार्यालयका कर्मचारीलाई गीत रेकर्ड गर्न निर्देशन दिए। यो गीत रेकर्ड भएको जानकारी पाएपछि अर्को रेकर्डको तयारीमा रहेको गीत सोनुले प्रधानमन्त्रीका सामु सुनाइन् । यही धरतीमा जन्मेँ यही धरतीमा हुर्कें तर म अटिन.. एक्लै छाडी काहाँ गयौ बाबा तर मलाई लगिनौँ प्रधानमन्त्रीलाई गीतसङ्गीत सुन्ने चाहना बढ्दै गयो । उनले बालबालिकालाई सङ्केत गर्दै भने, ‘अरू कसैले उनलाई च्यालेञ्ज गर्छ ।’ करण सुनार, हिमनाथ चन्द, रेणु थापा र लक्ष्मी रावलले ‘कान्छी हे कान्छी’ र ‘मोहनी लग्ला है’ गीत प्रस्तुत गरे। यतिबेलासम्म प्रधानमन्त्री निवासको सानो बैठक कक्ष सङ्गीतमय बनिसकेको थियो । उपस्थित आयोजक प्रतिनिधि, बालबालिका तथा विद्यालयका शिक्षक र संस्थापक बालबालिकालाई हौसला दिँदै ताली पड्काउन थाले । प्रधानमन्त्रीको हातबाट प्रमाणपत्र वितरणका लागि वर्ल्ड बुक अफ रेकर्ड नेपालले आयोजना गरेको कार्यक्रममा गीतसङ्गीतको कुनै तयारी थिएन । तर प्रधानमन्त्रीले एक्कासि कार्यक्रमलाई सङ्गीतमय पारे । उनले बालबालिकासामु फेरि सोधे, ‘अनि नाच्नेमा च्यालेञ्ज गर्ने कोही छ रु’ गीत सङ्गीतमा पोख्त बालबालिकामध्ये ६ जना जुरुक्क उठे । बालबालिकासँग प्रधानमन्त्री पारिवारिक रुपमा प्रस्तुत भए। एक जनाले मोबाइलबाट चर्चित गीत ‘पूर्व पश्चिम रेल’ बजाउने बित्तिकै प्रधानमन्त्रीले फेरि ठट्यौलीमा भने, ‘मैले बनाउनै बाँकी छ, तिमीहरुले आज कुदाउने भयौ ।’ उक्त गीतमा बालबालिकाले समूहमा सुन्दर नृत्य प्रस्तुत गरे । प्रधानमन्त्रीकै आग्रहमा स्वस्तिका भण्डारी र मनिशा विकले पनि अर्को नृत्य देखाए । बालबालिकाको प्रतिभालाई नजीकबाट हेरिरहेकी प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यको मन मानेन । कार्यक्रमकै बीच शाक्यले घोषणा गरिन्, यो प्रमाणपत्रसँगै परिवारका तर्फबाट रु एक लाख अवार्डकै रुपमा प्रदान गर्न चाहन्छु । शिक्षा सदनले गरेको काम असाधारण स् प्रधानमन्त्री वर्ल्ड बुक्स अफ रेकर्डको आयोजनामा भएको उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सफलता एचआइभी शिक्षा सदन कीर्तिपुरलाई ‘विश्वकै पहिलो पहिचानसहितको विद्यालय’मा सूचीकृत भएको प्रमाणपत्र वितरणपछि कार्यक्रमलाई सम्बोधन गर्दै राज्यले पनि सहयोग गर्ने बताए । स्वार्थबिना चुपचाप भएको कामको आज मूल्याङ्कन भएकामा खुशी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भने, ‘बिना स्वार्थ, बिना कुनै प्राप्ति, मानवीय भावनाबाट परोपकार गर्दै बिना दोष कसैलाई सजाय हुनुहुँदैन भनेर लागेको छ, जसको कुनै आकाङ्क्षा छैन, उसले पुरस्कार पाउँदा हामी खुशी छौँ ।’ ‘उहाँहरुको ध्यान अहिले पनि पुरस्कारमा छैन, कैलालीमा रहेका त्यस्ता बालबालिकामा छ, उहाँहरुलाई बधाई तथा सफलताका लागि शुभकामना दिन्छु,’ प्रधानमन्त्रीले थपे । राज्यले खासै सहयोग गर्न नसके पनि ध्यान गएको बताउँदै उनले उक्त कामलाई असाधारण विशेषता र असाधारण कामको सङ्ज्ञा दिए । यी बालबालिकालाई अभिभावकत्व दिनु चानचुने कुरा नभएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बालबालिकासँग आफ्नो पनि भावनात्मक सम्बन्ध जोडिएको बताए। केही गरेँ भनेर धाक लगाउने अवस्था नभए पनि यस्ता बालबालिकालाई केही गर्ने सोच बनाएको र सरकारको ध्यान जाने आश्वासन दिँदै उनले सिङ्गै देशलाई शिक्षित बनाउने अभियानमा सरकार रहेको बताए। सदनका संस्थापक राजकुमार पुनले सम्मानपत्र पाउँदा सपना जस्तो लागेको बताउँदै कुनै पनि विद्यालयले भर्ना नलिएको अबोध बालबालिकालाई पठनपाठन र पालनपोषणका लागि नौ वर्षअघि पहिचानसहितको स्कूल स्थापना गरेको जानकारी दिए । सम्मानले आज महत्पूर्ण काम गरिएछ जस्तो महसुस भएको उनको भनाई थियो । योजनाबद्ध ढङ्गले स्कूल स्थापना नगरेको उल्लेख गर्दै उनले भने, ‘कैलालीमा मात्रै तीन सय यस्तै बालबालिका शिक्षाबाट वञ्चित छन्, आफन्त र निजी विद्यालयले निकालेका छन्, उनीहरुलाई पनि ल्याउनुछ ।’ कार्यक्रममा वल्र्ड बुक्स अफ रेकर्ड नेपालका अध्यक्ष सागर कटवालले नेपालको महत्वपूर्ण क्षेत्र र सम्पदाहरुलाई विश्वसामु चिनाउने प्रयास गरेको बताउँदै अध्ययनमा यो विद्यालय विश्वमै पहिलो भएको दावी गरे । उनले विश्वका ३२ मुलुकमा संस्थाले सूचीकृत गर्ने काम गर्दै आएकामा यसअघि नेपालको पशुपतिनाथ र लुम्बिनीलाई सूचीकृत गरिसकेको जानकारी दिए ।रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending